खुम्बु क्षेत्र : जहाँ राज्यकै कमजोरीले गुमिरहेको छ करोडौंको राजस्व

Best Khabar Team | २०७६ मंशिर २३ गते सोमबार


नाम्चे–सोलखुम्बु । विश्वकै सबैभन्दा अग्लो चुचुरो अर्थात् सगरमाथा । एक पटक सगरमाथा पुग्ने चाहना नभएको व्यक्ति सायदै होलान् । विदेशी पर्यटक होस् वा स्वदेशी, सके सगरमाथा नै चढेर फर्कने र नसके आधार शिविरसम्म मात्रै भएपनि पुग्ने चाहना हुन्छ । कतिपय सगरमाथा नै चढेर फर्किसकेका छन् भने कतिपय आधार शिविरमा मात्रै पुगेर फर्केका होलान्, अनि कति जाने सोचमा योजना बनाउँदै होलान् । सोलुखुम्बुको लुक्ला विमानस्थलबाट पैदल हिँडेर अघि बढ्दा करिब एक साता पछि पुगिन्छ सगरमाथा ।

यसबीचमा पाइने विभिन्न रेस्टुरेन्टमा खाएर यहाँकै विभिन्न होटलमा सुत्नुपर्ने बाध्यता पर्यटकहरुसँग छ । तर सामान्यभन्दा यहाँका होटल तथा रेस्टुरेन्ट निक्कै महंगो छ । देशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको यो क्षेत्र देशी विदेशी पर्यटकको माझ खुम्बु क्षेत्रको नामले प्रसिद्ध छ । लुक्लादेखि नाम्चेहुँदै खुम्जुङ्गसम्म पुग्दा यसबीचमा करिब ३ सय ५० को हाराहारीमा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । यहाँका होटलहरुमध्ये कतिपयले काठमाडौंका सुविधासम्पन्न तारे होटलले दिने सरहको सुविधा पनि दिएका छन् ।

यति विकट ठाउँमा यति सुविधा पाउँदा पर्यटक निक्कै खुसी हुने गरेका छन् । तर अचम्म, यहाँका धेरैजसो होटलहरु आजपनि घरबास अर्थात् होमस्टे अन्र्तगत सञ्चालनमा छन् । तर शुल्क भने पाँच तारे होटलकै हाराहारीमा लिइरहेका हुन्छन् । अझै अचम्मको कुरा त के छ भने यसरी सञ्चालित होटलहरुले अहिलेसम्म राज्यलाई करका रुपमा ‘केही निश्चित रकम’ बुझाउने गरेका छैनन् । एक सिजनमा यहाँका होटल तथा रेस्टुरेन्टले वर्षेनी एक अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने गरेका छन् । तर सरकारलाई तिर्नुपर्ने निश्चित प्रतिशत कर तिर्ने मेसो व्यवसायीले पाएका छैनन् वा राज्यले उनीहरुलाई कर तिर्न बाध्य परेको छैन । जसका कारण राज्य कोषमा दाखिला हुने करोडौं रुपियाँ रकम त्यत्तिकै खेर गएको छ ।

खुम्जुङ्ग क्षेत्रमा पुग्दा यहाँ राज्यको उपस्थिति लगभग सून्य जस्तै देखिन्छ । यहाँका जनताले अत्यन्तै चर्को मूल्य तिरेर सामान ढुवानी गरेर पर्यटकहरुलाई सेवा दिइरहेका छन् । जसको कारण पनि उनीहरु सहजै कर तिर्न चाहँदैनन् । राज्यबाट पाउनुपर्ने सेवा सुविधा नपाएपछि राज्यलाई कुन आधारमा कर तिर्ने भन्ने प्रश्न उनीहरु गर्दछन् । उनीहरुको प्रश्न पनि एकअर्थमा जायज पनि देखिन्छ । लुक्लाबाट हेलिकोप्टर चार्टर गरेर नाम्चे वा खुम्जुङ्गसम्म सामान पु¥याउने महंगो शुल्क तिरेर खच्चड वा भरिलालाई सामान बोकाउनुको विकल्प स्थानीय वासिन्दासँग छैन । त्यसैले जति माथि पुग्यो त्यति नै महंगो छ सामान अनि होटलहरु । यही कारण अन्यत्र भन्दा यहाँका होटल तथा रेस्टुरेन्ट महंगो भएको तर्क व्यवसायीको छ। अहिले यो क्षेत्रमा एकपटक मोबाइल चार्ज गरेको २ सयदेखि ५ सय रुपैयाँसम्म पर्दछ । एउटा अण्डाको ठाउँ हेरी ७० देखि १ सय २० रुपैयाँ रुपैयाँ सम्म पर्ने गरेको छ ।

