Best Khabar Team | २०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१
काठमाडौं । कोरोना भाइरस विरुद्ध लडन्का लागि चीनमा उत्पादन भएको भ्याक्सिन (खोप) पहिलो पटक काठमाडौं आइपुगेको छ । चीन सरकारको सहयोगमा नेपाललाई प्राप्त ८ लाख थान खोप आज नेपाल बायुसेवा निगमको विमानबाट सरकारले काठमाण्डौं ल्याएको हो । चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको भेरासेल नामक कोरोना भाइरसविरुद्धको खोप चीन सरकारका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन विमानस्थलमा हस्तान्तरण गरेकी छन् ।

सो खोप लिनको लागि नेपाली ध्वजाबाहक नेपाल बायुसेवा निगमको चार्टर विमान हिजो बेइजिङ पुगेको थियो । स्वास्थ्य अधिकारीहरुका अनुसार सो खोपलाई २ देखि ८ डिग्री सेल्सियससम्ममा भण्डारण गर्न सकिने छ । हाल नेपालमा प्रयोगमा रहेको भारतीय उत्पादन कोभिशिल्ड भन्दा यो खोप बढी प्रभावकारी भएको विभिन्न परीक्षणहरुको दाबी छ ।
नेपालमा कोरोना विरुद्ध लड्नका लागि भारत सरकारले उपलब्ध गराउँदै आएको तथा भारतमै उत्पादन भएको कोभिसिल्ड खोप अहिले प्रयोगमा रहेको छ । तर भारतीय खोप भन्दा चिनियाँ खोपको मुल्य बढी रहेको बताइएको छ ।
यो खोपलाई सरकारले काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा पु-याउने र प्राथमिकताका आधारमा नागरिकहरुलाई लगाउने तयारी गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
Suffering is a part of life…
२०७७ श्रावण ७ गते बुधबार
– Shree Hari Subedi “SAMAN”We generally believe that suffering...
पोर्चुगलमा बिहीबार एकैदिन ३५ जना कोरोना संक्रमित थपिए, सोमबारबाट सबै शैक्षिक संस्था बन्द हुँदै, देशव्यापी रुपमा ‘हाइ एलर्ट’ जारी गरियो
२०७६ फाल्गुन ३० गते शुक्रबार
१३ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो २...
२४ घण्टामा थपिए २१३ जना संक्रमित
२०७७ जेठ २५ गते आइतबार
०७ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर थप...
चन्द माओवादीलाई आर्थिक तथा अन्य सहयोग गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी (विज्ञप्तिसहित)
२०७५ चैत्र १० गते आइतबार
२४ मार्च, २०१८ काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको...
Top