स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन

Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार


२०, फेब्रुअरी, २०२०
काठमाडौं । काठमाडौंस्थित स्वीस दुतावासले नेपालमा सेक्युरिटी प्रेस खरिदका विषयमा आफ्ना देशका कुनैपनि कम्पनी र त्यसका प्रतिनिधिले नेपालका सञ्चारमन्त्री गोकुल बास्कोटासँग भेटवार्ता नगरेको स्पष्ट पारेको छ ।

नेपालमै पासपोर्ट छाप्न ल्याईन लागिएको सेक्युरिटी प्रेस खरिदमा करोडौ कमिसनको चलखेलमा सञ्चारमन्त्री गोकुल बास्कोटा र स्वीस कम्पनीका नेपाली एजेन्टबीचको वार्तालापको अडियो सार्वजनिक भएपछि दुतावासले यस्तो प्रष्टिकरण दिएको हो ।

विजयप्रकाश मिश्रले नामका एक व्यक्ति र सञ्चारमन्त्री बास्कोटाबीचको कमिसनसम्बन्धी अडियोमा मिश्रले स्वीस एम्बेसीसँग पनि भेट गराउने र राजदूतले पनि कुरा गर्न खोजेको प्रसंग उल्लेख भएपछि दुतावासले प्रष्टीकरण दिँदै यो सन्दर्भमा दुतावास र प्रतिनिधिले मन्त्री बास्कोटासँग भेटवार्ता नगरेको स्पष्ट पारेको हो । जारी गरेको विज्ञप्तिमा दूतावासको आग्रहमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग कसैले पनि भेट नभएको स्पष्ट पारिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित ३...

२ सातायता काठमाडौंको कान्ति अस्पतालमा २२ जना कोरोना संक्रमित बालबालिका भर्ना : २ को मृत्यु २ सातायता काठमाडौंको कान्ति अस्पतालमा २२ जना कोरोना संक्रमित बालबालिका भर्ना : २ को मृत्यु

२०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्कुले बालबालिकामा समेत...

२०७७ बैशाख ३ सम्म ‘लकडाउन’ २०७७ बैशाख ३ सम्म ‘लकडाउन’

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । सरकारले ‘लकडाउन’को समय दोश्रोपटक...

Top