Best Khabar Team | २०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०
काठमाडौं । नेपालका इतिहाँसमा धेरैजस्ता महत्वपूर्ण निर्णय तथा घटनाहरु मध्यरातमा हुने गरेका छन् । यही राजनीतिक परम्पराले यसपटक पछि धेरै पछि पुनराबृत्ति पाएको छ । सिँगो देश तथा जनता एवं विश्व समुदाय कोरोनाको कहरबाट गुज्रिरहेका बेला नेपालका राजनीतिक दलहरु भने आफू अनुकुल हुने गरी शक्तिसञ्चयको अभियानमा जुटेका छन् ।
यही क्रममा आजराति मध्यरातमा नेपालमा दुई राजनीतिक शक्तिबीच एकताको घोषणा भएको छ । महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीबीच आजराति मध्यरातमा एकता भएको हो । एकतासँगै नयाँ बन्ने पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने बैठकपछि जारी गरिएको एकता पत्रमा उल्लेख छ ।


सहमति पत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नयाँ सहमति अनुसार अब नवघोषित पार्टीको झण्डा यसअघिको समाजवादीको र चुनाव चिन्ह भने राजपाको हुनेछ । सरकारले दल विभाजनसम्बन्धी २ वटा अध्यादेश ल्याएको४८ घण्टा वित्न नपाउँदै दुई दलले आ–आफ्नो पार्टीलाई फुट्नबाट जोगाउन यो कदम चालेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
वीरगञ्जमा २ महिनाको नाबालकसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो
२०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०वीरगञ्ज । पर्साको वीरगञ्जमा थप १७ जनामा...
पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति...
ठमेलले यसरी ग-यो पर्यटन वर्ष २०२० को स्वागत (फोटोफिचर)
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९ काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०...
झण्डै १ दर्जन देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय देउवा नेतृत्वको सरकारद्वारा खारेज
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१काठमाडौं । विश्वका विभिन्न ११ देशका लागि...
Top