‘कोरोनाको बज्रपात’पछि युरोपेली मुलुक इटालीमा यसरी खुकुलो हुँदैछ लकडाउन (बुँदागतरुपमा)

Best Khabar Team | २०७७ बैशाख १५ गते सोमबार


२७ अप्रिल, २०२०
पि.एल. तरंग
लिंकरोभर, बेल्जियम । कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट हजारौंको ज्यान गएको युरोपेली मुलुक इटलीले चरणबद्ध रुपमा लकडाउन खुकुलो गर्ने तयारी गरेको छ । इटलीले आगामी मेबाट लागुहुनेगरी विभिन्न क्षेत्रमा निश्चित मापदण्ड र सुरक्षा सावधानी अपनाएर लकडाउन खुकुलो गर्न लागेको हो ।

गएको फब्रुअरी दोश्रो हप्तादेखि इटलीमा कोरोना संक्रमण देखिएको भएपनि फेब्रुअरी २१ का दिन पहिलोपटक कोरोनाबाट मानिसको ज्यान गएको थियो । इटलीमा शुरुमा फेब्रुअरी २१ तारिखमा एक, २२ मा दुई र २३ मा ३ जनाको ज्यान गएको भएपनि अप्रिल २६ तारिखसम्म आइपुग्दा इटलीमा २६ हजार भन्दा बढीले ज्यान गुमाईसकेका छन् ।

हालसम्म इटलीमा कोरोनाका कारण २६ हजार ६ सय भन्दा बढीको ज्यान गएको छ । । तर पछिल्ला केहीदिनयता तुलनात्मक रुपमा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा कमी आएपछि करिब २ महिना लामो लकडाउनलाई विस्तारै खोल्ने तयारीमा इटली सरकार जुटेको छ ।

त्यसका लागि त्यहाँको सरकारले राजनीतिक पार्टी, चिकित्सक, स्वास्थ्य क्षेत्रका विज्ञ, विभिन्न आर्थिक क्षेत्रका प्रबुद्द व्यक्ति, विद्यालयका शिक्षक, क्याम्पसका प्राध्यापकलगायत विभिन्न क्षेत्रका विशेषज्ञसँग घनिभूतरुपमा छलफल गरिरहेको छ । प्रधानमन्त्री जुसेप्पे कोन्तोले आम नागरिकहरुको सुरक्षा राज्यको पहिलो दायित्व भएको भन्दै निश्चित मापदण्ड पुरा गर्नेगरी लकडाउन खुकुलो बनाउन लागिएको सञ्चारमाध्यमहरुलाई बताएका छन् ।

  • हरेक नागरिकले अनिवार्य रुपमा माक्स लगाउनुपर्ने, कम्तीमा एक मिटरको दुरी कायम गर्नुपर्ने, सार्वजनिक सवारीसाधनमा भीड गर्न नपाइनेलगायतका कडा र अनिवार्य नियम लागू हुनेछन् ।पहिलो चरणमा यही अप्रिल ४ तारिखदेखि दैनिक उपभोग्य सामग्रीका पसललगायत सञ्चालनमा आउनेछन् ।
  • एउटा जिल्लाबाट अर्को जिल्लामा आउजाउ गर्न लगाइएको प्रतिबन्ध भने यथाबत रहेको इटाली सरकारले जनाएको छ । यो नियम नमान्नेमाथि सरकारले कडा चार्ज लगाउने जनाएको छ । तर चिकित्सकको अनुमति लिएर काममा कारण विभिन्न स्थानमा रोकिएका विद्यार्थी, चिकित्सक, खेलाडी तथा कामदारले घरपरिवारसँग भेट्नका एक जिल्लाबाट अर्को जिल्लामा जान पाउनेछन् । त्यसका लागि अनिवार्य रुपमा स्थानीय प्रशासन र चिकित्सकको अनुमतिसहितको कागज लिएर यात्रा गर्नुपर्ने नियम सरकारले लागू गरेको छ ।
  • लामो समयदेखि लकडाउनको समय बढ्दै जाँदा आमा नागरिकमा निराशा छाएको भन्दै सरकारले सार्वजनिक पार्क, सकडमा निश्चित मापदण्ड पु-याएर निस्कन पाउने व्यवस्था गर्न लागेको छ ।
  • कोरोना संक्रमण कम भएका क्षेत्रहरुमा विस्तारै लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी सरकारको छ । जहाँ अत्यावश्यक सेवा प्रवाह गर्नेहरुले विस्तारै आफ्ना सेवा सञ्चालन गर्न पाउनेछन् । तर त्यसका लागि सरकारले तोकेको मापदण्ड पुरा गर्नैपर्ने हुन्छ ।
  • यस्तै सरकारले आगामी सेप्टेम्बर महिनादेखि देशका प्रायः सबै विद्यालयहरु सञ्चालन गर्ने तयारी गरेको छ । विद्यालय सञ्चालनका लागि पनि निश्चित मापदण्डहरु पुरा गर्नुपर्ने सरकारको भनाई छ । विद्यार्थीहरुको सानो सानो समूह बनाउनुपर्ने र स्वास्थ्य सुरक्षाका आधारभूत सबै सुविधाहरु कक्षाकोठामा उपलब्ध गराउन अनिवार्य गरिएको छ ।
  • निश्चित नियम बनाएर रेस्टुरेन्ट सञ्चालनको तयारी भै रहेको छ । रेस्टुरेन्टमा बसेर खाने खालको सुविधा भने तत्कालका लागि उपलब्ध नहुने भएको छ । एकपटकमा एकजना मात्रै प्रवेश गर्ने र ‘टेकवे’ (रेस्टुरेन्टबाट बाहिर लगेर खाने सुविधा) गर्न सकिनेछ ।
  • आगामी जुन १ महिनादेखि सैलुनहरुसमेत सञ्चालनमा आउने छन् । सैलुन प्रयोगकर्ताहरुले स्वास्थ्य सुरक्षा सावधानी अपनाउनु पर्नेछ । एक पटकमा एक जनामात्रै सैलुनमा प्रवेश गर्न पाउनेछन् । कपाल काट्ने काममा खटिने व्यक्तिले अनिवार्य रुपमा माक्स लगाएको हुनुपर्नेछ । यस्तै हातमा पञ्जा पनि अनिवार्य गरिएको छ ।

