दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट)

Best Khabar Team | २०७८ आश्विन २६ गते मंगलबार


१२ अक्टोबर, २०२१
गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी आउँदै गरेको यात्रुबाहक बस छायानाथरारामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार घटनास्थलमा २४ जनाको मृत्यु भएपनि अन्यको भने उद्दार गरी उपचारार्थ अस्पताल लैजाने क्रममा र अस्पतालमा ज्यान गएको हो । प्रहरीले दिएको ताजा जानकारी अनुसार घटनास्थलबाट उद्दार गरी जिल्लाकै ताल्चा विमानस्थल लैजाँदै गर्दा थप ४ जनाको ज्यान गएको छ ।

दुर्घटनास्थलमा भेटिएका घाइते (माथिको तस्वीर)

यस्तै उद्दार गरिएकामध्ये थप ४ जनाको बाँकेको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा निधन भएको बताइएको छ । सो दुर्घटनामा परी १५ जना घाइते भएका छन् । मृतक तथा घाइतेको पूर्ण सनाखत हुन सकेको छैन । भे १ ख ३१६८ नम्बरको बस नेपालगञ्जबाट दशैमा घर फर्केका गाउँलेलाई लिएर गमगढी आउँदै थियो । बस स्थानीय छायानाथरारा नगरपालिकाको वडानम्बर ७ पिनाटप्लेखोलामा दुर्घटनामा परेको थियो । बस दिउँसो करिब २ बजेतिर दुर्घटनामा परेको भएपनि दुर्घटनाको कारण खुल्न सकेको छैन । बसको टायर पञ्चर भएर बस पल्टिएको हुनसक्ने अनुमान गरिएको छ । बसमा कम्तीमा ५० यात्रु सवार रहेको बताइएको छ ।

दुर्घटनामा परेको बसबाट २ जनाले हामफालेर ज्यान जोगाएका छन् । मृतकहरु धेरैजसो मुगुको गमगढी र छिमेकी छायानाथरारा नगरपालि को रहेको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरुको बाँकेको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार भै रहेको छ । दशैंको फूलपातीको दिन मुगुमा भएको यो भयानक दुर्घटनापछि यतिबेला गमगढी तथा छायानाथरारा नगरपालिका शोकमा डुबेको छ ।

चाडबाडका बेला परिवारका सदस्यहरुसँगै बसेर मिठो खाने रमाइलो गर्ने बेलामा परिवारका सदस्यहरुलाई गुमाउनु पर्दा मृतकका आफन्त तथा छिमेकी शोकमग्न छन् । हाल घटनास्थलमा प्रहरीको टोली पुगेर दुर्घटनाको बारेमा सत्यतथ्य जानकारी लिने काम गरिरहेको छ । यसअघि हिजो काठमाडौंबाट भ्रमणमा आएको विद्यार्थीहरु सवार एउटा जीप कास्कीको नयाँपुल नजिकै दुर्घटना हुँदो ८ जनाको ज्यान गएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह

२०७७ श्रावण ३१ गते शनिबार

१५ अगस्ट, २०२०काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८...

कोरोना संक्रमित बढ्न थालेपछि युरोपका अधिकांश देशमा फेरि लकडाउन तथा कर्फ्यू , हल्याण्डमा कर्फ्यूको विरोधमा प्रदर्शन कोरोना संक्रमित बढ्न थालेपछि युरोपका अधिकांश देशमा फेरि लकडाउन तथा कर्फ्यू , हल्याण्डमा कर्फ्यूको विरोधमा प्रदर्शन

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइरसको दोश्रो लहरले...

कोरोनाका कारण विश्वभर अहिलेसम्म ५ लाख बढीको मृत्यु कोरोनाका कारण विश्वभर अहिलेसम्म ५ लाख बढीको मृत्यु

२०७७ असार १४ गते आइतबार

२८ जुन, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...

भुटानमा पहिलोपटक भेटियो कोरोना संक्रमित, थिप्पुका विद्यालय बन्द, नाका पनि सिल गरियो भुटानमा पहिलोपटक भेटियो कोरोना संक्रमित, थिप्पुका विद्यालय बन्द, नाका पनि सिल गरियो

२०७६ फाल्गुन २३ गते शुक्रबार

०६ मार्च, २०२० थिम्पु । भुटानमा पहिलो पटक कोरोना...

Top