Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९
न्यूयोर्क । पछिल्लो समयमा नेपाली युवाहरुको अमेरिका प्रतिको क्रेज बढ्दै गै रहेको छ । डिभी भरेर होस् वा पर्यटक भिषामा अमेरिका छिरेर होस् अमेरिकामै सुन्दर भविष्य खोज्दै वर्तमानमा कडा संघर्ष र मेहनत गरेर यतै रुमलिनेहरुको संख्या बाक्लो छ । यही सपना साँचेर देखेर अबैधरुपमा अमेरिका छिरेका ५ नेपाली युवालाई अमेरिकाको अध्यागमन विभागले पक्राउ गरी नेपाल ‘डिपोर्ट’ गरेको छ ।
ती युवालाई नेपाल पठाउन अध्यागमन विभागले विमाननै चार्टर गरेको थियो । उनीहरुलाई अध्यागमन विमागबाट खटिएका सुरक्षाकर्मीले पक्राउ गरी करिब ९ महिना जेल राखेर विमानमै हत्कडी लगाएर नेपाल पठाएको हो । नेपाल फकाईएका युवाहरुमारूकुम स्यालापाखा गाउँपालिका वडा नम्बर ९ का नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङ धम्जाका देवेन्द्रबहादुर क्षेत्री, दाङ घोराहीका अभिश्वर बुढामगर र नवलपरासी कावासोतीका अर्जुन पौडेल रहेका छन् । उनीहरु नेपालबाट लाखौं रुपियाँ खर्चगरेर दलालमार्फत अबैध स्थलमार्ग हुँदै करिब ८ महिना लगाएर अमेरिका आइपुगेका थिए ।
अमेरिकी अध्यागमननले उनीहरुलाई सिमावर्ती मेक्सीकोको बार नाघेर अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ गरी नियन्त्रणमा लिएको हो । उनीहरुसँगै ३ जना पाकिस्तानी युवा पनि डिपोर्टमा परेका थिए । उनीहरुले नेपाल पुगेसँगै आफूहरुले अबैध रुपमा अमेरिका जाने क्रममा बाटोमा विभिन्न जोखिम तथा हण्डर भोग्नुपरेको बताएका छन् । दलालले मेक्सीकोसम्म पु¥याईदिने तर अमेरिका छिराउन नसक्ने बताएका कारण उनीहरुले आफूहरुलाई मेक्सिको पु¥याउने दलालको नाम पनि सार्वजनिक गरेका छैन ।
यसरी डिपोर्ट गरिएकामा एकजना युवा भने अध्ययन भिषाको समय सकिइसकेपछि पनि अबैधरुपमा अमेरिका बस्दै आएका युवा छन् । काठमाडौं आइपुगेपछिमात्रै उनीहरुको हातमा लगाईको हत्कडी खोलिएको अमेरिकाले फर्काइएका युवाले बताएका छन् । उनीहरुलाई प्रहरीले संरक्षणमा राखेर अहिले अनुसन्धान अघि बढाएको छ । विमानस्थल ओर्लँदा उनीहरुको हातमा प्लाष्टिकको झोला र बोरामा केही सामान देखिन्थ्यो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कमलादीबाट बरामद भएको १५ किलो सम्भावित ‘सुनको’ परीक्षण हुँदै
२०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०काठमाडौं । काठमाडौंको कमलादीमा प्रहरीले १५ किलो...
युरोपेली मुलुक इटलीमा भयाबह बन्दै कोरोनाको संक्रमण, एकैदिन ३६ को मृत्यु, १२४७ जना नयाँ संक्रमित
२०७६ फाल्गुन २४ गते शनिबार
०७ मार्च, २०२० रोम । युरोपेली मुलुक इटलीमा कोरोना...
९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान
२०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । विश्वमा कोरोना भाइरस देखा...
काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल
२०७६ पुष १५ गते मंगलबार
–बन्दना सापकोटा देशको राजधानी काठमाडौं । यहाँभित्र धेरै धार्मिक...
Top