Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०
बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण पछिल्लो २४ घण्टा यता युरोपेली मुलुक स्पेनमा ५ सय ५२ जनाको ज्यान गएको छ । हिजो सोही अवधिमा ९ सय बढीले ज्यान गुमाएका थिए । स्पेनमा हालसम्म (बेल्जियमको स्थानीय समय अनुसार मध्यान्ह १२ बजेर २० मिनेट जाँदा) कोरोनाको संक्रमणका कारण ५ हजार ६ सय ९० जनाले ज्यान गुमाईसकेका छन् भने ६ हजार ५ सय २९ जना नयाँ संक्रमित थपिएका छन् ।
जसमध्ये ४ हजार १ सय ६५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यसबीचमा १२ हजार २ सय ८५ जना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् । स्पेनमा हालसम्म संक्रमितको संख्या ७२ हजार २ सय ४७ पुगेको छ । संक्रमित तथा मृतकको संख्या बढ्न थालेपछि स्पेनले सम्पूर्ण शहरर्लाइ लकडाउन गरेको छ भने चीनबाट कोरोना सम्बन्धी उपचारका लागि करोडौं डलरको सामग्री मगाएको छ ।
यसैबीच युरोपेली मुलुक बेल्जियम पनि पछिल्ला दिनहरुमा कोरोना संक्रमणबाट नराम्ररी प्रताडि हुन पुगेको छ । बेल्जियममा हालसम्म ३ सय ५३ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् भने ९ हजार बढी संक्रमित भेटिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०बाँके । नेपालको कर्णाली प्रदेशका थप २...
लेखक भण्डारी भए ब्रह्मलिन
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । नेपाली साहित्यका बरिष्ठ लेखक एवं...
नेपालमा कोरोना : २४ घण्टामा १६६ थपिए, कुल संक्रमितको संख्या १५६७ पुग्यो
२०७७ जेठ १८ गते आइतबार
३१ मे, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
पाकिस्तानका पूर्वराष्ट्रपति मुर्शरफलाई मृत्युदण्ड दिन विशेष अदालतको आदेश
२०७६ पुष १ गते मंगलबार
१७ जुलाई, २०१९, एजेन्सी इस्लामावाद । देशद्रोेहको मुद्दामा पाकिस्तानका...
Top