Best Khabar Team | २०७७ श्रावण २४ गते शनिबार
०८ अगस्ट, २०२०
काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको हिसावले नेपालको सबैभन्दा जोखिमपूर्ण ठाउँको रुपमा रहेको काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमितहरु बढ्न थालेका छन् । सरकारले लकडाउन खुल्ला गरेसँगै देशभर र विदेबाट पनि काठमाडौं आउनेको चाप बढी भएपछि संक्रमित र जोखिम पनि बढ्न थालेको हो ।

कोरोना संक्रमण शुरु भएदेखि शनिबार बिहान ८ बजेसम्म उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ८१ पुगेको छ । यो तथ्यांकमा पछिल्लो २४ घण्टामा थपिएकाहरुको संख्या समावेश गरिएको छैन । ती मध्ये काठमाडौंमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । जनसंख्या, सरकारी र अन्य कामकाजलगायतको बढी चाप रहेका कारण उपत्यकामा संक्रमितको संख्या बढी रहेको विज्ञहरु बताउँछन् ।
उनीहरुका अनुसार यहि गतिमा कोरोना बढ्दै जाने हो भने उपत्यका अबको केहीदिनभित्रै मुलुककै सबैभन्दा धेरै जोखिपूर्ण क्षेत्रको रुपमा पर्दछ । काठमाडौंमा विदेशबाट आउनेहरुको चाप पछि पछिल्ला साताहरुमा ह्वात्तै बढेका कारण संक्रमितको संख्या पनि बढ्न थालेको हो । स्वास्थ्य मन्त्रालयको अद्यावधिक तथ्यांक अनुसार शनिबार बिहानसम्म उपत्यकाको काठमाडौंमा ७ सय ६७ जना ललितपुर जिल्लामा १ सय ३३ र भक्तपुर जिल्लामा ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।
हिजामात्रै काठमाडौंमा १ सय ६ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै हालसम्म काठमाडौं उपत्यकाबाट करिब ३ सय ५० जनाले कोरोनालाई जितेका छन् । अहिले काठमाडौं उपत्यकाभित्र सार्वजनिक तथा निजी सवारी साधनहरु सञ्चालनमा छन् । तर सरकारले संक्रमण बढ्न थालेपछि बिहीबारदेखि जोर विजोर प्रणाली लागू गरेको छ ।
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यसले जोखिम थप बढ्ने चिकित्सकहरु बताउँछन् । आम सर्वसाधारण जो काम तथा गन्तव्यमा जानका लागि सार्वजनिक गाडी चढ्नुको विकल्प छैन, उनीहरुमा कोरोना जोखिम थप बढ्ने सम्भावना देखिएको छ । आवश्यक मात्रामा सुरक्षा सावधानी अनपनाइँदा र यात्रुहरुले पनि माक्स तथा अन्य सुरक्षका उपायलाई सहि तरिकाले प्रयोग नगरेका कारण उपत्यकामा जोखिम बढ्दो क्रममा रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण
२०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाभित्र...
आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने
२०७६ पुष १८ गते शुक्रबार
०३ जनवरी, २०२० काठमाडौं । अबको केहीदिन नेपाली आसकको...
यसरी जन्मँदैछ अफ्रिकी महादेशमा नयाँ देश ‘एम्बाजोनिया’ !
२०७७ जेठ २६ गते सोमबार
– प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम ।विश्वमा हाल अस्तित्वमा रहेका...
३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना...
Top