Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२०
बग्दाद । अमेरिकी सरकारले गरेको हवाई आक्रमणका क्रममा इरानको विशेष सैन्य दस्ता (कुद्र्स फोर्स) का प्रमुख कासिम सुलेमानी मारिएका छन् । स्थानीय समयअनुसार गएराति इराकको राजधानी बग्दादस्थित हवाई अड्डामा भएको आक्रमणमा सुलेमानी मारिएका हुन् । अमेरिकी सरकारले यो घटनाको पुष्टि गर्दै हवाई आक्रमणका क्रममा सुलेमानी मारिएको स्पष्ट पारेको छ ।
अमेरिका पछिल्ला वर्षहरुमा इरानले न्यूक्लियर पावरको दुरुपयोग गरिरहेको भन्दै इरानसँग रुष्ट हुँदे आइरहेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार बग्दादमा भएको सो आक्रमणमा अरु धेरै मारिएका छन् । अहिले सो क्षेत्रलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको बताइएको छ ।

केहीदिनअघि बग्दादस्थित अमेरिकी दुतावासमा भएको आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले घटनामा संलग्नहरुमाथि कडा कारबाही गर्न आफ्ना सैनिकहरुलाई निर्देशन दिएलगत्तै आज इराकमा इरानी सैन्यकमाण्डर मारिएका हुन् ।

सो घटनामा कताइब हिजबुल्लाहका कमाण्डर अबु महदी अल मुहांदिस समेत मारिएका छन् । इराकमा तैनाथ अमेरिकी सेनाको रक्षाका यो कदम उठाउनु परेको पेन्टानगको भनाई उद्धृत गर्दै विविसीले जनाएको छ । घटनापछि अहिले बग्दाद र आसपासका क्षेत्रमा इराक र इरानी जनताले विरोध जनाईरहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ?
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला प्रत्यारोपण हुँदै
२०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...
नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा...
गोकुल बास्कोटाविरुद्ध अख्तियारमा उजुरी
२०७६ फाल्गुन ११ गते आइतबार
२३ फेब्रुअरी, २०२० काठमाडौं । निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाविरुद्ध...
Top