झण्डै २ अर्व जरिवाना र ३ वर्ष जेल सजायाँको माग गर्दै बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध राजश्व छलीको मुद्दा

Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार


१९ डिसेम्बर, २०१९
काठमाडौं । नक्कली भ्याट विल प्रयोग गरी कर छलेको आरोपमा कोलड्रिंक उत्पादक कम्पनी वरुण वेभरेज विरुद्ध मुद्दा दायर भएको छ । विशेषतः बहुराष्ट्रिय उत्पादन पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध ६४ करोड रुपैयाँ राजश्व छलि गरेको आरोपमा मुद्दा दायर भएको हो । राजश्व अनुसन्धान विभागले विभागले वेभरेजका सञ्चालक अमित गुप्ता, तथा पूर्व सञ्चालकहरु रविकान्त जयपुरिया, प्रविणकुमार अग्रवाल, विनोदकुमार सिंह, रविकान्त जयपुरिया र अशोक कुमारविरुद्ध १ अर्ब २९ करोड ९२ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार विभागले सातैजना विरुद्ध हानी नोक्सानीको दोब्बरसम्मको जरिवाना मागदावी गर्दै मुद्दा दायर गरेको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार विभिन्न नक्कली विल खडा गरी ६४ करोड भन्दा बढी राजश्व छली गरेर राज्यलाई अर्बौ रुपैयाँ घाटा लगाएको बरुण वेभरेजलाई कडा कारबाहीको मागसहित मुद्दा दायर गरिएको हो ।

राजश्व चुहावट गर्ने उद्देश्यले नक्कली विजक खडा गरी कर छली गर्ने बरुण वेभरेज बहुराष्ट्रिय कम्पनी हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै...

झुण्डिएको अवस्थामा कर्मचारीको शव भेटिएपछि अस्पताल तोडफोड झुण्डिएको अवस्थामा कर्मचारीको शव भेटिएपछि अस्पताल तोडफोड

२०७६ असार ३ गते मंगलबार

१७ जुन, २०१८ काठमाडौं । अस्पतालमा कार्यरत एक महिलाको...

कोरोनाका कारण बेलायतमा ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाए कोरोनाका कारण बेलायतमा ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाए

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०लण्डन । संयुक्त राज्य बेलायतका विभिन्न शहरमा...

कोरोना कहरकैबीच भारतले २ महिनापछि यसरी खोल्यो आन्तरिक उडान (भिडियोसहित) कोरोना कहरकैबीच भारतले २ महिनापछि यसरी खोल्यो आन्तरिक उडान (भिडियोसहित)

२०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०नयाँदिल्ली । कोरोनाको संक्रमणका कारण विगत २...

Top