Best Khabar Team | २०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२०
हेलसिंगी । युरोपेली मुलुक फिनल्याण्डकी प्रधानमन्त्रीले हाल चलनचल्तिमा आएको साप्ताहिक कार्ययोजना भन्दा विल्कुलै नयाँ कार्ययोजना सार्वजनिक गरेकी छन् । ३४ वर्षकी प्रधानमन्त्री मरिनले ७ दिनमा ४ दिन काममा खटिन र बाँकी ३ दिन परिवारका सदस्यहरुसँग विताउने प्रस्ताव अघि सारेकी हुन् । यस्तै उनले दैनिक ६ घण्टामात्रै काम गर्ने प्रस्ताव पनि अघि सारेकी छन् ।

मानिसको जीवनमा परिवारको पनि महत्वपूर्ण भूमिका हुने भन्दै कामबाट बचेको समय परिवारका सदस्यहरुसँग बसेर विताउने योजनाका साथ नयाँ कार्यतालिका सार्वजनिक गरेकी हुन् । नयाँ कार्यतालिका अनुसार काम गर्दा काममा लोड नहुने तथा पारिवारिक रुपमा पनि यसले सकारात्मक प्रभाव छाड्ने बताएकी हुन् ।
एसियाली मुलुकहरुमा हाल दैनिक ८ घण्टा काम र १ दिन छुट्टी दिने प्रचलन रहेको भएपनि हाल फिनल्याण्डलगायत युरोपेली मुलुकमा हप्तामा ५ दिन काम, दैनिक ८ घण्टा काम गर्ने चलन छ । उनले यो प्रस्ताव पारित भएमा भोलिका दिनमा काम गर्ने कर्मचारी र कामदारमा कामप्रतिको मोह जाग्ने बताएकी छन् । मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् । उनी केही समयअघि मात्रै फिनल्याण्डको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई...
धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाले उता-र्यो विदेशबाट आउनेको सूची, सबै आ-आफ्नै घरको क्वारेन्टाइनमा (नामावलीसहित)
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०सल्यानटार । धादिङ्गको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी...
नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । पछिल्ला केही साता यता नेपालमा...
कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०चरिकोट । एकैदिन ८३ जना कोरोना संक्रमित...
Top