Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०
न्युर्योक, अमेरिका । कोरोना भाइरसबाट पहिलोपटक विश्वमा कुकुरको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकामा केही साता अघि मृत्यु भएको एउटा कुकुरमा कोरोना संक्रमण पुष्टि भएको र भाइरसकै प्रकोपका कारण उसको मृत्यु भएको अनुसन्धानहरुबाट पुष्टि भएको छ ।
अमेरिकाको जियोमाकी नामक एक पत्रिकारका सम्पादक रहेकी नातासा डाली नामक महिलाले सामाजिक सञ्जालमा राखेको जानकारी अनुसार गएको जुलाई ११ तारिखका दिन कोरोनाको संक्रमणबाट जर्मन सेफर्ड प्रजातिको एउटा कुकुरको निधन भएको हो ।

बिशेषत जनावरहरुको कल्याण, संरक्षण र शोषणका विषयमा कलम चलाउने पत्रकारको रुपमा परिचित नातासा डालीले सो कुकुरलाई पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएको र त्यसैको कारण त्यसको मृत्यु भएको उल्लेख गरेकी छन् । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कुकुर मर्नुअघि कोरोनासँग मिल्ने सबै खालको लक्षण देखिएको उल्लेख गरेकी छन् । उनले कोरोनाका कारण मरेका कुकुरका केही तस्वीरहरु पनि सार्वजनिक गरेकी छन् ।
नेशनल जियोग्राफीले पनि यो समाचारलाई विशेष प्राथमिकताको साथ उल्लेख गरेको छ । विज्ञहरुले मृतक कुकुरको स्वाबको पुन परीक्षण (मृत्यपछि पनि) गर्दा उसमा कोरोना संक्रमण भएको पुष्टि समेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विश्वमा पहिलो कुकुरमा कोरोना संक्रमण पुष्टि भएको र कोरोनाकै कारण कुकुरको ज्यान गएको यो नै पहिलो घटना हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
११ औं उडानमार्फत् १ सय ४८ जना नेपाली दोहाबाट काठमाडौं प्रस्तान
२०७७ असार २४ गते बुधबार
०८ जुलाई, २०२०दोहा, कतार । रोजगारी तथा अन्य विभिन्न...
झण्डै ४ महिनादेखि वेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको शव भेटियो
२०७७ भाद्र १५ गते सोमबार
३१ अगस्ट, २०२०वेस्टह्याम, बेलायत । गत मे ७ (बैशाख...
‘हिमाल पारीको जिल्ला’ मनाङ्मा भेटिए पहिलो कोरोना संक्रमित
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०चामे, मनाङ् । हिमाल पारीको जिल्लाको रुपमा...
सिन्धुपाल्चोक पहिरोमा वेपत्ता सबैको परिचय खुल्यो, एक गर्भवतीसहित ३८ वेपत्ता, ५ को शव भेटियो (नामावलीसहित)
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुफाल गाउँपालिकाको वडा...
Top