Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०
काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउनको समय थपगर्न सुझाव दिएको छ । आज समितिको बालुवाटारमा बसेको कोभिड १९ उच्चस्तरीय समितिको बैठकले संक्रमण रोक्नका लागि लकडाउनको विकल्प नभएको भन्दै सरकारलाई लकडाउन लम्ब्याउन सिफारिस गरेको हो । समितिले कम्तीमा आगामी जेठ १५ सम्मका लागि लकडाउन थप्नका लागि सुझाव समितिको समितिसम्बद्द एक सदस्यले बेस्टखबर डटकमलाई जानकारी दिए ।
स्मरणीय के छ भने छिमेकी मुलुक भारतले पनि जेठ १५ सम्मका लागि लकडाउनको समय थप गरिसकेको छ । समितिले कोरोना संक्रमणको उच्च जोखिममा नपरेका जिल्लाहरुमा भने अवस्था अनुसार विस्तारै लकडाउनको स्वरुप बदल्न सक्ने भन्दै त्यसको मोडालिटी पनि सरकारलाई दिएको छ । समितिले दिएको यो सुझावमा थप छलफल गरी आजै साँझ बस्ने मन्त्रीपरिषद्को बैठकमार्फत् यो विषयमा सरकारले निर्णय लिने बताइएको छ ।
सरकारले गएको चैत्र ५ गतेदेखि कोरोना संक्रमण रोक्नका लागि भन्दै देशव्यापी रुपमा लकडाउनको आह्वान गरेको थियो । यसबीचमा पटक पटक थप्दै सरकारले जेठ ५ गतेसम्मका लागि लकडाउन कायम गरेको छ । लकडाउनको अन्तिमपटक थपिएको समयावधि भोलि सकिँदैछ । लकडाउनको ५९ दिनको दिउँसोसम्म कोरोनाका कारण २ सय ९१ जना संक्रमित बनेका छन् भने २ जनाको ज्यान गै सकेको छ । यस्तै यसबीचमा ३७ जनाको उपचार सफल भएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नागरिकता कानुन संधोशनको विरोध : उत्तर प्रदेशमा मात्रै १४ को ज्यान गयो , प्रदर्शन हिंसात्मक बन्दै
२०७६ पुष ५ गते शनिबार
२१ डिसेम्बर, २०१९ काठमाडौं । नागरिकता संशोधनसम्बन्धी विधेयकको विरोधमा...
माघे संक्रान्ति र यसको बहुआयमिक विशेषता
२०७६ माघ १ गते बुधबार
–सुन्दर कसजू माघे संक्रान्तिको कुरो गर्नुभन्दा पहिले संक्रान्ति शब्दको...
यी अभागी डाक्टर, जसले दिए कोरोना बारे पहिलो जानकारी, उनैलाई लग्यो कोरोनाले…
२०७६ माघ २३ गते बिहिबार
०६ फेब्रुअरी, २०२० बेइजिङ्ग । ३ महिनाअघिसम्म कोरोना भाईरसको...
Top