Best Khabar Team | २०७७ माघ ४ गते आइतबार
१७ जनवरी, २०२१
नयाँदिल्ली । भारतमा आज जनवरी १७ तारिखका दिनदेखि आम नागरिकमा कोरोना विरुद्धको खोप लगाउने अभियान शुरु भएको छ । भारत सरकारले हालै आम नागरिकलाई खोप लगाउनका लागि कोरोनाका खोप उत्पादक कम्पनीहरुलाई अनुमति दिएसँगै आजबाट भारतले औपचारिक रुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन शुरु गरेको हो । पहिलो चरणमा भारतमा ३० करोड मानिसमा यो खोप लगाईने भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पहिलो चरणमा ३ करोडलाई खोप लगाईने र त्यसपछि क्रमश बाँकी नागरिकलाई खोप लगाउने अधिकारीहरुले बताएका छन् । आगामी जुन महिनासम्म भारतले ३० करोड जनासंख्यामा कोरोना भ्याक्सिन लगाउने महत्वकांक्षी योजना अघि सारेको छ । भारतमा सिरम इन्स्टिच्युट अफ इन्डियाले तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले भारतीय आर्युविज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) सँगको सहकार्यमा निर्माण गरेको कोभ्याक्सिन खोपलाई तत्कालका लगि लगाउन अनुमति प्रदान गरिएको छ ।
अक्सफोर्ड र अस्ट्राजेनेकासँग मिलेर सिरम इन्स्टिच्युटले कोभिसिल्ड भ्याक्सिन तयार पारेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आज पहिलो पटक भारतमा शुरु गरिएको कोरोना विरुद्धको भ्याक्सिन अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत एकजना सफाइ कर्मचारीबाट आम नागरिकमा लगाउन शुरु गरिएको हो ।

भारतले पहिलो चरणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मीलगायतलाई खोप लगाउने योजना बनाएको छ । त्यसपछि ६५ वर्ष उमेर पुगेका तथा दीर्घ रोग लागेकाहरुलाई खोप लगाउने तयारी भारतले गरेको छ । भारतीय प्रधानमन्त्री मोदीले यो अभियानले भारतलाई कोरोना मुक्त बनाउनका लागि ठूलो भूमिका खेल्ने जनाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’
२०७७ बैशाख ३१ गते बुधबार
कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष...
पाँचवर्ष ओलीको नेतृत्व : पूर्व माओवादी नेता शर्मा
२०७६ कार्तिक १ गते शुक्रबार
१८ अक्टोबर, २०१९ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट...
चीनको बुहानस्थित ल्याबबाट कोरोना भाइरस फैलिएको हल्ला निराधार : डब्लुएचओ
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१जेनेभा, स्वीट्जरल्याण्ड । बिश्वमा हालसम्म साढे २३...
क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते
२०८२ बैशाख १४ गते आइतबार
२७ अप्रिल, २०२५टोरन्टो, क्यानडा । क्यानडाको भ्यानकुभरमा सडक महोत्सवमा...
Top