Best Khabar Team | २०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२०
नयाँदिल्ली । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न नेपालको छिमेकी मुलुक भारतले लकडाउनको समयावधि थप गरेको छ । यसअघि आजसम्मका लागि लकडाउनको समयावधि रहेकोमा आज भारतीय सरकारले आगामी बैशाख २१ अर्थात् मे ३ तारिखसम्मका लागि लकडाउनको समयावधि थप भएको जनाएको छ ।
भारतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यहाँको सरकारले लकडाउनलाई थप कडाई गर्दै लगेको छ । यही क्रममा उसले आज थप ३ साताको लागि लकडाउन लम्ब्याउने घोषणा समेत गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम नागरिकको सुरक्षा र कोरोना निरुत्साहनको लागि लकडाउन नै एकमात्रै भरपर्दो विकल्प भएको बताएका छन् । भारतमा हालसम्म कोरोनाका कारण १० हजार बढी संक्रमित भएका छन् भने ३ सय ५८ जनाको ज्यान गै सकेको छ ।
भारतीय सरकारले आम नागरिकका लागि आवश्यक पर्ने खाद्यान्न र औषधी पर्याप्त मात्रामा रहेको भन्दै सरकारको निर्देशन पालन गरेर घरभित्रै बस्न र सुरक्षा संयमता अपनाउन नागरिकहरुलाई आग्रह गरेको छ । भारतमा नाकाबन्दीको समय बढेसँगै नेपालमा पनि नेपाल सरकारले नाकाबन्दी थप्ने तयारी गरेको छ ।
यसका लागि नेपालमा आज दिउँसो मन्त्रीपरिषद्को बैठक बसेर निर्णय लिने नेपालका सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सरकारले लकडाउनका बेला बढी प्रभावित हुने बृद्दबृद्दा र मजदुरको हितमा छिट्टै विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जर्मनी गोलीकाण्ड : मृतकको संख्या ९ पुग्यो, संदिग्ध आक्रमणकारी र उनकी आमा कोठाभित्रै मृत भेटिए
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रुअरी, २०२० बर्लिन । युरोपेली मुलुक जर्मनीका दुई...
ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० काठमाडौं । प्रहरीले ललितपुरस्थित एक सुनपसलबाट...
प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने
२०७६ फाल्गुन ३० गते शुक्रबार
१३ मार्च, २०२०काठमाडौं । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी...
अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान
२०७६ पुष २ गते बुधबार
१८ डिसेम्बर, २०१९ काठमाडौं । नेपालको भौगलिक अवस्था तथा...
Top