कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु

Best Khabar Team | २०७६ चैत्र २८ गते शुक्रबार


१० अप्रिल, २०२०
पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । चीनको बुहान प्रान्तमा पहिलो पटक गत डिसेम्बरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म २ सय भन्दा बढी मुलुकमा फैलिइसकेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको बिहीबार १०० दिन पुगेको छ । गत डिसेम्बर ३१ मा पहिलो पटक चीनको वुहानमा यो भाइरसको संक्रमण देखिएको थियो । डिसेम्बर ३१ मा चीनले विश्व स्वास्थ्य संगठनलाई कोरोनाबारे जानकारी दिएको थियो । जनवरी ९ मा चीनमा पहिलो ब्यक्तिको मृत्यु भएको थियो । कोरोना भाइरसका कारण यो १ सय दिनको अवधिमा विश्वभर १ लाख भन्दा बढी मानिसको ज्यान गै सकेको छ भने भने झण्डै १६ लाख ६३ हजार जना संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण विगत ३ महिना १० दिनमा विश्वभर १ लाख ३ हजार ७१ जनाको ज्यान गै सकेको छ । अमेरिका, इराक, इटली, फ्रान्स, बेलायत, स्पेन, बेल्जियम, नेदरल्याण्ड, जर्मनी, पोर्चुगल, चीनलगायतका मुलुकमा यसले सबैभन्दा बढी जनधनको क्षति पु¥याएको छ भने अन्य देशहरुमा पनि यसले मानवीय क्षति पु=याएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाका कारण अमेरिकामा १७ हजार ९ सय २७ जनाले ज्यान गुमाएका छन्, यस्तै स्पेनमा १५ हजार ९ सय ७०, इटलीमा १८ हजार ८ सय ४९, फ्रान्समा १२ हजार २ सय १०, लण्डनमा ८ हजार ९ सय ५८, जर्मनीमा २ हजार ६ सय ७, इरानमा ४ हजार २ सय ३२, बेल्जियममा ३ हजार १९, नेदरल्याण्डमा २ हजार ५ सय ११ जनाको ज्यान गएको छ ।

कोरोनाका कारण संक्रमित भएका मध्ये हालसम्म ३ लाख ६९ हजार ९ सय ३७ जनाको उपचार सफल भएको छ । यस्तै ५० हजार १ सय ६१ जनाको अवहलिे खतराको अवस्थामा उपचार भै रहेको छ । कोरोनाका कारण विश्वभरको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ भने अधिकांश देशको विमानसेवा, यातयात, बजार, कलकारखाना, विद्यालय, क्याम्पस, होटल, रेस्टुरेन्टलगायत नराम्ररी प्रभावित भएको छ । युरोपमा कोरोना संक्रमित अधिकांश देशमा होटल तथा रेस्टुरेन्टहरु बन्दछन् ।

कोरोना लागेपनि विश्वका केहीमात्रै मुलुकमा अहिलेसम्म मानवीय क्षति भएको छैन । यस्ता देशहरुमा माडागास्कर,रुवान्डा, कम्बोडिया,गिब्राल्टार, कंगो, रुवान्डा, जमैका, बेर्मुडालगायतका देशहरु छन् । जहाँ ५० भन्दा बढी संक्रमित भेटिएपनि यी देशमा कोरोनाका कारण अहिलेसम्म कसैको ज्यान गएको छैन ।

यस्तै नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणबाट ९ जना पीडित देखिएपनि कसैको ज्यान गएको छैन । एकजना उपचारपछि घर फर्केका छन् भने आइसोलेसनमा रहेका ८ जनाको पनि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित) नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...

अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर धादिङ्गका २ युवकको मृत्यु, १ गम्भीर घाइते अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर धादिङ्गका २ युवकको मृत्यु, १ गम्भीर घाइते

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर...

युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत

२०७६ पुष १ गते मंगलबार

– इन्दिरा कु. शर्मा पछिल्लो जनगणना अनुसार मुलुकको जनसंख्या...

तत्कालीन राजा बीरेन्द्रको बंशविनास भएको १८ वर्ष पुरा, हत्याकाण्ड अझै रहस्यमय तत्कालीन राजा बीरेन्द्रको बंशविनास भएको १८ वर्ष पुरा, हत्याकाण्ड अझै रहस्यमय

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९ वेस्टखबर टिम काठमाडौं । तत्कालीन राजा...

Top