झण्डै २ अर्व जरिवाना र ३ वर्ष जेल सजायाँको माग गर्दै बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध राजश्व छलीको मुद्दा

Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार


१९ डिसेम्बर, २०१९
काठमाडौं । नक्कली भ्याट विल प्रयोग गरी कर छलेको आरोपमा कोलड्रिंक उत्पादक कम्पनी वरुण वेभरेज विरुद्ध मुद्दा दायर भएको छ । विशेषतः बहुराष्ट्रिय उत्पादन पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध ६४ करोड रुपैयाँ राजश्व छलि गरेको आरोपमा मुद्दा दायर भएको हो । राजश्व अनुसन्धान विभागले विभागले वेभरेजका सञ्चालक अमित गुप्ता, तथा पूर्व सञ्चालकहरु रविकान्त जयपुरिया, प्रविणकुमार अग्रवाल, विनोदकुमार सिंह, रविकान्त जयपुरिया र अशोक कुमारविरुद्ध १ अर्ब २९ करोड ९२ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार विभागले सातैजना विरुद्ध हानी नोक्सानीको दोब्बरसम्मको जरिवाना मागदावी गर्दै मुद्दा दायर गरेको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार विभिन्न नक्कली विल खडा गरी ६४ करोड भन्दा बढी राजश्व छली गरेर राज्यलाई अर्बौ रुपैयाँ घाटा लगाएको बरुण वेभरेजलाई कडा कारबाहीको मागसहित मुद्दा दायर गरिएको हो ।

राजश्व चुहावट गर्ने उद्देश्यले नक्कली विजक खडा गरी कर छली गर्ने बरुण वेभरेज बहुराष्ट्रिय कम्पनी हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा कोरोना :  २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो भारतमा कोरोना : २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२० नयाँदिल्ली । भारतमा कोरोनाको संक्रमणबाट हालसम्म...

नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४...

अमेरिकी औषधी विज्ञको दाबी : ‘परिवर्तित कोरोना’का विरुद्ध पनि भ्याक्सिन उपयोगी अमेरिकी औषधी विज्ञको दाबी : ‘परिवर्तित कोरोना’का विरुद्ध पनि भ्याक्सिन उपयोगी

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१न्यूर्योक, अमेरिका । कोरोना भाइरसका विरुद्ध अमेरिकी...

साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको...

Top