स्वर्गद्वारी दर्शनका लागि हिडेका ५ जनाको जीप दुर्घटनामा मृत्यु

Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार


१४ अप्रिल, २०२१
स्वर्गद्वारी, प्युठान । प्युठानमा आज बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने ५ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा जीपका चालकसहित अरु ४ जनाको ज्यान गएको थियो । प्रहरीका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकीय अधिकृत श्याम न्यौपाने, प्रशासन कार्यालयकै खरिदार यमलाल पन्थी को घटनास्थलमक्ै ज्यान गएको छ ।

तस्वीर साभार : माउन्टेन टिभि ।

यस्तै कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको पनि सो दुर्घटनामा ज्यान गएको छ । सो जिपका चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्कीको पनि ज्यान गएको छ । उनको उपचारका क्रममा निधन भएको हो । दुर्घटनामा ज्यान गुमाउने जिप्रका कम्प्युटर अपरेटर पन्थीको घर गुल्मीको रेसुङ्गा नगरपालिका– ७ रहेको तथा मुद्दा शाखाका भण्डारीको घर जिल्लाको धुर्कोट वडा नम्बर ७ रहेको छ ।

यस्तै, प्रशासकीय अधिकृत पन्थीको घर भने स्याङजाका रहेको बताइएको छ । जिपका चालक कार्कीको आज दिउँसो स्थानीय भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उचपारको क्रममा ज्यान गएको हो । नयाँ वर्षको पहिलो दिन आज प्यूठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी दर्शनका लागि जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको जिप प्यूठानको स्वर्गद्वारी नगरपालिकाको वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते २ जनालाई काठमाडौं पठाइएको र बाँकी ७ जनाको स्थानीय अस्पतालमा उचार भै रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वमा कोरोना : मृतकको संख्या साढे ४ लाख नाघ्यो, अमेरिकामा मात्रै झण्डै १ लाख २० हजारको मृत्यु विश्वमा कोरोना : मृतकको संख्या साढे ४ लाख नाघ्यो, अमेरिकामा मात्रै झण्डै १ लाख २० हजारको मृत्यु

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वव्यापी महामारीको रुपमा फैलिएको...

चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित

२०७८ श्रावण ६ गते बुधबार

२१ जुलाई, २०२१बेइजिङ्ग, चीन । पछिल्ला २४ घण्टादेखि दिनका...

मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान

२०८० आश्विन २९ गते सोमबार

१६ अक्टोबर, २०२३काठमाडौं । यसवर्षको मदन पुरस्कार र जगदम्बाश्री...

निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार...

Top