Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०
बुटबल । कोरोना संक्रमणलगायत अन्य विभिन्न समस्याबाट ग्रसित भै बुटबलमा रहेको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको समाचारको अस्पतालले खण्डन गरेको छ । क्रिमसन अस्पतालले आज अपरान्ह एक विज्ञप्ति निकालेर गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका एक पुरुषको उपचारको क्रममा निधन भएको भन्दै नेपालका केही नाम चलेका अनलाईन पोर्टलहरुले समाचार निकालेपछि त्यसको खण्डन गरेको हो ।

अस्पतालमा उपचारत विरामीको अवस्था गम्भीर रहेको तर मृत्यु नै भै सकेको भन्ने समाचार आउनु दुःखद भएको प्रतिक्रिया अस्पतालको छ । अस्पतालमा उपचारमा रहेका विरामीको स्वास्थ्यलाभको कामना गर्नुको साटो भ्रामक र अतिरञ्जित समाचार संप्रेषण हुनु दुःखद भएको भन्दै अस्पतालले यस्ता हल्लाको पछि नलाग्न सबैमा अनुरोध गरेको छ । ती विरामी अहिले पनि अस्पतालको आइसियु कक्षमा उपचाररत रहेको र उनको अवस्था गम्भीर रहेको अस्पतालको भनाई छ ।

गएको जेठ ५ गते ती विरामीमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो । उनी अन्य विभिन्न समस्याका कारण अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । नेपालमा हालसम्म कोरोनाका कारण यो समाचार तयार पार्दासम्म २ जनाको मात्रै मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी, ९ शिशुको मृत्यु
२०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१नयाँदिल्ली, भारत । भारतको महाराष्ट्रस्थित एक अस्पतालको...
ब्राजिलमा भेटिएको ‘नयाँ खाले’ कोरोना संक्रमण बेलायत र स्कटल्याण्डमा पनि देखियो
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१वेस्टह्याम, बेलायत । पहिलो पटक ब्राजिलमा भेटिएको...
अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका...
पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु, जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुग्यो
२०७७ भाद्र ६ गते शनिबार
२२ अगस्ट, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कारोना संक्रमितमध्ये थप...
Top