‘हिमाल पारीको जिल्ला’ मनाङ्मा भेटिए पहिलो कोरोना संक्रमित

Best Khabar Team | २०७७ असार ४ गते बिहिबार


१८ जुन, २०२०
चामे, मनाङ् । हिमाल पारीको जिल्लाको रुपमा चिनिने गण्डकी प्रदेश अन्र्तगतको मनाङ्ग जिल्लामा आज पहिलो पटक कोरोना संक्रममित भेटिएका छन् । गण्डकी प्रदेश अन्र्तगतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत कपिलबस्तु स्थायी घर भएका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

उनी मनाङ्को चामे गाउँपालिकामा कार्यरत कर्मचारी भएको बताइएको छ । यसअघि मनाङ्गमा अहिलेसम्म कोरोना संक्रमण देखिएको थिएन । संक्रमित ५७ वर्षका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपनि उनलाई जिल्ला अस्पतालले बनाएको आइसोलेसन वार्डमा राखेर उपचार थालिएको छ । यस्तै उनको सम्पर्कमा रहेका गाउँपालिकाका कर्मचारी र सेवाग्राहीहरुको पनि स्वाब परीक्षण थालिएको बताइएको छ ।

संक्रमित ५७ वर्षीय व्यक्ति कपिलवस्तुको बाणगंगा नगरपालिका १४ का स्थायी बासिन्दा भएर हाल मनाङ्गमा कार्यरत रहेका थिए । मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश अन्र्तगतका थप केही जिल्लामा पनि कोरोना संक्रमित थपिएका छन् । जुन निम्न अनुसार हेको छ ।

मनाङ्गमा १ जना

नवलपरासी पूर्वमा १८

तनहुँमा १२

गोरखामा ११

थपिएका संक्रमितमध्ये गोरखामा एकजना महिला र बाँकी सबै पुरुष रहेको पनि मन्त्रालयले जनाएको छ । उनीहरुलाई जिल्ला अस्पतालले बनाएको आइसोलेसनमा राखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरकारले भन्यो : विदेशमा  रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव सरकारले भन्यो : विदेशमा रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा...

विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा...

‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ ‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ

२०७६ पुष २८ गते सोमबार

१३ जनवरी, २०२० काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको...

Top