४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो

Best Khabar Team | २०७७ पुष ८ गते बुधबार


२३ डिसेम्बर, २०२०
पेरिस, फ्रान्स । अन्ततः दुईदेशबीचको सहमतिसँगै फ्रान्स र बेलायतबीच विगत ४८ घण्टादेखि सिमावर्ती क्षेत्रमा रोकिएका लरीहरुले गन्तव्यमा यात्रा भर्न पाउने भएका छन् । पछिल्ला केहीदिन यता बेलायतका विभिन्न शहरमा कोरोना भाइरस नयाँ र आक्रामक रुपमा फैलिएपछि फ्रान्स तथा बेलायतले सीमा क्षेत्रको आवागमनलाई आकस्मिक रुपमा रोक लगाएको थियो । यस्तै फ्रान्सलगायत युरोपका अधिकांश देशले बेलायतबाट हुने हवाई तथा समद्रिक यात्रामा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

जसका कारण पछिल्लो ४८ घण्टा यता बेलायतबाट फ्रान्स आउने तथा त्यता जाने हजारौं मालबहाक ट्रकहरु सिमाक्षेत्रमा रोकिएको थियो । तर गएराति अबेर फ्रान्स र बेलायतबीच सरकारी स्तरमा भएको छलफलपछि निश्चित मापदण्ड पुरा गरी अत्यावश्यिक सेवा प्रवाहमा रहेका लरी तथा अन्य सवारी साधनहरुमाथि प्रतिबन्ध नलगाउने सहमति भएको थियो । यो सहमति भएसँगै दुई देशबीचको अन्तरसिमा यात्रा सहज भएको हो ।

बेलायतले पनि आफ्ना देशमा कोरोनाका नयाँ खालका संक्रमित भेटिएसँगै फ्रान्सबाट स्थलमार्ग हुँदै आउने मालबाहक ट्रक तथा लरीहरुमा प्रतिबन्ध लगाएको थियो । दुई देशबीचको सिमा डोभरमा सयौं मालबाहक ट्रकहरुको लस्कर देखिएपछि दुबै देशले सरकारी स्तरमा यसको समाधानका लागि वार्ता गरेका थिए । गएराति अबेर भएको सहमतिसँगै आज बिहानैबाट अत्यावश्यिक सामग्री बोकेका ट्रकहरु सिमा नाकाबाट वारपार भएका छन् । फ्रान्सेली यातायात मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज बिहानैबाट हवाई यात्रासहित, डुङ्गा र युरोस्टार रेलले आफ्नो सेवा सूचारु गरेको छ ।

यस्तै अत्यावश्यकीय काममा हिँडेका यात्रुहरुलाई पनि कोरोनाको पिसिआर परीक्षणपछि दुईदेशबीच प्रवेशमा अनुमति दिइने अधिकारीहरुले बताएका छन् । यद्यपि बेलायतको दक्षिण क्षेत्र अर्थात् ‘केन्ट काउन्टी’तर्फ भने तत्काल प्रवेशका लागि अनुमति प्रदान गरिएको छैन । विगतको कोरोना भन्दा निक्कै शक्तिशाली र छिटो संक्रमण फैलाउन सक्ने प्रकृतिका संक्रमित भेटिएसँगै विश्वका ५ दर्जन बढी मुलुकले बेलायतबाट हुने हवाई उडानमाथि प्रतिबन्ध लगाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

इजरायल आक्रमणमा मारिएका ४ नेपालीको शव काठमाडौं आइपुग्यो : आजै परिवारलाई बुझाइने इजरायल आक्रमणमा मारिएका ४ नेपालीको शव काठमाडौं आइपुग्यो : आजै परिवारलाई बुझाइने

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३काठमाडौं । गत अक्टोबर ७ मा इजरायलमा...

ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेजसँगै एमाले र माओवादी केन्द्रबीचको एकता संकटमा ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेजसँगै एमाले र माओवादी केन्द्रबीचको एकता संकटमा

२०७७ फाल्गुन २३ गते आइतबार

०७ मार्च, २०२१काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट...

भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०नयाँदिल्ली । दुबईबाट केरला आएको एउटा यात्रुबाहक...

विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२० काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र...

Top