काठमाडौंमा बायुप्रदुषण उच्च बनेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं

Best Khabar Team | २०७७ चैत्र १३ गते शुक्रबार


२६ मार्च, २०२१
काठमाडौं । बिहीबार रातिदेखि काठमाडौं उपत्यकाको बायु प्रदुषण ह्वात्तै बढेपछि स्वास्थ्य मन्त्रालयले आवश्यक सुरक्षा सावधानी अपनाउन उपत्यकाबासीलाई अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति निकालेर एक्कासी मौसममा आएको परिवर्तनसँगै उपत्यकाको आकाशको वायु प्रदूषणको दर उच्च भएको भन्दै सावधानी अपनाउनका लागि सबैलाई आग्रह गरेको हो । मन्त्रालयले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन तथा सवारी साधन नचलाउनका लागि सबैलाई आग्रह गरेको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा बायुप्रदुषणसँगै ढाकेको तुँवालोका कारण ‘भिजिबिलिटी’ नुहँदा केही घण्टा अन्र्तराष्ट्रिय तथा राष्ट्रिय उडान समेत रोकिएको थियो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उपत्यकामा वायु प्रदूषण निकै बढेको र यसका कारण श्वासप्रश्वासमा समस्या आउने देखि अन्य विभिन्न समस्या पर्नसक्ने भन्दै विशेष गरी बालबालिका तथा बृद्दबृद्धाको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ ।

आफ्नो घर तथा वरपर रहेको खुलास्थानमा नबस्न, नखेल्न, विहानी भ्रमणमा ननिस्कन तथा खुल्ला आकाशमुनी गएर शारीरिक व्यायाम नगर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ । मन्त्रालयले नकुहिने फोहोर हरुको उचित व्यवस्थापन गर्न आग्रह गर्दै फोहोर जलाउने काम गर्न पनि भनेको छ। मन्त्रालयले धुलो, धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्यहरु तत्काल केही समयका लागि रोक्नका लागि सम्बन्धित सबैलाई आग्रह गरेको छ । यस्तै अत्यावश्यक कामले घर बाहिर निस्कन परेपनि आवश्यकता अनुसार चस्मा वा सनग्लासको प्रयोग गर्न तथा माक्स लगाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

कोरोना भाइरसको जोखिम कायमै रहेका बेला भएको यो बायुप्रदुषले स्वास्थ्य प्रश्वासमा थप समस्या ल्याउन सक्ने भन्दै चिकित्सकहरुले पनि आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । विशेषगरी गर्भवती, बालबालिका, बृद्दबृद्दा तथा कुनैपनि दीर्घरोगको सामना गरिरहेकाहरुलाई बायुप्रदुषणको जोखिमबाट जोगाउनुपर्नेमा चिकित्सकहरुले सल्लाह दिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित) दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित)

२०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...

कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, २४ घण्टामा १७० नयाँ संक्रमित थपिए कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, २४ घण्टामा १७० नयाँ संक्रमित थपिए

२०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा थप १...

सेनापरिचालन विधेयकबारे सबैको फरक धारणा सेनापरिचालन विधेयकबारे सबैको फरक धारणा

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१९ काठमाडौ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...

मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान

२०८० आश्विन २९ गते सोमबार

१६ अक्टोबर, २०२३काठमाडौं । यसवर्षको मदन पुरस्कार र जगदम्बाश्री...

Top