अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’

Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार


२० मे, २०२०
बुटबल । कोरोना संक्रमणलगायत अन्य विभिन्न समस्याबाट ग्रसित भै बुटबलमा रहेको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको समाचारको अस्पतालले खण्डन गरेको छ । क्रिमसन अस्पतालले आज अपरान्ह एक विज्ञप्ति निकालेर गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका एक पुरुषको उपचारको क्रममा निधन भएको भन्दै नेपालका केही नाम चलेका अनलाईन पोर्टलहरुले समाचार निकालेपछि त्यसको खण्डन गरेको हो ।

अस्पतालमा उपचारत विरामीको अवस्था गम्भीर रहेको तर मृत्यु नै भै सकेको भन्ने समाचार आउनु दुःखद भएको प्रतिक्रिया अस्पतालको छ । अस्पतालमा उपचारमा रहेका विरामीको स्वास्थ्यलाभको कामना गर्नुको साटो भ्रामक र अतिरञ्जित समाचार संप्रेषण हुनु दुःखद भएको भन्दै अस्पतालले यस्ता हल्लाको पछि नलाग्न सबैमा अनुरोध गरेको छ । ती विरामी अहिले पनि अस्पतालको आइसियु कक्षमा उपचाररत रहेको र उनको अवस्था गम्भीर रहेको अस्पतालको भनाई छ ।

गएको जेठ ५ गते ती विरामीमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो । उनी अन्य विभिन्न समस्याका कारण अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । नेपालमा हालसम्म कोरोनाका कारण यो समाचार तयार पार्दासम्म २ जनाको मात्रै मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) लाई मध्यनजर...

चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ...

अमेरिकामा एकाविहानै  ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प अमेरिकामा एकाविहानै ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२० टेक्सास । अमेरिकाको युटाह् (Utah) राज्यमा...

डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा ! डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !

२०७९ पुष २५ गते सोमबार

०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी...

Top