Best Khabar Team | २०७७ असार २५ गते बिहिबार
०९ जुलाई, २०२०
बाह्रबिसे, सिन्धुपाल्चोक । अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकको भोटेकोशीमा कम्तीमा १५ जना वेपत्ता भएका छन् । अबिरल वर्षासँगै भोटेकोशी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको १८ वटा घरहरु बगाएका छन् । यस्तै कतिपय स्थानमा माथिबाट आएको पहिरोमा परेर केही घरहरुमा समेत क्षति समेत पु-याएको छ ।

बाढीले सिन्धुपाल्चोकको बाह्रबिसे २ गाती आसपासका बस्ती बगाएको हो । अहिलेसम्म २ जनाको शव फेला परेको छ भने १५ जना वेपत्ता भएका छन् । गएराति करिब १ वजेतिर नदीमा बाढी आएपछि बस्ती बगाएको थियो । घटनास्थलमा अहिले नेपाली सेनाको उद्दार टोली पुगेर उद्दारको कार्य गरिरहेको भएपनि बर्षात्का कारण उद्दारमा कठिनाई भै रहेको बताइएको छ । बाढीले भोटेकोशीस्थित मध्यभोटेकोशी जलविद्युत् परियोजनाको केही भाग बगाएको छ भने बाढीमा परी एकजना चिनियाँ प्राविधिक समेत वेपत्ता भएको बताइएको छ । बाढीले भोटेकोशी गाउँपालिकाको मार्मिङ्गमा समेत कम्तीमा ५ वटा घर बगाएको बताइएको छ ।
अहिले नदी छेउका स्थानीयलाई त्यहाँबाट सुरक्षित स्थानमा सार्ने काम भै रहेको छ । काठमाडौंबाट उद्दारका लागि हेलिकोप्टरमा टोली जाने तयारी गरेको भएपनि खराब मौसमका कारण त्यो सम्भव हुन सकेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारलाई भन्यो : ‘कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गरियोस्’
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा...
युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत
२०७६ पुष १ गते मंगलबार
– इन्दिरा कु. शर्मा पछिल्लो जनगणना अनुसार मुलुकको जनसंख्या...
निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश
२०७५ चैत्र १० गते आइतबार
२४ मार्च, २०१९ काठमाडौं । कैलालीमा केही महिना अघि...
हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार ‘बेलासे’लाई कोरोना संक्रमण
२०७७ बैशाख १७ गते बुधबार
२९ अप्रिल, २०२०वेस्टह्याम । लण्डन- नेपाली हास्य टेलिश्रृंखला भद्रगोलमा...
Top