Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०
बाँके । नेपालको कर्णाली प्रदेशका थप २ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी बैतडी र डडेलधुरामा पनि कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र कैलाली जिल्लाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले मोरङमा पनि थप १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमित सबै पुरुष रहेको र उनीहरु १९ देखि २८ वर्ष उमेर समूहका रहेका छन् । मन्त्रालयका अनुसार डडेलधुराको परशुराम गाउँपालिका वडा नम्बर १० का एक युवक र बैतडीका शिवनाथ गाउँपालिकाका एक युवकमा कोरोना संक्रमण देखिएको हो । बाँकेको राप्ती सोनारीका युवक तथा मोरङ्को रतुवामाईका अर्का एक युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालको कर्णाली प्रदेशको जिल्लमा यसअघि दैलेखको आठबिसकोटमा एकजनामा कोरोना देखिएको भएपनि डडेलधुरा र बैतडीमा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
राजा महेन्द्रको पालामा बनेको पोखराको रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुँदै
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९बैदाम । तत्कालीन राजा महेन्द्र शाहको पालामा...
क्यान्सरले लग्यो बलिउड अभिनेता इरफानलाई
२०७७ बैशाख १७ गते बुधबार
२९ अप्रिल, २०२०नयाँदिल्ली । चर्चित बलिउड तथा हलिउड अभिनेता...
भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट)
२०८० कार्तिक १८ गते शनिबार
०४ नोभेम्बर, २०२३ मुसिकोट, रुकुम । पश्चिम नेपालको जाजरकोटलाई...
१२ घण्टाभित्र सरुवा दरबन्दीमा पुग्न प्रचण्डका पूर्व अंगरक्षक मल्ललाई प्रदेश प्रहरीको निर्देशन
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...
Top