विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै

Best Khabar Team | २०८१ पुष २१ गते आइतबार


०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको कल्याणको हेतुले पोखरामा विश्व शान्ति तथा आध्यात्मिक पूजापाठ कार्यक्रम हुने भएको छ । बोधि श्रबण धर्म संघ नेपालको आयोजनामा गर्न लागिएको कार्यक्रम यही पुष २४ देखि २६ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा संचालन हुनेछ । तीन दिनसम्म चल्ने पुजापाठ कार्यक्रममा मनुष्य, समस्त पशुपंक्षी, बनस्पति हित एवं अकाल मृत्युबरण गरी मोक्ष प्राप्त गर्न नसकेको आत्माहरुको मोक्षको कामना गरिने जनाइएको छ । 

कार्यक्रममा विश्वका विभिन्न ६० मुलुक तथा नेपालका विभिन्न जिल्लाका बोधि धर्मका अनुयायी, भक्तजन गरी करिब २५ हजार जनाको सहभागिता रहने अनुमान संघले गरेको छ । त्यस अवसरमा सन्यासी गुरुमार्ग, महात्मा तथा  गुरुआमाहरुले कार्यक्रम अवधिभर विश्व शान्ति तथा मानव र समस्त प्राणिजगतको कल्याणको लागि पूजा तथा प्रार्थना गर्नेछन् । संघले हरेक वर्ष आध्यामिक पूजापाठ तथा समाज कल्याणका क्षेत्रमा देशव्यापी रुपमा  विभिन्न कार्यक्रमहरुसमेत गर्दै आएको छ । ३५ हजार वर्षपछि विशेष विधिबाट प्राण प्रतिष्ठा गरी बोधि धर्मलाई पूर्नजीवित गराइएको  भन्दै आगामी मंगलबारबाट शुरुहुने कार्यक्रमको सबै तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’ अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०बुटबल । कोरोना संक्रमणलगायत अन्य विभिन्न समस्याबाट...

लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०काठमाडौं । भारतले नेपाली भूमि मिचेर चीनको...

पोर्चुगलको समुद्रमा डुबेर एकैघरका दुई नेपालीको निधन पोर्चुगलको समुद्रमा डुबेर एकैघरका दुई नेपालीको निधन

२०७६ पुष २८ गते सोमबार

१३ जनवरी, २०२० लिस्बन । पोर्चुगलको राजधानी लिस्बनबाट दक्षिण...

३ लाख धरौटी बुझाएर २ महिनापछि सिद्धबाबा हिरासतमुक्त ३ लाख धरौटी बुझाएर २ महिनापछि सिद्धबाबा हिरासतमुक्त

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९ विराटनगर । आफ्नै अनुयायी एक महिलामाथि...

Top