Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै कोरोना रोकथाम उच्चस्तरीय समितिले लकडाउनको समय अझै केही दिन लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज साँझ बसेको समितिको बैठकले बैठकले तराईका जिल्लामा अहिलेपनि दैनिकजसो कोरोना संक्रमित देखिँदै आएको तथा छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै तत्काल लकडाउन नखोल्न सरकारलाई सुझाव दिएको हो ।

यद्यपि समितिले लकडाउनको मोडालिटीमा भने केही खुकुलो गर्न सकिने तर्फ सरकारको ध्यानाकर्षण समेत गराएको छ । समितिले विशेष गरी ग्रिन जोन भनेर घोषणा भएका जिल्लाहरुमा आन्तरिक गतिविधि केही खुकुलो गर्न सकिने बताएको छ । यसको विस्तृत मोडालिटीका बारेमा पनि समितिले पर्याप्त छलफल गरी सरकारलाई खाका प्रस्तुत गरेको छ । समितिले आज गरेको यो सिफारिसलाई भोलि बस्ने मन्त्रीपरिषद्को बैठकले अनुमोदन गरेर कतिदिन लकडाउन थप्ने भन्ने विषयमा निर्णय लिनेछ ।
समितिले तत्काल लकडाउन खोलिए तराईका मान्छेहरु काठमाडौं र काठमाडौंका मान्छेहरु तराईतर्फ जान सक्ने र यसले जोखिम बढाउने बताएको छ । देशव्यापीरुपमा लकडाउन भएमात्रै मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान नसक्ने र जोखिम कम हुने समितिको ठहर छ । समितिले सरकारले अहिले अपनाएको कोरोना नियन्त्रण अभियान प्रभावकारी रहेको निष्कर्ष पनि निकालेको छ । सरकारले कोरोना संक्रमण बढ्न नदिन गएको चैत्र ५ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेको थियो ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
कमलादीबाट बरामद भएको १५ किलो सम्भावित ‘सुनको’ परीक्षण हुँदै
२०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०काठमाडौं । काठमाडौंको कमलादीमा प्रहरीले १५ किलो...
बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता
२०७६ मंशिर १७ गते मंगलबार
०३ डिसेम्बर, २०१९काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज...
पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु, जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुग्यो
२०७७ भाद्र ६ गते शनिबार
२२ अगस्ट, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कारोना संक्रमितमध्ये थप...
Top