नेपाली युवाको अमेरिकी सपना : अबैधरुपमा अमेरिका छिरेका ५ युवालाई विमान ‘चार्टर’ गरी हत्कडी लगाएर नेपाल पठाईयो

Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार


अमेरिकी अध्यागमन विभागले पक्राउ गरी नेपाल फर्काइएका युवा काठमाडौंको त्रिभवन विमानस्थलमा । तस्वीर सौजन्य : प्रहरी ।

१९ डिसेम्बर, २०१९

न्यूयोर्क । पछिल्लो समयमा नेपाली युवाहरुको अमेरिका प्रतिको क्रेज बढ्दै गै रहेको छ । डिभी भरेर होस् वा पर्यटक भिषामा अमेरिका छिरेर होस् अमेरिकामै सुन्दर भविष्य खोज्दै वर्तमानमा कडा संघर्ष र मेहनत गरेर यतै रुमलिनेहरुको संख्या बाक्लो छ । यही सपना साँचेर देखेर अबैधरुपमा अमेरिका छिरेका ५ नेपाली युवालाई अमेरिकाको अध्यागमन विभागले पक्राउ गरी नेपाल ‘डिपोर्ट’ गरेको छ ।

ती युवालाई नेपाल पठाउन अध्यागमन विभागले विमाननै चार्टर गरेको थियो । उनीहरुलाई अध्यागमन विमागबाट खटिएका सुरक्षाकर्मीले पक्राउ गरी करिब ९ महिना जेल राखेर विमानमै हत्कडी लगाएर नेपाल पठाएको हो । नेपाल फकाईएका युवाहरुमारूकुम स्यालापाखा गाउँपालिका वडा नम्बर ९ का नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङ धम्जाका देवेन्द्रबहादुर क्षेत्री, दाङ घोराहीका अभिश्वर बुढामगर र नवलपरासी कावासोतीका अर्जुन पौडेल रहेका छन् । उनीहरु नेपालबाट लाखौं रुपियाँ खर्चगरेर दलालमार्फत अबैध स्थलमार्ग हुँदै करिब ८ महिना लगाएर अमेरिका आइपुगेका थिए ।

अमेरिकी अध्यागमननले उनीहरुलाई सिमावर्ती मेक्सीकोको बार नाघेर अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ गरी नियन्त्रणमा लिएको हो । उनीहरुसँगै ३ जना पाकिस्तानी युवा पनि डिपोर्टमा परेका थिए । उनीहरुले नेपाल पुगेसँगै आफूहरुले अबैध रुपमा अमेरिका जाने क्रममा बाटोमा विभिन्न जोखिम तथा हण्डर भोग्नुपरेको बताएका छन् । दलालले मेक्सीकोसम्म पु¥याईदिने तर अमेरिका छिराउन नसक्ने बताएका कारण उनीहरुले आफूहरुलाई मेक्सिको पु¥याउने दलालको नाम पनि सार्वजनिक गरेका छैन ।

यसरी डिपोर्ट गरिएकामा एकजना युवा भने अध्ययन भिषाको समय सकिइसकेपछि पनि अबैधरुपमा अमेरिका बस्दै आएका युवा छन् । काठमाडौं आइपुगेपछिमात्रै उनीहरुको हातमा लगाईको हत्कडी खोलिएको अमेरिकाले फर्काइएका युवाले बताएका छन् । उनीहरुलाई प्रहरीले संरक्षणमा राखेर अहिले अनुसन्धान अघि बढाएको छ । विमानस्थल ओर्लँदा उनीहरुको हातमा प्लाष्टिकको झोला र बोरामा केही सामान देखिन्थ्यो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा...

गोकुल बास्कोटाविरुद्ध अख्तियारमा उजुरी गोकुल बास्कोटाविरुद्ध अख्तियारमा उजुरी

२०७६ फाल्गुन ११ गते आइतबार

२३ फेब्रुअरी, २०२० काठमाडौं । निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाविरुद्ध...

मध्यरातमा स्वीट्जरल्याण्डको हिमालमा कसरी देखियो नेपाली राष्ट्रिय झण्डा ? मध्यरातमा स्वीट्जरल्याण्डको हिमालमा कसरी देखियो नेपाली राष्ट्रिय झण्डा ?

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०पि. एल. तरंग- लिंकरोभर, बेल्जियम । विश्वव्यापी...

Top