Best Khabar Team | २०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२०
लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विरामी भएर मृत्यु हुने क्रम तीव्र बनेको छ । यस्तै युरोपका एकदर्जन बढी देशमा संक्रमितको संख्या बढ्दो छ । विशेष गरी युरोपको इटली, स्पेन र फ्रान्समा गरी अहिलेसम्म झण्डै १४ हजार जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् ।
कोरोना भाइरसबारे लाइभ अपेडट गर्ने वल्र्डोमिटरर्स डटकमका अनुसार बेल्जियमको स्थानीय समयअनुसार बिहीबार राती ७ बजेर ४० मिनेट जाँदासम्म इटलीमा कोरोनाका कारण ८ हजार २ सय ६१ को ज्यान गएको छ । जसमध्ये ७ सय १२ जना पछिल्लो २४ घण्टायता थपिएका नयाँ मृतकको संख्या हो । इटलीमा ६ हजार २ सय ३ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । त्यसमध्ये १० हजार ३ सय ६१ जना उपचारपछि घर फर्किसकेका छन् ।
इटलीमा कोरोना संक्रमितका कारण अस्पतालका चिकित्सकहरुलाई उपचारमा कठिनाई भै रहेको छ भने चीनबाट समेत चिकित्सक र सामग्री मगाएर उपचार थालिएको छ । यस्तै इटलीपछि सबैभन्दा धेरै मानिसको मृत्यु युरोपेली मुलुक स्पेनमा भएको छ । स्पेनमा हालसम्म ४ हजार १ सय ४५ जनाको ज्यान गै सकेको छ भने ५६ हजार १ सय ९७ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ सय ९८ जना पछिल्लो २४ घण्टा यता थपिएका नयाँ मृतक हुन् । स्पेनमा ७ हजार १५ जनाको उपचार सफल भएर घर फर्केका छन् । यस्तै युरोपेली मुलुक फ्रान्समा पनि मृतकको संख्या १६ सय नाघेको छ । पछिल्लो जानकारी अनुसार फ्रान्समा पछिल्लो २४ घण्टामा ३ सय ६५ जनाको ज्यान गएको छ ।
फ्रान्सपछि नेदरल्याण्ड, बेल्जियम, स्वीट्जरल्याण्ड, जर्मनीलगायतका देश बढी प्रभावित छन् । बेल्जियममा हालसम्म २ सय २० जनाको ज्यान गएको छ भने ६ हजार २ सय भन्दा बढी संक्रमित भेटिएका छन् । यस्तै नेदरल्याण्डमा ७ हजार ४ सय ३१ जना संक्रमित भेटिँदा ४ सय ३४ जनाले ज्यान गुमाएका छन् । यस्तै स्वीट्जरल्याण्डमा १ सय ९१ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । यस्तै पोर्चुगलमा ६० जनाको ज्यान गै सकेको छ भने ३ हजार ५ सय ४४ जना संक्रमित उपचाररत छन् ।
यसका अलावा, स्वीडेन, लण्डनपनि प्रभावित बनेको छ । लण्डनमा यो समाचार तयार पार्दासम्म ५ सय ७८ जनाको ज्यान गएको छ । जसमध्ये १ सय १३ जना नयाँ मृतक हुन् । कोरोना भाइरसको संक्रमणको कारण सिँगो युरोप लकडानको अवस्थामा रहेको छ । कतिपय देशले पूर्णरुपमा सिमा बन्द गरेको भएपनि केही देशले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो
२०७७ श्रावण २९ गते बिहिबार
१३ अगस्ट, २०२०नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका...
९ महिनादेखि भक्तजनका लागि बन्द पशुपतिनाथको मन्दिर पुस १ देखि खुल्ला गरिँदै
२०७७ मंशिर १५ गते सोमबार
३० नोभेम्बर, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’
२०७६ फाल्गुन १६ गते शुक्रबार
२८ फेब्रुअरी, २०२०पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना...
काठमाडौंमा डाक्टर कुटपिट प्रकरण : डिएसपी लम्साललाई जिम्मेबारीबाट हटाईयो
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० काठमाडौं । डिउटी सकेर घर फर्कने...
Top