पुनः बैवाहिक जीवनमा बाधिँदै नायिका श्वेता खड्का

Best Khabar Team | २०७७ मंशिर १७ गते बुधबार


०२ डिसेम्बर, २०२०
काठमाडौं । विवाह गरेको केही समयपछि नै पति बियोगको सामना गरेकी नेपाली चलचित्र क्षेत्रकी नायिक श्वेता खड्काले पुनः नयाँ बैवाहिक जीवन शुरु गर्न लागेकी छन् । नायक श्रीकृष्ण श्रेष्ठसँग गत २०७१ साल असारको अन्तिम साता विवाह बन्धनमा बाधिएकी नायिका खड्काका श्रीमान् श्रीकृष्णको विवाहको करिब १ महिनापछि नै निधन भएको थियो ।

नायिका स्वेता खड्काको फाइल तस्वीर : साभार इन्टरनेट ।

श्रीकृष्णको उपचारका क्रममा २०७१ साल साउन २५ गते भारतमा निधन भएको थियो । उनले अहिले सुदुरपश्चिमको धनगढी घर भएका विजयेन्द्रसिंह राठौरसँग लगन गाँठो कस्ने तयारी गरेको उनको आफन्तहरुले बताएका छन् । विजयन्त्रको परिवार धनगढीमा मनोरञ्जन पार्क सञ्चालन गर्दै आएका छन् । यही मंसीर २२ गतेका लागि उनीहरुको विवाहको मिति तय भएको छ। विजयन्द्र उमेरले स्वेता भन्दा कान्छो रहेको बताइन्छ ।

काठमाडौंको गोकर्णमा रहेको एउटा पाँच तारे होटलमा उनीहरुको विवाह गर्ने स्थान तय भएको बताइएको छ । स्वेताले केही समयअघि आमा खुवाउने औंसीको दिन सामाजिक सञ्जालमा विजयन्द्रकी आमाको तस्वीर राख्दै उनलाई शुभकामना दिएपछि उनीहरुको सम्बन्धको बारेमा चर्चा परिचर्चा हुन थालेको थियो । ‘कहाँ भेटिएला’ नामक चलचित्रबाट उनले नेपाली चलचित्र क्षेत्रमा आफ्नो पाइला अघि बढाएकी थिइन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ

२०७६ फाल्गुन ७ गते बुधबार

१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी...

बलात्कारको अभियोगमा प्रदेश सांसद रावल पक्राउ बलात्कारको अभियोगमा प्रदेश सांसद रावल पक्राउ

२०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२० धनगढी । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश...

सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ

२०७६ असार ३ गते मंगलबार

१८ जुन, २०१९ काठमाडौं । सम्पदा अभियन्ता पवित्र बज्राचार्य...

इरान–अमेरिका ‘युद्धको संघारमा’ ! , तोकियो अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाको मूल्य इरान–अमेरिका ‘युद्धको संघारमा’ ! , तोकियो अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाको मूल्य

२०७६ पुष २१ गते सोमबार

०७, जनवरी, २०२० बग्दाद । इराकको राजधानी बग्दादस्थित अन्र्तराष्ट्रिय...

Top