बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत

Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार


०३ डिसेम्बर, २०२०
मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको कालापहाडमा बिहीबार भएको सडक दुर्घटनामा घाइते भएकाहरुको नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरेको छ । घाइते ४ जनालाई दुर्घटनालगत्तै स्थानीय कोल्टी अस्पतालमा उपचाररार्थ भर्ना गरिएको भएपनि उनीहरुलाई थप उपचारको आवश्यकता परेको भन्दै सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । घाइतेहरुको अवस्था अहिले स्थिर रहेको छ ।

जिल्लाको हिमाली गाउँपालिकाको बाजोमा भएको जीप दुर्घटनामा ५ जनाको घटनास्थलमै ज्यान गएको थियो । से१ज १०६४ नं को बलेरो जिप सडकबाट ३ सय मिटर तल कर्णाली नदीमा खसेको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । जीपका चालक एवं जीप धनी रमेश शाही, स्थानीय पवन भण्डारी, स्वमीकात्तिक गाउँपालिकाका शुशीला विक, कैलालीका दिनेश घर्तीमगर र हिमाली गाउँपालिकाका का एकको दुर्घटनामा परी ज्यन गएको हो ।

घाइते, मुगु जिल्लाको कर्मरोग गाउँपालिका–८ का थेम्चो लामा, कर्मरोग–८ कै तोर्सी लामा, बाजुरा बूढीनन्दा नगरपालिका–६ का सरु विक र उनकी दुई वर्षीया छोरी स्मृति विकलाई अहिले कोहलपुर मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको छ । दुर्घटनाग्रस्त जीप कर्णाली नदीमा डुबेको अवस्थामा भेटिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०बाँके । नेपालको कर्णाली प्रदेशका थप २...

महाशिवरात्री पर्व धुमधामले  मनाईँदै, यस्तो छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन महाशिवरात्री पर्व धुमधामले मनाईँदै, यस्तो छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन

२०७७ फाल्गुन २६ गते बुधबार

११ मार्च, २०२१काठमाडौं । महाशिवरात्री पर्व नेपाल तथा हिन्दु...

मध्यरातमा बाँकेको जंगलमा भयानक दुर्घटना, १२ को मृत्यु, २१ घाइते मध्यरातमा बाँकेको जंगलमा भयानक दुर्घटना, १२ को मृत्यु, २१ घाइते

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०सोनारी, बाँके । बाँकेमा गएराति भएको भ्यान...

झुल्कियो इस्वी सम्वत् २०२० को पहिलो घाम झुल्कियो इस्वी सम्वत् २०२० को पहिलो घाम

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी २०२०विगतका वर्षहरुमा जस्तै घरका भित्ताहरुमा राखिएका अंग्रेजी...

Top