स्वर्गद्वारी दर्शनका लागि हिडेका ५ जनाको जीप दुर्घटनामा मृत्यु

Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार


१४ अप्रिल, २०२१
स्वर्गद्वारी, प्युठान । प्युठानमा आज बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने ५ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा जीपका चालकसहित अरु ४ जनाको ज्यान गएको थियो । प्रहरीका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकीय अधिकृत श्याम न्यौपाने, प्रशासन कार्यालयकै खरिदार यमलाल पन्थी को घटनास्थलमक्ै ज्यान गएको छ ।

तस्वीर साभार : माउन्टेन टिभि ।

यस्तै कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको पनि सो दुर्घटनामा ज्यान गएको छ । सो जिपका चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्कीको पनि ज्यान गएको छ । उनको उपचारका क्रममा निधन भएको हो । दुर्घटनामा ज्यान गुमाउने जिप्रका कम्प्युटर अपरेटर पन्थीको घर गुल्मीको रेसुङ्गा नगरपालिका– ७ रहेको तथा मुद्दा शाखाका भण्डारीको घर जिल्लाको धुर्कोट वडा नम्बर ७ रहेको छ ।

यस्तै, प्रशासकीय अधिकृत पन्थीको घर भने स्याङजाका रहेको बताइएको छ । जिपका चालक कार्कीको आज दिउँसो स्थानीय भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उचपारको क्रममा ज्यान गएको हो । नयाँ वर्षको पहिलो दिन आज प्यूठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी दर्शनका लागि जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको जिप प्यूठानको स्वर्गद्वारी नगरपालिकाको वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते २ जनालाई काठमाडौं पठाइएको र बाँकी ७ जनाको स्थानीय अस्पतालमा उचार भै रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’ मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर...

कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, २४ घण्टामा १७० नयाँ संक्रमित थपिए कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, २४ घण्टामा १७० नयाँ संक्रमित थपिए

२०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा थप १...

हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते पाइलट सेढाईलाई थप उपचारका लागि भारत लगियो हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते पाइलट सेढाईलाई थप उपचारका लागि भारत लगियो

२०८० आश्विन २८ गते आइतबार

१५ अक्टोबर, २०२३काठमाडौं । हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका...

विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै

२०८१ पुष २१ गते आइतबार

०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको...

Top