Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०
सल्यानटार, धादिङ् । विगत चार दिनदेखि परेको अविरल वर्षात्का कारण आएको पहिरोमा परी धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा एकै परिवारका ३ जनाको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको (साविकको आगिञ्चोक गाविस) गोलाङ्गमा माथिबाट आएको पहिरोले स्थानीय मिलन खाँडको घर बगाएको हो ।

घर बगाउँदा खाँडसहित उनकी श्रीमती सम्झना खाँड र उनीहरुका १ छोरीको ज्यान गएको प्रहरीको भनाई छ । गएराति भीषण वर्षात्सँगै आएको पहिरोपछि खाँडको घर बगाएको र सोही क्रममा उनीहरुको ज्यान गएको बताइएको छ ।
आज बिहान स्थानीय वासिन्दा र सल्यानटारबाट गएको प्रहरी टोलीले घटनास्थलमा पुरिएका उनीहरुको शव निकालको स्थानीय वासिन्दा राजन बुर्लाकोटीले जानकारी दिए । पहिरोका कारण गोलाङ्गको काफलपानी क्षेत्रका आधादर्जन बढी बस्तीहरु समेत जोखिममा परेको बुर्लाकोटीले बताएका छन् ।
वर्षात्का कारण धादिङ्गको उत्तरी क्षेत्रका दजनौं स्थानमा पहिरो गएको छ भने कतिपय स्थानमा जिल्ला सदरमुकामसँग जोड्ने सडक सञ्जालसमेत पूर्णरुपमा अवरुद्ध भएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भोलिबाट देशभरको मालपोतको सेवा सूचारु गर्न निर्देशन
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...
भारतमा थप ३ साता ‘लकडाउन’ लम्बियो, मृतकको संख्या साढे ३ सय नाघ्यो
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० नयाँदिल्ली । विश्वभर महामारीको रुपमा फैलिएको...
इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो
२०७६ चैत्र ३ गते सोमबार
१६ मार्च, २०२०रोम । चीनको युहान प्रान्तपछि कोरोना भाइरसको...
१० दिन अस्पताल बसेर प्रधानमन्त्री बालुवाटार फर्किए, स्वास्थ्यस्थिति सुधारोन्मुख
२०७६ मंशिर १९ गते बिहिबार
०५ डिसेम्बर, २०१९ काठमाडौं । विगत १० दिनदेखि राजधानीको...
Top