जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार


०५ मे, २०२०
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै कोरोना रोकथाम उच्चस्तरीय समितिले लकडाउनको समय अझै केही दिन लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज साँझ बसेको समितिको बैठकले बैठकले तराईका जिल्लामा अहिलेपनि दैनिकजसो कोरोना संक्रमित देखिँदै आएको तथा छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै तत्काल लकडाउन नखोल्न सरकारलाई सुझाव दिएको हो ।

यद्यपि समितिले लकडाउनको मोडालिटीमा भने केही खुकुलो गर्न सकिने तर्फ सरकारको ध्यानाकर्षण समेत गराएको छ । समितिले विशेष गरी ग्रिन जोन भनेर घोषणा भएका जिल्लाहरुमा आन्तरिक गतिविधि केही खुकुलो गर्न सकिने बताएको छ । यसको विस्तृत मोडालिटीका बारेमा पनि समितिले पर्याप्त छलफल गरी सरकारलाई खाका प्रस्तुत गरेको छ । समितिले आज गरेको यो सिफारिसलाई भोलि बस्ने मन्त्रीपरिषद्को बैठकले अनुमोदन गरेर कतिदिन लकडाउन थप्ने भन्ने विषयमा निर्णय लिनेछ ।

समितिले तत्काल लकडाउन खोलिए तराईका मान्छेहरु काठमाडौं र काठमाडौंका मान्छेहरु तराईतर्फ जान सक्ने र यसले जोखिम बढाउने बताएको छ । देशव्यापीरुपमा लकडाउन भएमात्रै मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान नसक्ने र जोखिम कम हुने समितिको ठहर छ । समितिले सरकारले अहिले अपनाएको कोरोना नियन्त्रण अभियान प्रभावकारी रहेको निष्कर्ष पनि निकालेको छ । सरकारले कोरोना संक्रमण बढ्न नदिन गएको चैत्र ५ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वभर २३ देशमा भेटिए कोरोना संक्रमित (तथ्यांकसहित) विश्वभर २३ देशमा भेटिए कोरोना संक्रमित (तथ्यांकसहित)

२०७६ माघ १७ गते शुक्रबार

३१ जनवरी, २०२० एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको...

पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो

२०७७ असार ११ गते बिहिबार

२५ जुन, २०२०तानसेन, पाल्पा । पाल्पा जिल्लाका १० वटै...

सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० बन्दना सापकोटा । काठमाडौं । कोरोना...

अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए

२०७६ जेठ २० गते सोमबार

०३ जुर्लाइ, २०१८ काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको पछिल्लो...

Top