Best Khabar Team | २०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०
काठमाडौं । काठमाडौंको कमलादीमा प्रहरीले १५ किलो अबैध सम्भावित सुनसहित २ वटा पेस्तोल बरामद गरेको छ । यद्यपि बरामद गरिएको सुन कुन ‘क्याटेगोरिको’ हो भन्ने विषयमा प्रहरीले परीक्षण शुरु गरेको बताइएको छ । हेर्दा सुनजस्तो पहँलो धातु देखिएको सो सुन तस्करहरुले नेपाल भित्र-याइको हुनसक्ने आशंका प्रहरीको छ । गाडीमा आएका दुईजना तस्करहरुले कमलादीमा बिहान सो सम्भावित सुनको झोला फालेर भागेका थिए ।

गाडीमा सून छ भन्ने सूचना पाएको प्रहरीले सो गाडीलाई पछ्याउँदै गर्दा उनीहरुले सो झोला फालेर हिँडेका थिए । महानगरीय प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले सो परिमाणमा सून बरामद गरेको हो । प्रत्यक्षदर्शी स्थानीयले बिहान ९ बजेतिर प्रहरीले पिछा गरेको थाहा पाएपछि तस्करहरुले सुनको झोला फालेर भागेको बताएका छन् ।
सो सुन कसले र कुन प्रयोजनका लागि नेपाल भित्र्या-एको हो भन्ने विषयमा केही खुल्न सकेको छैन । सुन राखिएको झोलामै २ थान हतियार (पेस्तोल) समेत भेटिएको प्रहरीको भनाई छ । मुलुकमा लकडाउन पूर्णरुपमा नहट्दै र आन्तरिक तथा बाह्य सेवाका नियमित उडानहरुसमेत सूचारु नहुँदै यतिधेरै परिमाणमा अबैध सुन भित्रनुलाई निक्कै अर्थपूर्णरुपमा हेरिएको छ । अहिलेसम्म गाडीको नम्बर तथा गाडीमा सवार ती सम्भावित तस्करहरुको बारेमा प्रहरीले केही जानकारी सार्वजनिक गरेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विश्वमा सबैभन्दा शान्तिपूर्ण देश आइसल्याण्ड : नेपाल ७३ औं नम्बरमा (सूचीसहित)
२०७७ जेठ ३० गते शुक्रबार
१२ जुन, २०२०प्रतीक लामिछाने, लिंकरोभर बेल्जियम । विश्वमा सबैभन्दा...
तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित)
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२०पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । गत २०१९...
काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी
२०७७ श्रावण २० गते मंगलबार
०४ अगस्ट, २०२०काठमाडौं । काठमाडौंको टंगालमा रहेको अख्तियार दुरुपयोग...
पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु
२०७७ असार ११ गते बिहिबार
२५ जुन, २०२०लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका...
Top