युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)

Best Khabar Team | २०७६ चैत्र १३ गते बिहिबार


२६ मार्च, २०२०
लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विरामी भएर मृत्यु हुने क्रम तीव्र बनेको छ । यस्तै युरोपका एकदर्जन बढी देशमा संक्रमितको संख्या बढ्दो छ । विशेष गरी युरोपको इटली, स्पेन र फ्रान्समा गरी अहिलेसम्म झण्डै १४ हजार जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् ।

कोरोना भाइरसबारे लाइभ अपेडट गर्ने वल्र्डोमिटरर्स डटकमका अनुसार बेल्जियमको स्थानीय समयअनुसार बिहीबार राती ७ बजेर ४० मिनेट जाँदासम्म इटलीमा कोरोनाका कारण ८ हजार २ सय ६१ को ज्यान गएको छ । जसमध्ये ७ सय १२ जना पछिल्लो २४ घण्टायता थपिएका नयाँ मृतकको संख्या हो । इटलीमा ६ हजार २ सय ३ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । त्यसमध्ये १० हजार ३ सय ६१ जना उपचारपछि घर फर्किसकेका छन् ।

इटलीमा कोरोना संक्रमितका कारण अस्पतालका चिकित्सकहरुलाई उपचारमा कठिनाई भै रहेको छ भने चीनबाट समेत चिकित्सक र सामग्री मगाएर उपचार थालिएको छ । यस्तै इटलीपछि सबैभन्दा धेरै मानिसको मृत्यु युरोपेली मुलुक स्पेनमा भएको छ । स्पेनमा हालसम्म ४ हजार १ सय ४५ जनाको ज्यान गै सकेको छ भने ५६ हजार १ सय ९७ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ सय ९८ जना पछिल्लो २४ घण्टा यता थपिएका नयाँ मृतक हुन् । स्पेनमा ७ हजार १५ जनाको उपचार सफल भएर घर फर्केका छन् । यस्तै युरोपेली मुलुक फ्रान्समा पनि मृतकको संख्या १६ सय नाघेको छ । पछिल्लो जानकारी अनुसार फ्रान्समा पछिल्लो २४ घण्टामा ३ सय ६५ जनाको ज्यान गएको छ ।

फ्रान्सपछि नेदरल्याण्ड, बेल्जियम, स्वीट्जरल्याण्ड, जर्मनीलगायतका देश बढी प्रभावित छन् । बेल्जियममा हालसम्म २ सय २० जनाको ज्यान गएको छ भने ६ हजार २ सय भन्दा बढी संक्रमित भेटिएका छन् । यस्तै नेदरल्याण्डमा ७ हजार ४ सय ३१ जना संक्रमित भेटिँदा ४ सय ३४ जनाले ज्यान गुमाएका छन् । यस्तै स्वीट्जरल्याण्डमा १ सय ९१ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । यस्तै पोर्चुगलमा ६० जनाको ज्यान गै सकेको छ भने ३ हजार ५ सय ४४ जना संक्रमित उपचाररत छन् ।

यसका अलावा, स्वीडेन, लण्डनपनि प्रभावित बनेको छ । लण्डनमा यो समाचार तयार पार्दासम्म ५ सय ७८ जनाको ज्यान गएको छ । जसमध्ये १ सय १३ जना नयाँ मृतक हुन् । कोरोना भाइरसको संक्रमणको कारण सिँगो युरोप लकडानको अवस्थामा रहेको छ । कतिपय देशले पूर्णरुपमा सिमा बन्द गरेको भएपनि केही देशले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२० वर्षदेखि सञ्चालित पाँच तारे हायत होटल बन्द, सयौं मजदुर मर्कामा २० वर्षदेखि सञ्चालित पाँच तारे हायत होटल बन्द, सयौं मजदुर मर्कामा

२०७६ असार ३ गते मंगलबार

१७ जुन, २०१८ काठमाडौं । काठमाडौंको बौद्धमा सञ्चालित पाँचतारे...

What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night? What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night?

२०७६ चैत्र १३ गते बिहिबार

26 March, 2020 PokharaThis Thursday night, people from Western...

अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक...

कोरोनाको जोखिम बढेको भन्दै नेपालगञ्जका विद्यालयहरु १ साताका लागि बन्द कोरोनाको जोखिम बढेको भन्दै नेपालगञ्जका विद्यालयहरु १ साताका लागि बन्द

२०७८ बैशाख २ गते बिहिबार

१५ अप्रिल, २०२१नेपालगञ्ज, बाँके । छिमेकी मुलुक भारतमा कोरोना...

Top