Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१
वेस्टह्याम, बेलायत । पहिलो पटक ब्राजिलमा भेटिएको कोरोना भाइरसको परिवर्तित स्वरुप (भेरियन्ट)का संक्रमितहरु बेलायत र छिमेकी मुलुक स्टकटल्याण्डमा समेत भेटिएको छ । बिबिसीले जनाए अनुसार केही महिना अघि ब्राजिलमा भेटिएको कोरोना भाइरसका परिबर्तित स्वरुपसहितका संक्रमित बेलायत र स्कटल्याण्डमा आज एकैदिन फेला परेका हुन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार हालै ब्राजिलबाट फर्किएकाहरुमा गरिएको परिक्षणका क्रममा नयाँ खाले संक्रमण भेटिएका हो । बेलायती स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार ब्राजिलको उत्तरी क्षेत्रमा पर्ने मनौस नामक शहरमा केही समयअघि भेटिएका बढी जोखिमपूर्ण मानिएको कोरोनाका संक्रमित बेलायतमा पहिलो पटक भेटिएका छन् । भाइरसको परिवर्तित स्वरुपका संक्रमितहरु बेलायतमा ३ र स्कटल्याण्डमा ३ गरी जम्मा ६ जना फेला परेका छन् । ब्राजिलको मानौस शहरमा भेटिएको कोरोनाको परिवर्तित स्वरुपका संक्रमितहरुबाट अन्य धेरैमा एकैपटक भाइरस सर्ने तथ्य पनि केही समयअघि मात्रै सार्वजनिक भएको थियो ।

यसरी भेटिएका मध्ये हालै ब्राजिलको भ्रमणमा गएर फर्केका ३ जना स्कटल्याण्डका नागरिकहरु रहेका छन् । उनीहरु ब्राजिलबाट फ्रान्सको राजधानी पेरिस, लण्डन हुँदै स्कटल्याण्ड पुगेका थिए । यस्तै बेलायतमा भेटिएकाहरुमध्ये २ जना हालै ब्राजिलबाटै आएका रहेका छन् । अर्का एक जना भने पछिल्लो १ वर्ष यता कहिँकतै यात्रा नगरेका स्थानीय भएको अधिकारीहरुले जनाएका छन् । फेब्रुअरीको दोश्रो साता उनीहरु ब्राजिलबाट पेरिस हुँदै लण्डन फर्केका हुन् ।

स्वास्थ्य अधिकारीहरुले यो भाइरस बढी संक्रामक देखिएको भएपनि अहिले कोरोनाको खोप आइसकेकोले आवश्यक सावधानी अपनाउन सकिए यसबाट हुने क्षति कम गर्न सकिने बताएका छन् । पछिल्ला दिनमा बेलायतले कोरोना भाइरसबाट ठूलो क्षति व्यहोर्दै आएको छ । बेलायतमा यो समाचार तयार पार्दासम्म कोरोनाका कारण हालसम्म १ लाख २२ हजार ८ सय ४९ जनाले ज्यान गुमाईसकेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सेनापरिचालन विधेयकबारे सबैको फरक धारणा
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१९ काठमाडौ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...
७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा
२०७७ आश्विन ५ गते सोमबार
२२ सेप्टेम्बर, २०२०काठमाडौं । हिमाल आरोहणमा किर्तिमान राखेर ‘हिम...
२४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४...
चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)
२०७७ जेठ २८ गते बुधबार
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले...
Top