पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते

Best Khabar Team | २०७६ चैत्र ३ गते सोमबार


१६ मार्च, २०२०
बनेपा । काभ्रेको पनौतीमा प्रहरी र स्थानीय बासिन्दाबीच भएको विवादले झडपको रुप लिँदा पनौती तनावग्रस्त बनेको छ । आज दिउँसो पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा स्थानीयजनिमाया गोले र उनकी छोरी स्मारिका गोलेको ज्यान गएपछि स्थानीय बासिन्दा आक्रोशित बनेर प्रदर्शनमा उत्रिएका थिए ।

दुबैजनाको उपचारका क्रममा शीर मेमोरियल अस्पताल धुलिखेलमामा निधन भएको हो । ट्रिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि आक्रोशित स्थानीय वासिन्दा प्रदर्शनमा उत्रिएपछि प्रहरी पनि सुरक्षामा लागेको थियो । प्रदर्शनमा उत्रिएका स्थानीयले पनौतीको प्रहरीबीचमा आगजनी गरेका छन् भने गोली लागेर प्रहरी घाइते भएको बताइएको छ ।

यद्यपि यो गोली कसले चलायो भन्ने विषयमा राति अबेर भएकाले कुनै जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीले लाठीचार्ज तथा केहीसेल अश्रुग्याँस प्रहार समेत गरेको छ । जसबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । राति ११ बजेसम्मपनि प्रदर्शन जारी रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

Climate change & it’s effect in Himalayan Region Climate change & it’s effect in Himalayan Region

२०७६ मंशिर २३ गते सोमबार

Kathmandu . Experts fear that these glaciers in the...

अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन :  देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन : देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो

२०८२ जेठ २९ गते बिहिबार

१२ जुन, २०२५न्यूर्योक, अमेरिका । गत जनवरीको अन्तिम साता...

जर्मनीमा कोरोना कहर : हेसेन राज्यका अर्थमन्त्रीको शव रेलवे स्टेनमा भेटियो, आत्महत्याको आशंका जर्मनीमा कोरोना कहर : हेसेन राज्यका अर्थमन्त्रीको शव रेलवे स्टेनमा भेटियो, आत्महत्याको आशंका

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०बर्लिन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

पहलगाम आक्रमणको जवाफ ‘अप्रेसन सिन्दुर’बाट फकाउँदै भारत : पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, दर्जनौं मारिए पहलगाम आक्रमणको जवाफ ‘अप्रेसन सिन्दुर’बाट फकाउँदै भारत : पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, दर्जनौं मारिए

२०८२ बैशाख २४ गते बुधबार

०७ मे, २०२५नयाँदिल्ली, भारत । गत अप्रिल २२ तारिखका...

Top