Best Khabar Team | २०८० चैत्र ९ गते शुक्रबार
२२ मार्च, २०२४
लिंकरोभर, बेल्जियम
रुसको राजधानी मस्कोमा रहेको एउटा कन्सर्टस्थलमा सांगतिक कार्यक्रम भै रहँदा आक्रमणकारीहरुले अन्धाधुन्द रुपमा गोली चलाउँदा ४० जनाको ज्यान गएको छ । घटनामा परी कम्तीमा एक सय ६० जना घाइते भएको अन्तर्राट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको मस्कोका विभिन्न अस्पतालमा उपचार भै रहेको छ । हजारौं मानिसहरुको उपस्थिति रहेको सो कन्सर्ट स्थलमा प्रवेश गरेर बन्धुकधारीहरुले जथभावी गोली चलाउनुका साथै ग्रिनेट आक्रमण तथा आगजनी गरेको बिबिसीले जनाएको छ । घटना लगत्तै उनीहरु सेतो रंगको कार चढेर त्यहाँबाट भागेको प्रत्यक्षदर्शीहरुको भनाई उद्दृत गर्द विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सांगीतिक कार्यक्रम भै रहेको बेला भएको सो आक्रमणमा परी ज्यान गुमाउनेहरु अधिकांश कार्यक्रम हेर्न पुगेका दर्शकहरु रहेको बताइएको छ । यद्यपि सो घटनामा कलाकारहरु भने सकुशल रहेको रसियन समाचार संस्थाहरुले जनाएका छन् । स्थानीय ‘क्लामफ्लाज्मा क्रोकस’ नामको सिटी सेन्टरमा रहेको कन्सर्टहलमा पुगेका आक्रमणकारीहरुले बन्दुकबाट एक्कासी फायर खोलेका थिए । कन्सर्टमा सामूहिक प्रस्तुती हुनैलाग्दा सो आक्रमण भएको बताइएको छ । सो आक्रमणमा परी घाइते भएका मध्ये ६० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । ती मध्ये केही बालबालिकाहरुसमेत रहेका छन् । यो आक्रमण केही दशकयता रुसमा भएको सबैभन्दा ठूलो आतंककारी आक्रमण भएको बताइएको छ ।
यसैबीच घटनाको जिम्मेवारी अन्तर्राट्रिय आतंकबादी संगठन इस्लामिक स्टेट (आईएसआईएस) ले लिएको छ । द गार्डियन डटकमका अनुसार अनुसार आईएसआईएसले आफ्नो आधिकारिक सामाचार संस्था अमाकमार्फत् घटनाको जिम्मेवारी लिएको हो । घटनाको संयुक्त राष्ट्रसंघलगायत विभिन्न राष्ट्रले विरोध जनाएका छन् । यो समाचार तयारपार्दासम्म घटनामा संलग्न कोहीपनि पक्राउ परेका छैनन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । पछिल्ला केही साता यता नेपालमा...
उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी !
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०सिओल । विभिन्न सञ्चारमाध्यममा आएको विभिन्न खाले...
कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन
२०७६ फाल्गुन १७ गते शनिबार
२९ फ्रेब्रुअरी, २०२०काठमाडौं । विश्वव्यापीरुपमा प्रकोप बन्दै गएको कोरोना...
सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१८ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...
Top