फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम

Best Khabar Team | २०७६ पुष २१ गते सोमबार


०६ जनवरी, २०२०
हेलसिंगी । युरोपेली मुलुक फिनल्याण्डकी प्रधानमन्त्रीले हाल चलनचल्तिमा आएको साप्ताहिक कार्ययोजना भन्दा विल्कुलै नयाँ कार्ययोजना सार्वजनिक गरेकी छन् । ३४ वर्षकी प्रधानमन्त्री मरिनले ७ दिनमा ४ दिन काममा खटिन र बाँकी ३ दिन परिवारका सदस्यहरुसँग विताउने प्रस्ताव अघि सारेकी हुन् । यस्तै उनले दैनिक ६ घण्टामात्रै काम गर्ने प्रस्ताव पनि अघि सारेकी छन् ।

मानिसको जीवनमा परिवारको पनि महत्वपूर्ण भूमिका हुने भन्दै कामबाट बचेको समय परिवारका सदस्यहरुसँग बसेर विताउने योजनाका साथ नयाँ कार्यतालिका सार्वजनिक गरेकी हुन् । नयाँ कार्यतालिका अनुसार काम गर्दा काममा लोड नहुने तथा पारिवारिक रुपमा पनि यसले सकारात्मक प्रभाव छाड्ने बताएकी हुन् ।

एसियाली मुलुकहरुमा हाल दैनिक ८ घण्टा काम र १ दिन छुट्टी दिने प्रचलन रहेको भएपनि हाल फिनल्याण्डलगायत युरोपेली मुलुकमा हप्तामा ५ दिन काम, दैनिक ८ घण्टा काम गर्ने चलन छ । उनले यो प्रस्ताव पारित भएमा भोलिका दिनमा काम गर्ने कर्मचारी र कामदारमा कामप्रतिको मोह जाग्ने बताएकी छन् । मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् । उनी केही समयअघि मात्रै फिनल्याण्डको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य

२०७८ बैशाख १६ गते बिहिबार

२९ अप्रिल, २०२१काठमाडौं । भारतमा आयोजित एउटा धार्मिक कार्यक्रममा...

एकैसाथ आर्यघाटमा अस्ताय चलचिल क्षेत्रका ‘दुई नक्षत्र’ एकैसाथ आर्यघाटमा अस्ताय चलचिल क्षेत्रका ‘दुई नक्षत्र’

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल चलचित्र क्षेत्रका दुई...

स्वीटजरल्याण्डले पठाएको ३० हजार थान पीसीआरसहितका स्वास्थ्य सामग्री नेपाल पुग्यो स्वीटजरल्याण्डले पठाएको ३० हजार थान पीसीआरसहितका स्वास्थ्य सामग्री नेपाल पुग्यो

२०७७ बैशाख २५ गते बिहिबार

०७ मे, २०२०जेनेभा । स्वीट्जरल्याण्ड सरकारले नेपाल सरकारमार्फत नेपाली...

Top