विश्वमा पहिलोपटक कोरोना भाइरसबाट कुकुरको मृत्यु, अमेरिकामा ‘जर्मन सेफर्ड’ प्रजातिको कुकुरमा कोरोना संक्रमण पुष्टि

Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार


३० जुलाई, २०२०
न्युर्योक, अमेरिका । कोरोना भाइरसबाट पहिलोपटक विश्वमा कुकुरको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकामा केही साता अघि मृत्यु भएको एउटा कुकुरमा कोरोना संक्रमण पुष्टि भएको र भाइरसकै प्रकोपका कारण उसको मृत्यु भएको अनुसन्धानहरुबाट पुष्टि भएको छ ।

अमेरिकाको जियोमाकी नामक एक पत्रिकारका सम्पादक रहेकी नातासा डाली नामक महिलाले सामाजिक सञ्जालमा राखेको जानकारी अनुसार गएको जुलाई ११ तारिखका दिन कोरोनाको संक्रमणबाट जर्मन सेफर्ड प्रजातिको एउटा कुकुरको निधन भएको हो ।

फाइल तस्वीर ।

बिशेषत जनावरहरुको कल्याण, संरक्षण र शोषणका विषयमा कलम चलाउने पत्रकारको रुपमा परिचित नातासा डालीले सो कुकुरलाई पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएको र त्यसैको कारण त्यसको मृत्यु भएको उल्लेख गरेकी छन् । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कुकुर मर्नुअघि कोरोनासँग मिल्ने सबै खालको लक्षण देखिएको उल्लेख गरेकी छन् । उनले कोरोनाका कारण मरेका कुकुरका केही तस्वीरहरु पनि सार्वजनिक गरेकी छन् ।

नेशनल जियोग्राफीले पनि यो समाचारलाई विशेष प्राथमिकताको साथ उल्लेख गरेको छ । विज्ञहरुले मृतक कुकुरको स्वाबको पुन परीक्षण (मृत्यपछि पनि) गर्दा उसमा कोरोना संक्रमण भएको पुष्टि समेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विश्वमा पहिलो कुकुरमा कोरोना संक्रमण पुष्टि भएको र कोरोनाकै कारण कुकुरको ज्यान गएको यो नै पहिलो घटना हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन...

अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’ अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’

२०७७ मंशिर २७ गते शनिबार

१२ डिसेम्बर, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरस विरुद्ध आफ्नै...

तिलिचोको ‘तिलस्मी जादू’ तिलिचोको ‘तिलस्मी जादू’

२०७६ असार ३ गते मंगलबार

कसरी पुग्ने तिलिचो ? पहिलो बाटो यो ताल पुग्न...

७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा ७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा

२०७५ चैत्र १२ गते मंगलबार

२५ मार्च, २०१९ काठमाडौं । लामो समयदेखि आफुहरुले भोगचलन...

Top