Best Khabar Team | २०७९ पुष २६ गते मंगलबार
१० जनवरी, २०२३
काठमाडौं । मुलुकको एकमात्रै महानगरपालिका अर्थात् काठमाडौं महानगरपालिकाभित्र अब उप्रान्त ठेलागाडा र साइकलमा व्यापार व्यवसाय गर्न नपाईने भएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना निकालेर आजैका मितिदेखि लागूहुने गरी साइकल र ठेलागाडामा सामान राखेर सडकमा गरिने व्यापारमाथि प्रतिबन्ध लगाएको जनाएको छ ।

पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यका भित्रका सडकहरुमा साइकल, गेठागाडा तथा अन्य हिसावले हस्तक्षेप गरी व्यापार, व्यवसाय गर्ने गरिएको र यसका कारण पैदलयात्री तथा सवारी साधन आवतजातमा कठिनाई भएका एवं दुर्घटना बढेको गुनासो आइरहेका बेला महानगरपालिकाले आज एक सूचना जारी गरी सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्न नपाईने निर्णय गरेको हो ।
निर्णयलाई नमानी जर्वजस्ती रुपमा पसल तथा व्यवसाय सञ्चालन गरिएमा कानुन अनुसार कारबाही गरिने र सामानहरु जफथ गरिने सूचनामा उल्लेख छ । काठमाडौं महानगरपालिको मेयरको रुपमा बालेन साहको आगमनसँगै उपत्यकाभित्र देखिने खालका सुधारका कार्यक्रमहरु अघि बढिरहेका छन् ।
हेर्नोस । काठमाडौं महानगरपालिकाद्वारा जारी विज्ञप्ति ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते
२०७९ फाल्गुन २८ गते आइतबार
१२ मार्च, २०२३सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको...
स्वीटजरल्याण्डले पठाएको ३० हजार थान पीसीआरसहितका स्वास्थ्य सामग्री नेपाल पुग्यो
२०७७ बैशाख २५ गते बिहिबार
०७ मे, २०२०जेनेभा । स्वीट्जरल्याण्ड सरकारले नेपाल सरकारमार्फत नेपाली...
चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले
२०७६ पुष १२ गते शनिबार
२ ८ डिसेम्बर, २०१९ कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय...
कोरोना संक्रमित मध्ये थप दुईजना डिस्चार्ज, ७ जनाले कोरोनालाई जिते
२०७७ बैशाख १० गते बुधबार
२२ अप्रिल, २०२०कञ्चनपुर । कोरोना संक्रमित भै अस्पतालमा उपचाररत...
Top