Best Khabar Team | २०७६ पुष २८ गते सोमबार

१३ जनवरी, २०२०
लिस्बन । पोर्चुगलको राजधानी लिस्बनबाट दक्षिण पश्चिममा पर्ने पर्यटकीय क्षेत्र कासकाईसमा समुद्रमा डुबेर २ नेपालीको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा एकैघरका सदोहर दाजुभाई कमल वाईबा तामाङ र श्याम वाईबा तामागं छन् । पोर्चुगलको टेलिभिजन सिसले जनाएअनुसार उनीहरु माछा मार्ने उद्देश्यले सो स्थानमा गएको बताइएको छ । उनीहरुको नेपालको ठेगाना खुल्न सकेको छैन ।

आइतबार दिउँसोको समयमा उनीहरु कासकाईस पुगेको थिए । समुद्रमा एक्कासी आएको छालले उनीहरुलाई समुद्री भूमरीमा तानेको थियो । दुर्घटनालगत्तै स्थनीय तथा प्रत्यक्षदर्शीले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।
लगत्तै गोताखोरसहितको टोली समुद्रमा हराईरहेका नेपाली दाजुभाईको खोजीका लागि पुगेको थियो । केही समयको प्रयासपछि प्रहरीले उनीहरुको शव निकालेको हो । मृतक दाजुभाई ९ महिना अघि मात्रै पोर्चुगल पुगेका थिए । उनीहरु सोही स्थानमा रस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आइरहेका नेपाली दाजुभाई रहेको बताइएको छ । कासकाईसको ‘बोका डो इन्फर्नो’ भन्ने स्थानमा माछा मार्न पुगेका ती नेपाली दाजुभाईको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मध्यरातमा बाँकेको जंगलमा भयानक दुर्घटना, १२ को मृत्यु, २१ घाइते
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०सोनारी, बाँके । बाँकेमा गएराति भएको भ्यान...
काठमाडौं छिर्न लागेका २४ जनामा कोरोना संक्रमण भेटिएपछि दैनिक १२ घण्टा काठमाडौं प्रवेशमा रोक
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । विगत केहीदिनयता काठमाडौं प्रवेश गर्ने...
विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द
२०७७ भाद्र १ गते सोमबार
१७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको...
बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका...
Top