उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित)

Best Khabar Team | २०७८ बैशाख २ गते बिहिबार


१५ अप्रिल, २०२१
काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशका १३ जिल्लालाई स्वास्थ्य सुरक्षाको हिसावले अति संवेदनशील क्षेत्रको रुपमा घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयले आज एक विशेष अपिल जारी गर्दै कोरोना भाइरसको संक्रमणको हिसावले काठमाडौं, ललितपुर र भक्तपुरसहित देशका अन्य १३ जिल्लालाई बढी संवेदनशील क्षेत्रको रुपमा घोषणा गरेको हो । मन्त्रालयका अनुसार कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्ला पनि अति संवेदनशील जिल्लाको रुपमा रहेको छ ।

यी जिल्लाहरुमा पछिल्ला दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै यी क्षेत्रमा रहेका विद्यालय, क्याम्पस, रात्रीकालीन व्यवसायलगायतका स्थान एवं भीडभाड पूर्ण क्षेत्र तत्काल बन्द गर्न आग्रह गरिएको छ । मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई अन्र्तगतको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले उल्लेखित जिल्लामा रहेका भिडभाडयुक्त व्यवसाय र स्थानलाई बन्द गर्नुपर्नेमा जोड दिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रेष्टुरेन्ट, क्लब, खेलकुद, जिम, सार्वजनिक क्षेत्र, सार्वजनिक पूजाआजा, जात्रा, सभा, सम्मेलन, बैठक, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, स्वीमिङ पुल, हेल्थ क्लब, विद्यालय, क्याम्पसलगायतका क्षेत्रमा नजान स्वास्थ्य सर्वसाधारणलाई आग्रह गरिएको छ ।

यी जिल्लाहरुमा पछिल्ला दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै यी क्षेत्रमा रहेका विद्यालय, क्याम्पस, रात्रीकालीन व्यवसायलगायतका स्थान एवं भीडभाड पूर्ण क्षेत्र तत्काल बन्द गर्न आग्रह गरिएको छ । मन्त्रालयले उल्लेखित जिल्लामा रहेका भिडभाडयुक्त व्यवसाय र स्थानलाई बन्द गर्नुपर्नेमा जोड दिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रेष्टुरेन्ट, क्लब, खेलकुद, जिम, सार्वजनिक क्षेत्र, सार्वजनिक पूजाआजा, जात्रा, सभा, सम्मेलन, बैठक, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, स्वीमिङ पुल, हेल्थ क्लब, विद्यालय, क्याम्पसलगायतका क्षेत्रमा नजान स्वास्थ्य सर्वसाधारणलाई आग्रह गरिएको छ ।

स्वास्थ्य मन्त्रालयलको अपिल

पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि मन्त्रालयले विद्यालयहरुको पठनपाठन बन्द गरी अनलाईनबाट सञ्चालन गर्न निर्देशन दिएपनि विद्यालयका सञ्चालकहरुले अटेरी गरिरहेका छन् । जसका कारण कोरोनाको जोखिम थप बढ्दै गएको छ । पछिल्ला दिनमा १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिका समेत कोरोना संक्रमणको दर तीब्ररुपमा बढेसँगै यस्ता क्षेत्रहरु बन्द गरेर तत्काल सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बढी मानिसहरुको चहलपहल हुने तथा भीडभाडपूर्ण क्षेत्रमा नजान र भिडभाड हुने क्षेत्रहरूमा जमघट नगर्न सबैलाई अपिल गरेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित मध्ये थप दुईजना डिस्चार्ज, ७ जनाले कोरोनालाई जिते कोरोना संक्रमित मध्ये थप दुईजना डिस्चार्ज, ७ जनाले कोरोनालाई जिते

२०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०कञ्चनपुर । कोरोना संक्रमित भै अस्पतालमा उपचाररत...

अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी पत्नीमा कोरोना संक्रमण अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी पत्नीमा कोरोना संक्रमण

२०७७ श्रावण २४ गते शनिबार

०८ अगस्ट, २०२०काठमाडौं । अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा...

खुम्जुङ्ग अर्थात् ‘ग्रिन भ्याली’ जहाँ भेटिन्छन् हरिया घरहरु खुम्जुङ्ग अर्थात् ‘ग्रिन भ्याली’ जहाँ भेटिन्छन् हरिया घरहरु

२०७६ मंशिर २७ गते शुक्रबार

काठमाडौंबाट करिब १ साता लामो ट्रेकिङ्ग गर्ने सुरमा हुनुहुन्छ...

विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित) विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित)

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

Top