अबिरल वर्षाका कारण भोटेकोशीमा भीषण बाढी, कम्तीमा १५ वेपत्ता, १८ घर बगायो

Best Khabar Team | २०७७ असार २५ गते बिहिबार


०९ जुलाई, २०२०
बाह्रबिसे, सिन्धुपाल्चोक । अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकको भोटेकोशीमा कम्तीमा १५ जना वेपत्ता भएका छन् । अबिरल वर्षासँगै भोटेकोशी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको १८ वटा घरहरु बगाएका छन् । यस्तै कतिपय स्थानमा माथिबाट आएको पहिरोमा परेर केही घरहरुमा समेत क्षति समेत पु-याएको छ ।

बाढीले सिन्धुपाल्चोकको बाह्रबिसे २ गाती आसपासका बस्ती बगाएको हो । अहिलेसम्म २ जनाको शव फेला परेको छ भने १५ जना वेपत्ता भएका छन् । गएराति करिब १ वजेतिर नदीमा बाढी आएपछि बस्ती बगाएको थियो । घटनास्थलमा अहिले नेपाली सेनाको उद्दार टोली पुगेर उद्दारको कार्य गरिरहेको भएपनि बर्षात्का कारण उद्दारमा कठिनाई भै रहेको बताइएको छ । बाढीले भोटेकोशीस्थित मध्यभोटेकोशी जलविद्युत् परियोजनाको केही भाग बगाएको छ भने बाढीमा परी एकजना चिनियाँ प्राविधिक समेत वेपत्ता भएको बताइएको छ । बाढीले भोटेकोशी गाउँपालिकाको मार्मिङ्गमा समेत कम्तीमा ५ वटा घर बगाएको बताइएको छ ।

अहिले नदी छेउका स्थानीयलाई त्यहाँबाट सुरक्षित स्थानमा सार्ने काम भै रहेको छ । काठमाडौंबाट उद्दारका लागि हेलिकोप्टरमा टोली जाने तयारी गरेको भएपनि खराब मौसमका कारण त्यो सम्भव हुन सकेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१८ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...

कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम...

रसियाको कुरिरमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प रसियाको कुरिरमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प

२०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२० मस्को । विश्वमा कोरोना भाइरसले प्रकोपको...

नेपालमा एकैदिन २३९ जनामा संक्रमण :  २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, संक्रमितको संख्या १८ सय नाघ्यो (अपडेट) नेपालमा एकैदिन २३९ जनामा संक्रमण : २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, संक्रमितको संख्या १८ सय नाघ्यो (अपडेट)

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०काठमाडौं । नेपालमा आज एकैदिन हालसम्मकै सबैभन्दा...

Top