काठमाडौंमा डाक्टर कुटपिट प्रकरण : डिएसपी लम्साललाई जिम्मेबारीबाट हटाईयो

Best Khabar Team | २०७७ बैशाख ४ गते बिहिबार


१६ अप्रिल, २०२०
काठमाडौं । डिउटी सकेर घर फर्कने क्रममा रहेका चिकित्सकहरुमाथि भएको कुटपिटको घटनामा संलग्न प्रहरीमाथि नेपाल प्रहरीको केन्द्रीय कार्यालयले विभागीय कारबाही अघि बढाएको छ । घटनामा संलग्न महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई प्रहरी कार्यालयले जिम्मेवारी मुक्त गराएको छ ।

गएराति शिक्षण अस्पतालमा डिउटी सकेर डेरामा फर्कने क्रममा शिक्षण अस्पतालमा कार्यरत डा.शम्भु खनालमाथि लकडाउन उल्लङ्घन गरेको भन्दै लम्साल नेतृत्वको टोलीले कुटपिट गरेको घटना सार्वजनिक भएसँगै प्रहरीले कारबाही अघि बढाएको हो । कुटपिटको घटना मिडियाबाट बाहिर आएपछि प्रहरीले घटनाको विषयमा गहन अनुसन्धान गरी घटनामा संलग्न लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालयमा तानेर थप अनुसन्धान अघि बढाएको बढाएको जनाएको छ ।

घटनाको छानबिनका लागि प्रहरले एसएसपी किरण बज्राचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । महामारीको बेला डिउटीमा खटिएका चिकित्सकमाथि कुटपिट गरेको घटनाको चौतर्फी आलोचना भएपछि प्रहरीले यो घटनालाई निक्कै गम्भीरताका साथ लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप

२०७७ चैत्र २४ गते मंगलबार

०६ अप्रिल, २०२१काठमाडौं । भोलिबाट काठमाडौं उपत्यकाका १४ अस्पतालबाट...

पोर्चुगलमा खेतीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण,  क्वारेन्टाइनमा राखेर उपचार गरिँदै पोर्चुगलमा खेतीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण, क्वारेन्टाइनमा राखेर उपचार गरिँदै

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलको दक्षिण पूर्वमा पर्ने फारो...

हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ ! हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ !

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता । इन्डोनेसियाको जाकर्ताबाट ६२ जना यात्रु...

हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९काठमाडौं । नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहमा...

Top