अमेरिकी औषधी विज्ञको दाबी : ‘परिवर्तित कोरोना’का विरुद्ध पनि भ्याक्सिन उपयोगी

Best Khabar Team | २०७७ माघ १२ गते सोमबार


२५ जनवरी, २०२१
न्यूर्योक, अमेरिका । कोरोना भाइरसका विरुद्ध अमेरिकी कम्पनीले बनाएको फाइजर नामक भ्याक्सिन कोरोनाको परिबर्तित रुपका संक्रमितका लागि समेत प्रभावकारी भएको अमेरिकी औषधी कम्पनीसम्बध बैज्ञानिकहरुले दाबी गरेका छन् । केही समय आघि बेलायत तथा दक्षिण अफ्रिकामा देखिएको कोरोनाको परिवर्तितरुपको भाइरस नियन्त्रणका लागि पनि हालै प्रयोगमा आएको कोरोना भ्याक्सिन प्रभावकारी रहेको ती कम्पनीले जनाएका छन् ।

कोरोनाको परिवर्तित अर्थात् भेरियन्ट स्वरुपलाई नियन्त्रणका लागि पनि यो भ्याक्सिनले सुरुवाती चरणमा प्रभावकारी रुपमा काम गरेको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । हालै अमेरिकी बैज्ञानिकहरुले नयाँ कोरोनाका संक्रमित (बेलायत र दक्षिण अफ्रिकामा देखिएका नयाँ प्रकारको कोरोना संक्रमित) विरामीलाई खोप दिएर गरेको परिक्षणका क्रममा खोपले प्रभावकारी रुपमा काम गरेको बताइएको छ ।

तस्वीर साभार : इन्टरनेट ।

खोपले कोरोना विरुद्ध प्रभावकारी रुपमा लड्नका लागि शुरुवाती अवस्थामा उत्साहजचक रुपमा काम गरेको र अझै परिक्षण जारी रहेकोले यसको रिजल्ट पूर्ण सकारात्मक आउनेमा आफूहरु विश्वस्त रहेको औषधी उत्पादक कम्पनीका बैज्ञानिकहरुको दाबी छ ।

यद्यपि यसको पूर्ण पुष्टिका लागि भने थप अध्ययन र थप समय आवश्यक पर्ने उनीहरुले बताएका छन् । अहिले बजारमा आएको कोरोना भाइरस विरुद्धको भ्याक्सिन कोरोना भाइरसको पहिलो चरणमा देखिएको भाइरसको प्रकृतिलाई लक्षित गरी बनाइएको थियो । तर यसको परिवर्तित रुपपछि यो भाइरसले काम गर्नेमा विज्ञहरुले आशंका गरिरहेकै बेला अमेरिकी बैज्ञानिकहरुको यो भनाई सार्वजनिक भएको हो ।

यसले कोरोना नियन्त्रणका लागि भै रहेको प्रयासमा एउटा बलियो आशा जगाएको छ । अहिले बजारमा आएको भ्याक्सिनले कोरोना संक्रमितको शरिरको प्रतिरक्षा प्रणालीद्वारा निर्मित एन्टीबडीलाई रोकेर भाइसरलाई शरीरका विभिन्न कोशिकाहरु पुग्न नदिन प्रभावकारी रुपमा काम गर्ने विज्ञहरुले बताएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चैत्र १० देखि एक हप्ताका लागि दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गरिने चैत्र १० देखि एक हप्ताका लागि दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गरिने

२०७६ चैत्र ९ गते आइतबार

२२ मार्च, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको पूर्व...

उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप

२०७७ चैत्र २४ गते मंगलबार

०६ अप्रिल, २०२१काठमाडौं । भोलिबाट काठमाडौं उपत्यकाका १४ अस्पतालबाट...

अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यका भित्र अब...

नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो

२०७७ जेठ ११ गते आइतबार

२४ मे, २०२०काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती...

Top