Best Khabar Team | २०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०
काठमाडौं । स्थानीय तथा पश्चिमी बायुको संयुक्त प्रभावका कारण काठमाडौंलगायत आपसापसका जिल्लामा तीन दिनसम्म निरन्तररुपमा वर्षात् हुनसक्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । यद्यपि अहिले अवस्थामा पश्चिमी बायुको भन्दा पनि स्थानीय बायुको प्रभाव बढी हुने समय भएको भन्दै महाशाखाले दुबै बायुको प्रभावको संयुक्त परिणाम ७२ घण्टासम्म निरन्तर रुपमा वर्षात्को सम्भावना रहेको जनाएको छ ।

आज बिहानैदेखि उपत्यकालगायत देशका पश्चिमी र पूर्वी क्षेत्रमा हल्ला वर्षा हुनुका साथै ती क्षेत्रका आकाशमा बदली समेत भएको छ । विभागले विस्तारै वर्षायाम शुरु हुने क्रममा रहेको र नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाका कारण मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा हुने अनुमान गरेको हो ।
महाशाखाले आजदेखि आइतबारसम्म पूर्वी र पश्चिमी भूभागलगायत मध्य पहाडी भूभागमा सामान्य बदली हुने र केही स्थानमा भने मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको स्पष्ट पारेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना भाइरसको नाम अब ‘कोभिड १९’
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२०एजेन्सी । झण्डै एक हजार २ सय...
पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)
२०८० कार्तिक ५ गते आइतबार
२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर...
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्यो
२०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर २०२०काठमाडौं । सोलुखुम्बु जिल्लामा अवस्थित विश्वको सर्वोच्च...
कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल
२०७६ चैत्र ६ गते बिहिबार
विश्वभर अहिले कोरोना भाइरसको प्रकोप बढ्दै छ । विश्वका...
Top