Best Khabar Team | २०७७ मंशिर १७ गते बुधबार
०२ डिसेम्बर, २०२०
काठमाडौं । विवाह गरेको केही समयपछि नै पति बियोगको सामना गरेकी नेपाली चलचित्र क्षेत्रकी नायिक श्वेता खड्काले पुनः नयाँ बैवाहिक जीवन शुरु गर्न लागेकी छन् । नायक श्रीकृष्ण श्रेष्ठसँग गत २०७१ साल असारको अन्तिम साता विवाह बन्धनमा बाधिएकी नायिका खड्काका श्रीमान् श्रीकृष्णको विवाहको करिब १ महिनापछि नै निधन भएको थियो ।

श्रीकृष्णको उपचारका क्रममा २०७१ साल साउन २५ गते भारतमा निधन भएको थियो । उनले अहिले सुदुरपश्चिमको धनगढी घर भएका विजयेन्द्रसिंह राठौरसँग लगन गाँठो कस्ने तयारी गरेको उनको आफन्तहरुले बताएका छन् । विजयन्त्रको परिवार धनगढीमा मनोरञ्जन पार्क सञ्चालन गर्दै आएका छन् । यही मंसीर २२ गतेका लागि उनीहरुको विवाहको मिति तय भएको छ। विजयन्द्र उमेरले स्वेता भन्दा कान्छो रहेको बताइन्छ ।
काठमाडौंको गोकर्णमा रहेको एउटा पाँच तारे होटलमा उनीहरुको विवाह गर्ने स्थान तय भएको बताइएको छ । स्वेताले केही समयअघि आमा खुवाउने औंसीको दिन सामाजिक सञ्जालमा विजयन्द्रकी आमाको तस्वीर राख्दै उनलाई शुभकामना दिएपछि उनीहरुको सम्बन्धको बारेमा चर्चा परिचर्चा हुन थालेको थियो । ‘कहाँ भेटिएला’ नामक चलचित्रबाट उनले नेपाली चलचित्र क्षेत्रमा आफ्नो पाइला अघि बढाएकी थिइन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...
इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर , २०१९ न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड...
चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित
२०७८ श्रावण ६ गते बुधबार
२१ जुलाई, २०२१बेइजिङ्ग, चीन । पछिल्ला २४ घण्टादेखि दिनका...
पश्चिमी बायुको प्रभाव : देशका अधिकांश स्थानमा आइतबारसम्म वर्षाको सम्भावना
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०काठमाडौं । स्थानीय तथा पश्चिमी बायुको संयुक्त...
Top