Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२०
काठमाडौं । अबको केहीदिन नेपाली आसकको मौसम प्रतिकुल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी बायुको प्रभावले काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लाको आकाश यतिबेला बादलले ढाकेको छ । आज काठामडौंमा दिउँसो ३ बजेपछि पानी पर्ने बताइएको छ । यो क्रम रातीको ८ बजेसम्म जारी रहनेछ । राति पनि पानीको सम्भावना छ । यस्तै काठमाडौं आसपासका उच्च भूभाग तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ । काठमाडौंका आसपासमा रहेको चन्द्रागिरी, दामन, फूलचोकी शिवपुरीलगायतका क्षेत्रको मौसम अत्यन्तै चिसो छ । ती क्षेत्रमा समेत हिउँपर्नसक्ने अनुमान गरिएको छ । यस्तै हिमाली जिल्लाहरु, मनाङ्ग, मुस्ताङ्ग, गोर्खाको उत्तरी क्षेत्र, हुम्ला, जुम्ला, उत्तरी धादिङ्गलगायतका क्षेत्रमा हिमपातको जोखिम बढी रहेकोले बेलैमा सावधानी अपनाउन मौसम विद्हरुले सुझाव दिएका छन् । योक्रम आज, भोलि र आइतबारसम्म जारी रहने बताइएको छ । काठमाडौं उपत्यकामा हिजोदेखि मौसम विग्रेको छ । काठमाडौंमा बादल लाग्नुका साथै चिसो पनि ह्वात्तै बढेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
युरोपमा पहिलोपटक स्विट्जरल्याण्डद्वारा नागरिकमा कोरोना भ्याक्सिन लगाउन शुरु
२०७७ पुष ८ गते बुधबार
२३ डिसेम्बर, २०२०जुरिच, स्विट्जरल्याण्ड । युरोपमा पहिलोपटक स्विट्जरल्याण्डले आफ्ना...
बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु
२०७६ फाल्गुन २३ गते शुक्रबार
०६ मार्च, २०२०लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली...
स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को...
धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै
२०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी...
Top