ग्याँसको प्रतिसिलिण्डर १४ हजार रुपैयाँको हाराहारी पर्दछ । तर स्थानीय व्यापारी वा व्यवसायीलाई राज्यले न राज्यले उनीहरुकै घर क्षेत्रमा कर तिर्ने व्यवस्था गरिदिएको न यहाँका स्थानीय वासिन्दा कर तिर्नकै लागि भनेर लुक्ला वा जिल्ला सदरमुकाम धाउन सकेका छन् । यसको घाटा राज्यले व्यहोरिरहेको छ । स्थानीय जनताको लागि आवश्यक पर्ने बाटो, अस्पताल, विद्युत्, टेलिफोन जस्ता सेवाहरु पुगेका छैनन् । आंशिक सेवा पुगेका ठाउँमा यसको प्रभावकारितामा जहिले पनि पर्यटकको लागि गुनासोको प्रमुख विषय बन्ने गरेको छ । राज्यबाट हेपिएको महशुस गर्ने यहाँका जनता यही बहानामा कर तिर्न चाहँदैनन् । वर्षमा करिब ४ महिनामात्रै यो क्षेत्रमा पर्यटकको चहलपहल हुने गरेको छ । यसबीचमा उनीहरुले अहोरात्र खटेर पर्यटकको सेवा गर्नुपर्दछ अन्य समय हिउँ पर्ने वा चिसो बढ्ने भएका कारण यहाँका होटल तथा रेस्टुरेन्ट करिब सबै बन्द नै हुन्छ ।

काठमाडौंमा सरकारले हरेक वर्ष सरकारले बजेट बनाउँदै गर्दा यहाँका व्यवसायीहरुको प्रमुख पर्यटकीय सिजन शुरुहुन्छ । तर न सरकारले यी व्यवसायीको भावनालाई सुन्न सकेको छ, न व्यवसायी नै सरकारलाई खुसी बनाउन । यसरी नै बषौंदेखि चलिरहेको छ खुम्बु क्षेत्रमा राज्य र व्यवसायीबीचको लुकामारी ।

जसका कारण राज्यले अबौं रुपियाँ राजस्व ‘मिस’ गरिरहेको छ । सरकारले यी क्षेत्रमा सञ्चालित व्यवसायलाई करको दायरामा ल्याउने र उनीहरुलाई पर्यटक मैत्री ढंगका सेवा सुविधा दिन सकेको खण्डमा सरकारलाई थप आर्थिक सेवा पुग्ने देखिन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ब्राजिलमा भेटिएको ‘नयाँ खाले’ कोरोना संक्रमण बेलायत र स्कटल्याण्डमा पनि देखियो ब्राजिलमा भेटिएको ‘नयाँ खाले’ कोरोना संक्रमण बेलायत र स्कटल्याण्डमा पनि देखियो

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१वेस्टह्याम, बेलायत । पहिलो पटक ब्राजिलमा भेटिएको...

काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर) काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...

नाटक देखाउन आएका ४ कलाकार युरोपमै लुकेपछि… नाटक देखाउन आएका ४ कलाकार युरोपमै लुकेपछि…

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ बर्लिन । नेपाली नाटक ‘घेरो’ देखाउनका...

इजरायलमा रहेका नेपाली ल्याउन चार्टर विमान पठाइने, ५४ जना नेपालीलाई सुरक्षित ठाउँमा लगियो इजरायलमा रहेका नेपाली ल्याउन चार्टर विमान पठाइने, ५४ जना नेपालीलाई सुरक्षित ठाउँमा लगियो

२०८० आश्विन २३ गते मंगलबार

१० अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई जतिसक्दो...

Top