प्रतिवेदन भन्छ : तत्कालीन पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटनाको कारण पाइलट

Best Khabar Team | २०७६ फाल्गुन १३ गते मंगलबार


२५ फेब्रुअरी, २०२०
काठमाडौं । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत चढेको हेलिकोप्टर दुर्घटनाको प्रमुख कारण पाइलट भएको निश्कर्ष छानबिन समितिले निकालेको छ । मन्त्री रवीन्द्र अधिकारीसहितका उच्च अधिकारीहरु चढेको सो हेलिकोप्टरलार्ई खराब मौसमका बाबजुत पाइलटले अघि बढाउन खोज्दा र हेलिकोप्टरको व्यालेन्स नमिल्दा सो दुर्घटना भएको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।

हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीलगायतको निधन भएलगत्तै सरकारले त्यसको कारण पत्ता लगाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति बनाएको थियो। समितिले आज सार्वजनिक गरेको प्रतिवेदनमा पाथीभराबाट उडेको सो हेलिकोप्टर अघि बढ्ने वित्तिकै त्यसले हिमपात हावासँग जुध्नुपर्दा पाइलटले सन्तुलन गुमाएको उल्लेख छ । करिब एक वर्षअघि भएको सो दुर्घटनामा तत्कालिन पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका पाइलट प्रभाकर केसी र मन्त्रीको सुरक्षामा खटेका नेपाली सेनाका अर्जुनकुमार घिमिरेको ज्यान गएको थियो ।

छानबिन समितिले पाथिभराबाट उडेको ३५ सेकेन्डभित्रै हेलिकोप्टर दुर्घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ । यस्तै प्रतिवेदनले सातजना चढेको सो हेलिकप्टरमा अगाडि पाइलटसहित ३ जना यात्रु बसेको जनाइएको छ । तर सेन्ट्रल अफ ग्राभेटी मिलाउनका लागि विमानस्थलमा बुझाएको पत्रमा भने उनीहरुले अगाडि २ र पछाडि ५ जना बस्ने भनेर सिट प्लानिङ गरेको देखिएको र उडानको समयमा अगाडि ३ जना र पछाडि ४ जना चढेको उल्लेख छ ।

विगतमा पनि कतिपय विमान तथा हेलिकोप्टर दुर्घटनाको मुख्य कारण मौसम र पाइलटलाई देखाउने प्रचलनलाई यो पटक पनि छानबिन समितिले निरन्तरता दिएको यस क्षेत्रका विज्ञहरु बताउँछन् । लामो समयदेखि हवाई क्षेत्रमा कार्यरत एक विज्ञ भन्छन्–“विमान दुर्घटना होस् वा हवाईजहाज, पाइलटको समेत ज्यान गएका यस्ता घटनाहरुमा विमानको अवस्था, त्यसको आयुलगायतलाई भन्दा पनि चालकलाई दोषी देखाएर वास्तविकताको गहिराईमा पुगिँदैन । यो पनि त्यसैको निरन्तरता हो । आजको प्रतिवेदनले उल्लेख गरेका कतिपय बुँदा ‘कमन’ छन् । घटनाको बारेमा अझै गहिराईमा गएर अनुसन्धान हुनसक्थ्यो । तर प्रतिवेदन त्यस्तो आएन ।’’



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा...

लकडाउनमा प्रहरीको आँखा छलेर भारतबाट नेपाल छिरेका १० जनामा कोरोना संक्रमण लकडाउनमा प्रहरीको आँखा छलेर भारतबाट नेपाल छिरेका १० जनामा कोरोना संक्रमण

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०काठमाडौं। कोरोना भाइरसका कारण भारतले लकडाउन गरेसँगै...

रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा...

कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान...

Top