Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार
०३ डिसेम्बर, २०२०
मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको कालापहाडमा बिहीबार भएको सडक दुर्घटनामा घाइते भएकाहरुको नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरेको छ । घाइते ४ जनालाई दुर्घटनालगत्तै स्थानीय कोल्टी अस्पतालमा उपचाररार्थ भर्ना गरिएको भएपनि उनीहरुलाई थप उपचारको आवश्यकता परेको भन्दै सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । घाइतेहरुको अवस्था अहिले स्थिर रहेको छ ।

जिल्लाको हिमाली गाउँपालिकाको बाजोमा भएको जीप दुर्घटनामा ५ जनाको घटनास्थलमै ज्यान गएको थियो । से१ज १०६४ नं को बलेरो जिप सडकबाट ३ सय मिटर तल कर्णाली नदीमा खसेको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । जीपका चालक एवं जीप धनी रमेश शाही, स्थानीय पवन भण्डारी, स्वमीकात्तिक गाउँपालिकाका शुशीला विक, कैलालीका दिनेश घर्तीमगर र हिमाली गाउँपालिकाका का एकको दुर्घटनामा परी ज्यन गएको हो ।
घाइते, मुगु जिल्लाको कर्मरोग गाउँपालिका–८ का थेम्चो लामा, कर्मरोग–८ कै तोर्सी लामा, बाजुरा बूढीनन्दा नगरपालिका–६ का सरु विक र उनकी दुई वर्षीया छोरी स्मृति विकलाई अहिले कोहलपुर मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको छ । दुर्घटनाग्रस्त जीप कर्णाली नदीमा डुबेको अवस्थामा भेटिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका...
युरोपेली मुलुक स्पेनका गुरुङ्ग समुदायले मनाए पनि मनाए तमुल्होसार
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ मड्रिड । नेपालका गुरुङ समुदायले आज...
विश्व स्वास्थ्य संगठन भन्छ : ‘एडस् जस्तै कोरोना भाइरस पनि सँधै जीवित रहनसक्छ’
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२०जुरिच, स्वीट्जरल्याण्ड । विश्वव्यापी महामारीको रुपमा फैलिएको...
कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य
२०७८ बैशाख १६ गते बिहिबार
२९ अप्रिल, २०२१काठमाडौं । भारतमा आयोजित एउटा धार्मिक कार्यक्रममा...
Top