दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट)

Best Khabar Team | २०७८ आश्विन २६ गते मंगलबार


१२ अक्टोबर, २०२१
गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी आउँदै गरेको यात्रुबाहक बस छायानाथरारामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार घटनास्थलमा २४ जनाको मृत्यु भएपनि अन्यको भने उद्दार गरी उपचारार्थ अस्पताल लैजाने क्रममा र अस्पतालमा ज्यान गएको हो । प्रहरीले दिएको ताजा जानकारी अनुसार घटनास्थलबाट उद्दार गरी जिल्लाकै ताल्चा विमानस्थल लैजाँदै गर्दा थप ४ जनाको ज्यान गएको छ ।

दुर्घटनास्थलमा भेटिएका घाइते (माथिको तस्वीर)

यस्तै उद्दार गरिएकामध्ये थप ४ जनाको बाँकेको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा निधन भएको बताइएको छ । सो दुर्घटनामा परी १५ जना घाइते भएका छन् । मृतक तथा घाइतेको पूर्ण सनाखत हुन सकेको छैन । भे १ ख ३१६८ नम्बरको बस नेपालगञ्जबाट दशैमा घर फर्केका गाउँलेलाई लिएर गमगढी आउँदै थियो । बस स्थानीय छायानाथरारा नगरपालिकाको वडानम्बर ७ पिनाटप्लेखोलामा दुर्घटनामा परेको थियो । बस दिउँसो करिब २ बजेतिर दुर्घटनामा परेको भएपनि दुर्घटनाको कारण खुल्न सकेको छैन । बसको टायर पञ्चर भएर बस पल्टिएको हुनसक्ने अनुमान गरिएको छ । बसमा कम्तीमा ५० यात्रु सवार रहेको बताइएको छ ।

दुर्घटनामा परेको बसबाट २ जनाले हामफालेर ज्यान जोगाएका छन् । मृतकहरु धेरैजसो मुगुको गमगढी र छिमेकी छायानाथरारा नगरपालि को रहेको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरुको बाँकेको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार भै रहेको छ । दशैंको फूलपातीको दिन मुगुमा भएको यो भयानक दुर्घटनापछि यतिबेला गमगढी तथा छायानाथरारा नगरपालिका शोकमा डुबेको छ ।

चाडबाडका बेला परिवारका सदस्यहरुसँगै बसेर मिठो खाने रमाइलो गर्ने बेलामा परिवारका सदस्यहरुलाई गुमाउनु पर्दा मृतकका आफन्त तथा छिमेकी शोकमग्न छन् । हाल घटनास्थलमा प्रहरीको टोली पुगेर दुर्घटनाको बारेमा सत्यतथ्य जानकारी लिने काम गरिरहेको छ । यसअघि हिजो काठमाडौंबाट भ्रमणमा आएको विद्यार्थीहरु सवार एउटा जीप कास्कीको नयाँपुल नजिकै दुर्घटना हुँदो ८ जनाको ज्यान गएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’ बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको समय पाँचौपटक थपेको...

सेनाको गाडी सडकबाट छाँगामा खस्यो, १ को मृत्यु, ६ घाइते सेनाको गाडी सडकबाट छाँगामा खस्यो, १ को मृत्यु, ६ घाइते

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० सल्यान । नेपाली सेनाको एउटा गाडी...

अमेरिकी प्रहरीले २० वर्षअघिको बलात्कार काण्डका नेपाली पक्राउ गरी नेपाल पठायो अमेरिकी प्रहरीले २० वर्षअघिको बलात्कार काण्डका नेपाली पक्राउ गरी नेपाल पठायो

२०७६ कार्तिक ७ गते बिहिबार

२४ अक्टोबर, २०१९ टेक्सास । पूर्वी नेपालको झापा जिल्लामा...

पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...

Top