कमलादीबाट बरामद भएको १५ किलो सम्भावित ‘सुनको’ परीक्षण हुँदै

Best Khabar Team | २०७७ श्रावण १३ गते मंगलबार


२९ जुलाई, २०२०
काठमाडौं । काठमाडौंको कमलादीमा प्रहरीले १५ किलो अबैध सम्भावित सुनसहित २ वटा पेस्तोल बरामद गरेको छ । यद्यपि बरामद गरिएको सुन कुन ‘क्याटेगोरिको’ हो भन्ने विषयमा प्रहरीले परीक्षण शुरु गरेको बताइएको छ । हेर्दा सुनजस्तो पहँलो धातु देखिएको सो सुन तस्करहरुले नेपाल भित्र-याइको हुनसक्ने आशंका प्रहरीको छ । गाडीमा आएका दुईजना तस्करहरुले कमलादीमा बिहान सो सम्भावित सुनको झोला फालेर भागेका थिए ।

गाडीमा सून छ भन्ने सूचना पाएको प्रहरीले सो गाडीलाई पछ्याउँदै गर्दा उनीहरुले सो झोला फालेर हिँडेका थिए । महानगरीय प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले सो परिमाणमा सून बरामद गरेको हो । प्रत्यक्षदर्शी स्थानीयले बिहान ९ बजेतिर प्रहरीले पिछा गरेको थाहा पाएपछि तस्करहरुले सुनको झोला फालेर भागेको बताएका छन् ।

सो सुन कसले र कुन प्रयोजनका लागि नेपाल भित्र्या-एको हो भन्ने विषयमा केही खुल्न सकेको छैन । सुन राखिएको झोलामै २ थान हतियार (पेस्तोल) समेत भेटिएको प्रहरीको भनाई छ । मुलुकमा लकडाउन पूर्णरुपमा नहट्दै र आन्तरिक तथा बाह्य सेवाका नियमित उडानहरुसमेत सूचारु नहुँदै यतिधेरै परिमाणमा अबैध सुन भित्रनुलाई निक्कै अर्थपूर्णरुपमा हेरिएको छ । अहिलेसम्म गाडीको नम्बर तथा गाडीमा सवार ती सम्भावित तस्करहरुको बारेमा प्रहरीले केही जानकारी सार्वजनिक गरेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु

२०७६ फाल्गुन २३ गते शुक्रबार

०६ मार्च, २०२०लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली...

भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०नयाँदिल्ली । भारतमा विगत २ महिनादेखि जारी...

भेरीनदीमा वेपत्ता ६ जनाकै शव भेटियो भेरीनदीमा वेपत्ता ६ जनाकै शव भेटियो

२०७७ जेठ २० गते मंगलबार

०२ मे, २०२०मुसिकोट । विगत १० दिनदेखि रुकुमको भेरी...

स्वीटजरल्याण्डले पठाएको ३० हजार थान पीसीआरसहितका स्वास्थ्य सामग्री नेपाल पुग्यो स्वीटजरल्याण्डले पठाएको ३० हजार थान पीसीआरसहितका स्वास्थ्य सामग्री नेपाल पुग्यो

२०७७ बैशाख २५ गते बिहिबार

०७ मे, २०२०जेनेभा । स्वीट्जरल्याण्ड सरकारले नेपाल सरकारमार्फत नेपाली...

Top