कोरोना संक्रमणबाट आक्रान्त बन्दै युरोप : इटाली, स्पेन, फ्रान्स र नेदरल्याण्डको अवस्था भयाबह बन्दै

Best Khabar Team | २०७६ चैत्र ९ गते आइतबार


२२ मार्च, २०२०
एन्तोर्पेन, बेल्जियम । कोरोना भाइरसको संक्रमणका कारण युरोपका विभिन्न देशको जनजीवन नराम्ररी प्रभावित बनेको छ । ती देशमा कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गैरहेको छ भने मृतकको संख्या पनि बढ्न थालेको छ । पछिल्लो १ महिनायता देखिएको कोरोनाका कारण विशेष गरी युरोपका इटली, स्पेन, फ्रान्स, नेदरल्याण्ड, बेल्जियम, जर्मनीलगायतको देशमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको छ भने १० औं हजार संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

युरोपमा हालसम्म कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको रुपमा इटाली रहेको छ । इटलीमा यो समाचार तयार पार्दा (बेल्जियमको स्थानीय समय दिउँसो साढे ४ बजे) सम्म ४ हजार ८ सय २५ जनाको ज्यान गएको छ भने ५३ हजार ५ सय ७८ जनाको विभिन्न अस्पतालमा उपचार भै रहेको छ । इटलीमा हालसम्म ६ हजार ७२ जनाको सफल उपचार समेत भएको छ । इटलीमा हिजो एकैदिन २४ घण्टामा ७ सय मानिसको ज्यान गएको भएपनि पछिल्लो २४ घण्टामा कारोनाका कारण एकजनाले पनि ज्यान गुमाउनु परेको छैन । यस्तै इटलीपछि सबैभन्दा बढी संक्रमित रहेको देशको रुपमा स्पेन रहेको छ ।

स्पेनमा हालसम्म २८ हजार ५ सय ७२ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये १ हजार ७ सय ५३ जनाको कोरोनाको कारण ज्यान गै सकेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ३ सय ७२ जनाले कोरोनाको कारण ज्यान गुमाउनु परेको छ । यद्यपि २ हजार १ सय २५ जनाको भने सफल उपचार समेत भएको छ । यस्तै युरोपेली मुलुक जर्मनी पनि कोरोनाको कारण नराम्ररी प्रभावित बनेको छ । जर्मनीमा कोरोनाका कारण हालसम्म ९३ जनाको ज्यान गै सकेको छ । ती मध्ये ९ जना पछिल्लो २४ घण्टायता ज्यान गुमाउनेहरु रहेका छन् ।

जर्मनीमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय १० जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । जर्मनीमा पनि २ सय ६६ जना उपचारपछि घर फर्केका छन् । यस्तै फ्रान्समा कोरोनाका कारण १४ हजार ४ सय ५९ जना संक्रमित भएका छन् । ती मध्ये ५ सय ६२ जनाको कोरोनाकै कारण ज्यान गै सकेको छ । फ्रान्समा १ हजार ५ सय ८७ जनाको सफल उपचार पनि भएको छ । यस्तै युरोपको नेटरल्याण्डमा पनि कोरोनाका कारण हालसम्म १ सय ७९ जनाको ज्यान गएको छ । ती मध्ये ४३ जना पछिल्लो २४ घण्टा यता ज्यान गुमाउने रहेका छन् । हाल ४ हजार २ सय ४ जनाको अस्पतालमा उपचार भै रहेको छ भने २ जना उपचारपछि घर फर्केका छन् । यस्तै, युरोपको नर्वेमा हालसम्म २ हजार २ सय जना कोरोनाको संक्रमित भेटिएका छन् ।

नर्वेमा हालसम्म कोरोनाका कारण ६ जनाले ज्यान गुमाएका छन् । यस्तै स्वीडेनमा १६ जनाको ज्यान गएको छ भने १ हजार ९ सय भन्दा बढी विरामी परेका छन् । यस्तै डेनमार्कमा १ हजार ३ सय ९५ जना, पोर्चुगलमा १ हजार ६ सय जना कोरोना संक्रमित भेटिएका छन् । पोर्चुगलमा हालसम्म १४ जनाको कोरोनाको संक्रमणका कारण ज्यान गएको छ । यस्तै, फिनल्याण्डमा ७, पोल्याण्डमा १३, ग्रिसमा १३ तथा लक्जेम्बर्गमा ८ जनाको कोरोनाको कारण ज्यान गै सकेको छ । यी देशहरुमा अहिलेसम्म हरेक देशमा ६ सय भन्दा बढी संक्रमित भेटिएका छन् । युरोपको राजधानीको रुपमा रहेको बेल्जियममा भने हालसम्म कोरोनाका कारण ७५ जनाले ज्यान गुमाईसकेका छन् ।

बेल्जियममा ३ हजार ४ सय भन्दा बढी संक्रमित विभिन्न अस्पतालमा उपचारसत छन् । युरोपेली देशहरुले अहिले कोरोनासँग लड्न विशेष कार्यक्रम अघि सारेका छन् भने सबै देशले छिमेकीसँगको सिमामा कडाई गरेका छन् । कतिपयले अनिश्चितकालका लागि बन्द समेत गरेका छन् । यसका अलावा उनीहरुले अन्र्तदेशिय उडान पनि रोकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति

२०७८ श्रावण १७ गते आइतबार

०१ अगस्ट, २०२१मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि...

तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन

२०७६ मंशिर २९ गते आइतबार

–झलक थापा बहुसंख्यक मान्छेहरू नै गरिब, दुखी, मजदुर, किसान,...

सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी

२०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१८ । सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको भिडन्तमा...

चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । गएराति सोलुम्बुमा नेत्र विक्रम...

Top