Best Khabar Team | २०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२०
एजेन्सी । झण्डै एक हजार २ सय जनाको ज्यान लिएको तथा हजारौंमा संक्रमण फैलाउन सफल कोरोना भाईरसको नयाँ नाम जुराईको छ । विश्व स्वास्थ्य संगठन अर्थात् डब्लुएचओले चीनलगायत विश्वभर आतंक फैलाउने कोरोना भाईरसको नाम ‘केभिड १९’ भनेर नामाकरण गरेको छ । सन् २०१९ मा महामारीको रुपमा फैलन शुरु गरेकोले ‘केभिड’ को पछाडि अंक ‘१९’ राखिएको हो ।
यस्तै ‘को’ले कोरोना, ‘भी’ले भाइरस, ‘डी’ले डिजिज,‘१९’ ले २०१९ को संकेत गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसअघि यो भारइरलाई नोभल कोरोना, कोरोना भाइरसलगायतको नामबाट चिनिँदै आएको थियो । कोभिड–१९ले हालसम्म विश्वका २८ भन्दा बढी मुलुकमा प्रभाव फैलाएको छ भने चीनको बुहान प्रान्तमा यसले महामारीको रुप लिएको छ । जसका कारण चीनको बुहान प्रान्त हवाई तथा यातयात सेवाबाट सम्पर्क विच्छेद भएको छ ।
स्मरणीय के छ भने कोरोना भाईरसका कारण हिजो मात्रै चीनमा ७० जनाको ज्यान गएको छ । चीनका अलावा फिलिपिन्स र हङ्गकङ्गमा पनि यो रोगका कारण एक एक जनाको ज्यान गएको छ। कोभिड–१९ बाट बच्नका लागि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा आपत्कालको घोषणा गरिसकेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण
२०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...
मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो
२०७६ चैत्र २५ गते मंगलबार
०७ अप्रिल, २०२०न्यूर्योक । अमेरिकामा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण...
माघे संक्रान्ति र यसको बहुआयमिक विशेषता
२०७६ माघ १ गते बुधबार
–सुन्दर कसजू माघे संक्रान्तिको कुरो गर्नुभन्दा पहिले संक्रान्ति शब्दको...
बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण...
Top