Best Khabar Team | २०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०
काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै आगामी साउन ७ गतेसम्मका लागि हवाई उडान तथा सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले कोरोनाको संक्रमण जारी रहेका कारण तत्काल सीमा नाका तथा हवाई उडानहरु रोक्ने निर्णय गरेको हो ।

तर सरकारको अनुमति लिएर भएका उडान तथा सरकारबाट विदेशमा रहेका नेपाली नागरिकको उद्दारका लागि गरिएका उडानहरु भने निर्वाध रुपमा सञ्चालन हुनेछन् । सरकारको यो निर्णयसँगै आगामी साउन ७ गतेसम्म नेपालसँगको चीन तथा भारत दुबैतर्फका सीमानाका तथा यात्रुबाहक हवाई उडानको आगामन तथा प्रस्तान बन्द हुने भएको छ ।
हवाई उडानका अलावा सरकारले शैक्षिकसंस्था, विभिन्न मेला, जात्रा, पर्व, स्वीमिङ्ग पुल, स्कुल, क्याम्पस, धेरै मान्छे भेला भएर हुने खेललगायतपनि आगामी साउन ७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा
२०७६ फाल्गुन ३ गते शनिबार
बन्दना सापकोटा / बेष्टखबर डटकम काठमाडौं । तपाईँले साइकलमा...
बेल्जियममा नेपाल महोत्सव आयोजना गरिँदै
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ब्रसेल्स । ‘नेपाली कला संस्कृतिको संरक्षण गरौं,...
अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०काठमाडौं । रेडियो नेपालमा पहिलो पटक गीत...
सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० बन्दना सापकोटा । काठमाडौं । कोरोना...
Top