मध्यरातमा पहिरोले घर पुर्दा कालीकोटमा ४ को मृत्यु, अरु ४ बेपत्ता

Best Khabar Team | २०७७ श्रावण १४ गते बुधबार


२९ जुलाई, २०२०
मान्मा, कालीकोट । बिकट पहाडी जिल्ला कालीकोटमा अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर ७ मा पर्ने माल्कोटमा घरमाथिको जमिन पहिरिएपछि स्थानीय गंगे बुढाको घर पुगेको थियो । मध्यरातमा सुतिरहेका बेला एक्कासी खसेको पहिरोले घर पुर्दा गंगे बुढासहित उनकी श्रीमती, बुहारी र नातिनीको ज्यान गएको हो ।

फाइल तस्वीर ।

सो घटनामा परी अरु २ जना वेपत्ता भएको नरहरीनाथ गाउँपालिकाले जनाएको छ माल्कोटको बागामा भएको सो घटनामा हराईरहेका दुईजना बालक ७ वर्षका रामबहादुर बुढा र करिब २ वर्षका चरित्र बुढाको खोजी कार्य जारी रहेको छ । सोही गाउँपालिकाको वडा नम्बर नम्बर ४ माझगोठीमामा पनि पहिरोमा परी स्थानीय बाले बुढा र उनकी श्रीमती वेपत्ता भएकी छन् । घर माथिको थाप्लोबाट खसेको पहिरोले घर बगाउँदा बुढा दम्पत्ति वेपत्ता भएका हुन् ।

वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । विगत केहीदिनयता परेको अविरल वर्षात्का कारण कालीकोटका विभिन्न भागमा पहिरोले ठूलो क्षति पु-याएको छ । विशेष गरी कच्ची सडक आसपासका बस्तीहरु जोखिममा परेका छन् । यसैपनि विकट कालिकोटमा वर्षात्का कारण सदरमुकामसँगको सडक सञ्जाल टुटेपछि कतिपय गाउँका स्थानीय वासिन्दामा दैनिक उपभोग्य बस्तुको अभावसमेत देखिन थालेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मध्यरातमा पहिरोले घर पुर्दा कालीकोटमा ४ को मृत्यु, अरु ४ बेपत्ता मध्यरातमा पहिरोले घर पुर्दा कालीकोटमा ४ को मृत्यु, अरु ४ बेपत्ता

२०७७ श्रावण १४ गते बुधबार

२९ जुलाई, २०२०मान्मा, कालीकोट । बिकट पहाडी जिल्ला कालीकोटमा...

खुम्बु क्षेत्र : जहाँ राज्यकै कमजोरीले गुमिरहेको छ करोडौंको राजस्व खुम्बु क्षेत्र : जहाँ राज्यकै कमजोरीले गुमिरहेको छ करोडौंको राजस्व

२०७६ मंशिर २३ गते सोमबार

नाम्चे–सोलखुम्बु । विश्वकै सबैभन्दा अग्लो चुचुरो अर्थात् सगरमाथा ।...

देशभर कोरोना संक्रमितको संख्या ४६  सय*बाट उकालो लाग्यो देशभर कोरोना संक्रमितको संख्या ४६ सय*बाट उकालो लाग्यो

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा थप २...

स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन

२०७६ फाल्गुन ८ गते बिहिबार

२०, फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंस्थित स्वीस दुतावासले नेपालमा...

Top