अन्नपूर्ण आधार शिविरमा हिमपहिरो : ४ विदेशी पर्यटकसहित ६ जनाको अवस्था अज्ञात

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार


फाइल तस्वीर : अन्नपूर्ण हिमाल

१७ जनवरी, २०२०
पोखरा । बहुचर्चित अन्नपूर्ण आधार शिविरमा गएको हिम पहिरोका कारण सो क्षेत्रमा पुगेका आधादर्जन पर्यटक सम्पर्कविहिन भएका छन् । १ चिनियाँ र ३ कोरियाली र २ नेपाली र कुल ६ जना पर्यटक आज बिहानदेखि सम्पर्कविहिन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण अन्नपूर्णक्षेत्रमा व्यापक हिमपात हुनुका साथै हिम पहिरोहरु समेत गएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउराली भन्ने ठाउँको बीच भागमा ठूलो हिमपहिरो गएको र सोही स्थान वरिपरि उनीहरु फसेको हुनसक्ने आशंका गरिएको छ । विदेशी पर्यटकसँगै पदयात्रामा गएका २ जना नेपालीहरुसमेत सम्पर्कबाहिर रहेको बताइएको छ । उनीहरुको नाम खुल्न सकेको छैन ।

घटनाको जानकारी पाएलगत्तै पोखरास्थित ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ् नेपालको क्षेत्रीय कार्यालय प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र विशेषज्ञ उद्दारकर्ताहरुको टोली घटनास्थलतर्फ गएका छन् । यद्यपि खराब मौसम र वर्षाका कारण घटनास्थल पुग्न कठिनाई भएको बताइएको छ । खराव मौसमका कारण सो क्षेत्रमा मोबाईल सेवा समेत अवरुद्ध बनेको छ ।

हिजो साँझदेखि सो क्षेत्रमा वर्षा भै रहेको छ । जसका कारण अन्नपूर्ण आधार शिविर क्षेत्रमा पुगेका सयौं पर्यटक समस्यामा परेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रतिवेदन भन्छ : तत्कालीन पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटनाको कारण पाइलट प्रतिवेदन भन्छ : तत्कालीन पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटनाको कारण पाइलट

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२०काठमाडौं । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत चढेको...

सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन

२०७७ बैशाख १४ गते आइतबार

२६अप्रिल, २०२०काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर...

कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले...

इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे

२०८० आश्विन २५ गते बिहिबार

१२ अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरालयमा जारी युद्दको चपेटामा...

Top