४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो

Best Khabar Team | २०७७ पुष ८ गते बुधबार


२३ डिसेम्बर, २०२०
पेरिस, फ्रान्स । अन्ततः दुईदेशबीचको सहमतिसँगै फ्रान्स र बेलायतबीच विगत ४८ घण्टादेखि सिमावर्ती क्षेत्रमा रोकिएका लरीहरुले गन्तव्यमा यात्रा भर्न पाउने भएका छन् । पछिल्ला केहीदिन यता बेलायतका विभिन्न शहरमा कोरोना भाइरस नयाँ र आक्रामक रुपमा फैलिएपछि फ्रान्स तथा बेलायतले सीमा क्षेत्रको आवागमनलाई आकस्मिक रुपमा रोक लगाएको थियो । यस्तै फ्रान्सलगायत युरोपका अधिकांश देशले बेलायतबाट हुने हवाई तथा समद्रिक यात्रामा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

जसका कारण पछिल्लो ४८ घण्टा यता बेलायतबाट फ्रान्स आउने तथा त्यता जाने हजारौं मालबहाक ट्रकहरु सिमाक्षेत्रमा रोकिएको थियो । तर गएराति अबेर फ्रान्स र बेलायतबीच सरकारी स्तरमा भएको छलफलपछि निश्चित मापदण्ड पुरा गरी अत्यावश्यिक सेवा प्रवाहमा रहेका लरी तथा अन्य सवारी साधनहरुमाथि प्रतिबन्ध नलगाउने सहमति भएको थियो । यो सहमति भएसँगै दुई देशबीचको अन्तरसिमा यात्रा सहज भएको हो ।

बेलायतले पनि आफ्ना देशमा कोरोनाका नयाँ खालका संक्रमित भेटिएसँगै फ्रान्सबाट स्थलमार्ग हुँदै आउने मालबाहक ट्रक तथा लरीहरुमा प्रतिबन्ध लगाएको थियो । दुई देशबीचको सिमा डोभरमा सयौं मालबाहक ट्रकहरुको लस्कर देखिएपछि दुबै देशले सरकारी स्तरमा यसको समाधानका लागि वार्ता गरेका थिए । गएराति अबेर भएको सहमतिसँगै आज बिहानैबाट अत्यावश्यिक सामग्री बोकेका ट्रकहरु सिमा नाकाबाट वारपार भएका छन् । फ्रान्सेली यातायात मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज बिहानैबाट हवाई यात्रासहित, डुङ्गा र युरोस्टार रेलले आफ्नो सेवा सूचारु गरेको छ ।

यस्तै अत्यावश्यकीय काममा हिँडेका यात्रुहरुलाई पनि कोरोनाको पिसिआर परीक्षणपछि दुईदेशबीच प्रवेशमा अनुमति दिइने अधिकारीहरुले बताएका छन् । यद्यपि बेलायतको दक्षिण क्षेत्र अर्थात् ‘केन्ट काउन्टी’तर्फ भने तत्काल प्रवेशका लागि अनुमति प्रदान गरिएको छैन । विगतको कोरोना भन्दा निक्कै शक्तिशाली र छिटो संक्रमण फैलाउन सक्ने प्रकृतिका संक्रमित भेटिएसँगै विश्वका ५ दर्जन बढी मुलुकले बेलायतबाट हुने हवाई उडानमाथि प्रतिबन्ध लगाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ललितपुर दुर्घटना : एक पत्रकार र एक कलाकारको ज्यान गयो ललितपुर दुर्घटना : एक पत्रकार र एक कलाकारको ज्यान गयो

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९ काठमाडौं । उपत्यकाको ललितपुरमा आज भएको...

केही सरकारी कार्यालय सातै दिन खोल्ने सरकारको निर्णय केही सरकारी कार्यालय सातै दिन खोल्ने सरकारको निर्णय

२०७९ फाल्गुन १५ गते सोमबार

२७ फेब्रुअरी, २०२३काठमाडौं । सरकारले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै...

ब्रुनाई, कम्बोडिया, भियतनाम तथा इक्वेडरका लागि नेपाली राजदूत नियुक्त ब्रुनाई, कम्बोडिया, भियतनाम तथा इक्वेडरका लागि नेपाली राजदूत नियुक्त

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । सरकारले विभिन्न ४ देशका...

भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ गाईघाट। पूर्वी नेपालको उदयपुरमा यात्रुबाहक जीप...

Top