  • आगामी मे १८ बाट विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतिस्पर्धाका खेलहरुको तयारी हुनेछन् । तर यसमा पनि सरकारको नियमलाई अनिवार्य रुपमा खेलाडी र खेल सञ्चालकहरुले मान्नुपर्नेछ । व्यवसायीक खेलका लागि आवश्यक पर्ने खेलका तालिम सञ्चालन हुनेछन् । खेलमा भिडभाड गर्न पाइने छैन । खेलाडीहरुले कम्तीमा २ मिटरको दुरी कायम गर्नुपर्ने छ । खेलाडीहरुको तालिममा माक्र्स अनिवार्य गरिएको छ ।
तस्वीरहरु : इन्टरनेटबाट साभार ।

विश्वमा अहिले अमेरिकापछि कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउनेहरुमा इटलीका नागरिहरु रहेका छन् । त्यसो त संख्याको हिसावले इटलीभन्दा बढी युरोपकै अर्को देश स्पेनमा संक्रमित बढी छन् । तर युरोपमा कोरोना शुरु हुँदा इटलीले धेरै क्षति बेहोरीसकेको थियो ।

रातपछिको दिन भनेजस्तो लकडाउनमा कडाई गरिसकेपछि अब विस्तारै इटाली पुरानै लयमा फर्कने तयारी गरेको छ । सोही कारण अर्को महिनादेखि उसले आवश्यकताका आधारमा विभिन्न क्षेत्रहरुलाई विस्तारै खुलाउदै लैजाने तयारी गरेको हो । तर इटलीमा नयाँ संक्रमित र मृतकको संख्या भने अहिलेपनि दैनिक सयौंको संख्यामै छ । (इटलीबाट हरि काराखेतीको सहयोगमा । )



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना : चौथो संक्रमितपनि डिस्चार्ज, २७ को उपचार चल्दै नेपालमा कोरोना : चौथो संक्रमितपनि डिस्चार्ज, २७ को उपचार चल्दै

२०७७ बैशाख ७ गते आइतबार

१९ अप्रिल, २०२०धनगढी । नेपालमा कोरोना संक्रमणमा परी निको...

सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत

२०७७ असार १२ गते शुक्रबार

२६ जुन, २०२०मस्को, रुस । १६ वर्षदेखि राष्ट्रपति भएर...

सन् २०२० को दशकलाई पर्यटन दशकको रुपमा विकास गर्ने सरकारको घोषणा सन् २०२० को दशकलाई पर्यटन दशकको रुपमा विकास गर्ने सरकारको घोषणा

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । सरकारले सन् २०२० को...

Suffering is a part of life… Suffering is a part of life…

२०७७ श्रावण ७ गते बुधबार

– Shree Hari Subedi “SAMAN”We generally believe that suffering...

Top