Best Khabar Team | २०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१
काठमाडौं । बिहीबार रातिदेखि काठमाडौं उपत्यकाको बायु प्रदुषण ह्वात्तै बढेपछि स्वास्थ्य मन्त्रालयले आवश्यक सुरक्षा सावधानी अपनाउन उपत्यकाबासीलाई अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति निकालेर एक्कासी मौसममा आएको परिवर्तनसँगै उपत्यकाको आकाशको वायु प्रदूषणको दर उच्च भएको भन्दै सावधानी अपनाउनका लागि सबैलाई आग्रह गरेको हो । मन्त्रालयले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन तथा सवारी साधन नचलाउनका लागि सबैलाई आग्रह गरेको छ ।
शुक्रबार काठमाडौं उपत्यकामा बायुप्रदुषणसँगै ढाकेको तुँवालोका कारण ‘भिजिबिलिटी’ नुहँदा केही घण्टा अन्र्तराष्ट्रिय तथा राष्ट्रिय उडान समेत रोकिएको थियो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उपत्यकामा वायु प्रदूषण निकै बढेको र यसका कारण श्वासप्रश्वासमा समस्या आउने देखि अन्य विभिन्न समस्या पर्नसक्ने भन्दै विशेष गरी बालबालिका तथा बृद्दबृद्धाको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ ।

आफ्नो घर तथा वरपर रहेको खुलास्थानमा नबस्न, नखेल्न, विहानी भ्रमणमा ननिस्कन तथा खुल्ला आकाशमुनी गएर शारीरिक व्यायाम नगर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ । मन्त्रालयले नकुहिने फोहोर हरुको उचित व्यवस्थापन गर्न आग्रह गर्दै फोहोर जलाउने काम गर्न पनि भनेको छ। मन्त्रालयले धुलो, धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्यहरु तत्काल केही समयका लागि रोक्नका लागि सम्बन्धित सबैलाई आग्रह गरेको छ । यस्तै अत्यावश्यक कामले घर बाहिर निस्कन परेपनि आवश्यकता अनुसार चस्मा वा सनग्लासको प्रयोग गर्न तथा माक्स लगाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

कोरोना भाइरसको जोखिम कायमै रहेका बेला भएको यो बायुप्रदुषले स्वास्थ्य प्रश्वासमा थप समस्या ल्याउन सक्ने भन्दै चिकित्सकहरुले पनि आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । विशेषगरी गर्भवती, बालबालिका, बृद्दबृद्दा तथा कुनैपनि दीर्घरोगको सामना गरिरहेकाहरुलाई बायुप्रदुषणको जोखिमबाट जोगाउनुपर्नेमा चिकित्सकहरुले सल्लाह दिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राष्ट्रपतिमा...
कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार !
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा...
अबिरल वर्षाका कारण भोटेकोशीमा भीषण बाढी, कम्तीमा १५ वेपत्ता, १८ घर बगायो
२०७७ असार २५ गते बिहिबार
०९ जुलाई, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अबिरल वर्षासँगै आएको बाढी...
त्रिभुवन विमानस्थलबाट फ्रान्समा ‘चार्डर उडान’ भर्दै कतार एयर : तत्काल युरोपलगायतका देशमा आउनुपर्ने बाध्यता भएकालाई महत्वपूर्ण अबसर
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०पेरिस । लकडाउनका कारण विभिन्न कारणले नेपालमा...
Top