Best Khabar Team | २०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२०
एजेन्सी । झण्डै एक हजार २ सय जनाको ज्यान लिएको तथा हजारौंमा संक्रमण फैलाउन सफल कोरोना भाईरसको नयाँ नाम जुराईको छ । विश्व स्वास्थ्य संगठन अर्थात् डब्लुएचओले चीनलगायत विश्वभर आतंक फैलाउने कोरोना भाईरसको नाम ‘केभिड १९’ भनेर नामाकरण गरेको छ । सन् २०१९ मा महामारीको रुपमा फैलन शुरु गरेकोले ‘केभिड’ को पछाडि अंक ‘१९’ राखिएको हो ।
यस्तै ‘को’ले कोरोना, ‘भी’ले भाइरस, ‘डी’ले डिजिज,‘१९’ ले २०१९ को संकेत गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसअघि यो भारइरलाई नोभल कोरोना, कोरोना भाइरसलगायतको नामबाट चिनिँदै आएको थियो । कोभिड–१९ले हालसम्म विश्वका २८ भन्दा बढी मुलुकमा प्रभाव फैलाएको छ भने चीनको बुहान प्रान्तमा यसले महामारीको रुप लिएको छ । जसका कारण चीनको बुहान प्रान्त हवाई तथा यातयात सेवाबाट सम्पर्क विच्छेद भएको छ ।
स्मरणीय के छ भने कोरोना भाईरसका कारण हिजो मात्रै चीनमा ७० जनाको ज्यान गएको छ । चीनका अलावा फिलिपिन्स र हङ्गकङ्गमा पनि यो रोगका कारण एक एक जनाको ज्यान गएको छ। कोभिड–१९ बाट बच्नका लागि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा आपत्कालको घोषणा गरिसकेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै...
चीनको बुहानस्थित ल्याबबाट कोरोना भाइरस फैलिएको हल्ला निराधार : डब्लुएचओ
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१जेनेभा, स्वीट्जरल्याण्ड । बिश्वमा हालसम्म साढे २३...
काठमाडौं छिर्न लागेका २४ जनामा कोरोना संक्रमण भेटिएपछि दैनिक १२ घण्टा काठमाडौं प्रवेशमा रोक
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । विगत केहीदिनयता काठमाडौं प्रवेश गर्ने...
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित ३...
Top