शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ

Best Khabar Team | २०७६ माघ १३ गते सोमबार


२७ जनवरी, २०२०
काठमाडौं । व्यक्ति हत्यामा संलग्न रहेको आरोपसम्बन्धी मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको व्यक्तिलाई सभामुख बनाइएको भन्दै राष्ट्रपति भवन शितलनिवास बाहिर विरोध प्रदर्शन भएको छ । राष्ट्रपति भवन शितल निवासभित्र नवनिर्वाचित सभामुख अग्नी सापकोटाले पद तथा गोपनियताको सपथ लिइरहेका बेला शितल निवासबास बाहिर अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन् ।

त्यस क्रममा प्रहरीले प्रदर्शनमा उत्रिएका काभ्रेकी पूर्णिमाया लामालगायत १२ जना अधिकारकर्मीलाई पक्रेको छ । प्रहरीले भने निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका कारण उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीले लामासहित अधिकारकर्मीहरु चरण प्रसाई, एलिना गौतम, निरञ्जन थपलिया, राजन कुईँकेल, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण गजमेर,जेसिलिन राना प्रशान्त त्रिपाठीलगायतलाई पक्रेको हो ।

जाहेरीकर्ता पूर्णिमाया लामा ।

२०६२ सालमा तात्कालिन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोपमा सापकोटा विरुद्धको मुद्दा हाल अदालतमा विचाराधिन अवस्थामा रहेको बेला उनलाई सभामुख बनाइएपछि अधिकारकर्मीहरुले त्यसको विरोध जनाउँदै आएका छन् । स्मरणीय के छ भने सापकोटा विरुघ परेको मुद्दामा संवैधानिक इजलासले आगामी माघ २२ लाई पेशी तोकेको छ। त्यहि क्रममा उनीहरुले आज राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेका थिए ।

लामाको हत्यामा नवनिर्वाचित सभामुख सापकोटा र पूर्व राज्यमन्त्रीसमेत रहेका सूर्यमान दोङलगायत संलग्न रहेको भन्दै मृतक लामाकी श्रीमती पूर्णिमाया लामाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएकी थिइन्। पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको पक्राउ परेका अधिकारकर्मी कुईँकेलले बेष्टखबर डटकमलाई जानकारी दिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य

२०७८ बैशाख १६ गते बिहिबार

२९ अप्रिल, २०२१काठमाडौं । भारतमा आयोजित एउटा धार्मिक कार्यक्रममा...

काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले...

सेनापरिचालन विधेयकबारे सबैको फरक धारणा सेनापरिचालन विधेयकबारे सबैको फरक धारणा

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१९ काठमाडौ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...

फ्रान्समा कोरोना ताण्डब : एकैदिन १४ सय भन्दा बढीको मृत्यु फ्रान्समा कोरोना ताण्डब : एकैदिन १४ सय भन्दा बढीको मृत्यु

२०७६ चैत्र २५ गते मंगलबार

०७ अप्रिल २०२० पेरिस । फ्रान्समा पछिल्लो दिनहरुमा कोरोनाका...

Top