रुसको मस्कोमा एक सांगीतिक कार्यक्रममा आतंककारी आक्रमण : ४० को मृत्यु, सयौं घाइते – आइएसआइएसले लियो घटनाको जिम्मेबारी

Best Khabar Team | २०८० चैत्र ९ गते शुक्रबार


२२ मार्च, २०२४
लिंकरोभर, बेल्जियम
रुसको राजधानी मस्कोमा रहेको एउटा कन्सर्टस्थलमा सांगतिक कार्यक्रम भै रहँदा आक्रमणकारीहरुले अन्धाधुन्द रुपमा गोली चलाउँदा ४० जनाको ज्यान गएको छ । घटनामा परी कम्तीमा एक सय ६० जना घाइते भएको अन्तर्राट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको मस्कोका विभिन्न अस्पतालमा उपचार भै रहेको छ । हजारौं मानिसहरुको उपस्थिति रहेको सो कन्सर्ट स्थलमा प्रवेश गरेर बन्धुकधारीहरुले जथभावी गोली चलाउनुका साथै ग्रिनेट आक्रमण तथा आगजनी गरेको बिबिसीले जनाएको छ । घटना लगत्तै उनीहरु सेतो रंगको कार चढेर त्यहाँबाट भागेको प्रत्यक्षदर्शीहरुको भनाई उद्दृत गर्द विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनास्थलमा पुगेका रुसी राष्ट्रिय फौज र उनीहरुको अगाडि आगजनीबाट जलिरहेको कन्सर्टस्थलमा आगो निभाउने प्रयास गरिँदै।
तस्वीर साभार : गेटि इमेज ।

सांगीतिक कार्यक्रम भै रहेको बेला भएको सो आक्रमणमा परी ज्यान गुमाउनेहरु अधिकांश कार्यक्रम हेर्न पुगेका दर्शकहरु रहेको बताइएको छ । यद्यपि सो घटनामा कलाकारहरु भने सकुशल रहेको रसियन समाचार संस्थाहरुले जनाएका छन् । स्थानीय ‘क्लामफ्लाज्मा क्रोकस’ नामको सिटी सेन्टरमा रहेको कन्सर्टहलमा पुगेका आक्रमणकारीहरुले बन्दुकबाट एक्कासी फायर खोलेका थिए । कन्सर्टमा सामूहिक प्रस्तुती हुनैलाग्दा सो आक्रमण भएको बताइएको छ । सो आक्रमणमा परी घाइते भएका मध्ये ६० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । ती मध्ये केही बालबालिकाहरुसमेत रहेका छन् । यो आक्रमण केही दशकयता रुसमा भएको सबैभन्दा ठूलो आतंककारी आक्रमण भएको बताइएको छ ।

यसैबीच घटनाको जिम्मेवारी अन्तर्राट्रिय आतंकबादी संगठन इस्लामिक स्टेट (आईएसआईएस) ले लिएको छ । द गार्डियन डटकमका अनुसार अनुसार आईएसआईएसले आफ्नो आधिकारिक सामाचार संस्था अमाकमार्फत् घटनाको जिम्मेवारी लिएको हो । घटनाको संयुक्त राष्ट्रसंघलगायत विभिन्न राष्ट्रले विरोध जनाएका छन् । यो समाचार तयारपार्दासम्म घटनामा संलग्न कोहीपनि पक्राउ परेका छैनन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीको...

जेठ २० सम्मलाई थपियो उपत्यकामा निषेधाज्ञा : यसअघि जारी गरिएका सबै सवारी पास खारेज, खाद्यान्न पसल पनि खोल्न नपाईने जेठ २० सम्मलाई थपियो उपत्यकामा निषेधाज्ञा : यसअघि जारी गरिएका सबै सवारी पास खारेज, खाद्यान्न पसल पनि खोल्न नपाईने

२०७८ जेठ ११ गते मंगलबार

२५ मे, २०२१काठमाडौं । काठमाडौं उपत्यकामा आगामी जेठ २०...

स्लोभेनिया : कोरोनामुक्त भएको घोषणा गर्ने पहिलो युरोपेली देश स्लोभेनिया : कोरोनामुक्त भएको घोषणा गर्ने पहिलो युरोपेली देश

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०भ्रेक्निका, स्लोभेनिया । सिँगो विश्व कोरोनाको महामारीबाट...

२०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न २०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न

२०७७ कार्तिक १४ गते शुक्रबार

३० अक्टोबर, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोपकैबीच यो वर्षको...

Top