Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०
काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउनको समय थपगर्न सुझाव दिएको छ । आज समितिको बालुवाटारमा बसेको कोभिड १९ उच्चस्तरीय समितिको बैठकले संक्रमण रोक्नका लागि लकडाउनको विकल्प नभएको भन्दै सरकारलाई लकडाउन लम्ब्याउन सिफारिस गरेको हो । समितिले कम्तीमा आगामी जेठ १५ सम्मका लागि लकडाउन थप्नका लागि सुझाव समितिको समितिसम्बद्द एक सदस्यले बेस्टखबर डटकमलाई जानकारी दिए ।
स्मरणीय के छ भने छिमेकी मुलुक भारतले पनि जेठ १५ सम्मका लागि लकडाउनको समय थप गरिसकेको छ । समितिले कोरोना संक्रमणको उच्च जोखिममा नपरेका जिल्लाहरुमा भने अवस्था अनुसार विस्तारै लकडाउनको स्वरुप बदल्न सक्ने भन्दै त्यसको मोडालिटी पनि सरकारलाई दिएको छ । समितिले दिएको यो सुझावमा थप छलफल गरी आजै साँझ बस्ने मन्त्रीपरिषद्को बैठकमार्फत् यो विषयमा सरकारले निर्णय लिने बताइएको छ ।
सरकारले गएको चैत्र ५ गतेदेखि कोरोना संक्रमण रोक्नका लागि भन्दै देशव्यापी रुपमा लकडाउनको आह्वान गरेको थियो । यसबीचमा पटक पटक थप्दै सरकारले जेठ ५ गतेसम्मका लागि लकडाउन कायम गरेको छ । लकडाउनको अन्तिमपटक थपिएको समयावधि भोलि सकिँदैछ । लकडाउनको ५९ दिनको दिउँसोसम्म कोरोनाका कारण २ सय ९१ जना संक्रमित बनेका छन् भने २ जनाको ज्यान गै सकेको छ । यस्तै यसबीचमा ३७ जनाको उपचार सफल भएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित)
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनसक्ने...
खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित)
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले खाना पकाउने ग्याँससहित पेट्रोल,...
मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर...
कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२०टोरन्टो । पछिल्लो समयमा विश्वभर महामारीको रुपमा...
Top