निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश

Best Khabar Team | २०७५ चैत्र १० गते आइतबार






२४ मार्च, २०१९
काठमाडौं । कैलालीमा केही महिना अघि एक १३ वर्षकी बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाका एक अभियोगी नेपाल प्रहरीका उपरीक्षक डिल्लीराज विष्टलाई धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ । पन्तको हत्या भै सकेपछि एसपी विष्टले अभियुक्तलाई यातना दिएको तथा हत्याको प्रमाण नष्ट गर्न मुख्य भूमिका निर्वाह गरेको अभियोग लगाईको थियो ।

आज अदालतले विष्टलाई तत्काल १० लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको बताइएको छ । घटनाका समयमा विष्ट कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख समेत रहेका थिए । प्रमाण नष्ट गरेको अभियोगमा साढे ४ लाख र यातना दिएको अभियोगमा ६ लाख गरी साढे १० लाख धरौटी माग गरिएको अदालत स्रोतको बताई छ ।

घटना पछि सरकारले विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई गत कात्तिकको पहिलो साता सेवाबाट वर्खास्त गरेको थियो । उनको मुद्दामाथिको थुनछेक बहस शुक्रबार नै सकिएको थियो । तर समय अभावका शुक्रबार मुद्दाको फैसला हुन नसकेको र आज फैसला गरिएको हो ।

विष्टले गत मंगलबार जिल्ला अदालत गएर आत्मसमर्पण गरेका थिए । यसअघि कञ्चनपुर जिल्ला अदालतले ३० फागुनमा मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरकारले भन्यो : कुलमान घिसिङ्लाई  प्राधिकरणको कार्यकारी निर्देशकमा  निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन सरकारले भन्यो : कुलमान घिसिङ्लाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन

२०७७ भाद्र ११ गते बिहिबार

२७ अगस्ट, २०२०काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी...

‘युद्धकालमा’ छाडिएको बम पड्कँदा रोल्पामा ४ बालबालिकाको मृत्यु ‘युद्धकालमा’ छाडिएको बम पड्कँदा रोल्पामा ४ बालबालिकाको मृत्यु

२०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०लिवाङ्ग । युद्दकालमा जमिनमा छाडिएको बम विस्फोट...

जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै...

पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२० ललितपुर । पश्चिमी बायुको प्रभावका कारण...

Top