काठमाडौंमा डाक्टर कुटपिट प्रकरण : डिएसपी लम्साललाई जिम्मेबारीबाट हटाईयो

Best Khabar Team | २०७७ बैशाख ४ गते बिहिबार


१६ अप्रिल, २०२०
काठमाडौं । डिउटी सकेर घर फर्कने क्रममा रहेका चिकित्सकहरुमाथि भएको कुटपिटको घटनामा संलग्न प्रहरीमाथि नेपाल प्रहरीको केन्द्रीय कार्यालयले विभागीय कारबाही अघि बढाएको छ । घटनामा संलग्न महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई प्रहरी कार्यालयले जिम्मेवारी मुक्त गराएको छ ।

गएराति शिक्षण अस्पतालमा डिउटी सकेर डेरामा फर्कने क्रममा शिक्षण अस्पतालमा कार्यरत डा.शम्भु खनालमाथि लकडाउन उल्लङ्घन गरेको भन्दै लम्साल नेतृत्वको टोलीले कुटपिट गरेको घटना सार्वजनिक भएसँगै प्रहरीले कारबाही अघि बढाएको हो । कुटपिटको घटना मिडियाबाट बाहिर आएपछि प्रहरीले घटनाको विषयमा गहन अनुसन्धान गरी घटनामा संलग्न लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालयमा तानेर थप अनुसन्धान अघि बढाएको बढाएको जनाएको छ ।

घटनाको छानबिनका लागि प्रहरले एसएसपी किरण बज्राचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । महामारीको बेला डिउटीमा खटिएका चिकित्सकमाथि कुटपिट गरेको घटनाको चौतर्फी आलोचना भएपछि प्रहरीले यो घटनालाई निक्कै गम्भीरताका साथ लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित) तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित)

२०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२०पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । गत २०१९...

चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा...

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०लिंकरोभर बेल्जियम । कोरोना अर्थात् कोभिड १९...

छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड

२०७६ कार्तिक ६ गते बुधबार

२३ अक्टोबर, २०१९ काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको...

Top