Best Khabar Team | २०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२०
काठमाडौ । पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गत्यावरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नै रहेको टिप्पणी गरेका छन् । काठमाडौंमा आज गरिएको कार्यक्रममा उनले अहिलेको गत्यावरोध हटाउनको लागि पनि उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने स्पष्ट पारे ।
उनले भने,‘उहाँले मार्गप्रशस्त गर्नुपर्छ । भोलि उहाँ नै सभामुख बन्ने हो पनि उहाँले राजीनामा नदिईकन सभामुखमा उम्मेद्धवारी घोषणा गर्न मिल्दैन् ।’ साक्षात्कारमा बोल्दै नेता गजुरेलले नेकपामा सभामुखको दाबेदारमा धेरै नेताहरु रहेको सुनाए । उनले भने,‘हाम्रो पार्टीमा सभामुख बन्न सक्षम धेरै नेताहरु हुनुहुन्छ । जो पनि हुन सक्ने कुरा हो । जे सहज प्रक्रिया हो, जनताले जे कुरा बुझेको हो हामीले त्यही गर्नुपर्छ । जनता, कार्यकर्तालाई असहज लाग्ने काम हामीले गर्नुहुन्न । त्यसकारण कसले दाबी गर्ने भन्ने कुरै होईन, हिजो स्वभाविक प्रक्रियामा जे थियो त्यसलाई अगाडि बढाउनुपर्छ ।’ उनले सभामुखमा नेकपाको दाबी भएपछि को हुने ? भन्नेबारे बहस चल्नु त स्वभाविक प्रक्रिया भएको स्पष्ट पारे ।
उनले भने,‘पार्टीमा सभामुख को हुने ? भन्नेबारे बहस त चलिनै हाल्छ । यो स्वभाविक प्रक्रिया हो । धेरै नेता तथा कार्यकर्ता भएपछि चल्ने नै भयो । त्यसलाई हामीले अस्वभाविक रुपमा लिनुहुँदैन् । अहिले बहसपनि छ । निर्णय नहुञ्जेलसम्म बहस त भईनैरहन्छ । निर्णयमा पुग्नको लागि पनि बहस भैरहेको हो । के गर्दा राम्रो हुन्छ ? भन्ने कुरामा अहिले विभिन्न पक्षबाट आ–आफ्ना तर्कहरु राख्ने काम भैरहेको छ । मलाई लाग्छ उपसभामुखले राजीनामा नदिएसम्म सभामुखको विषयमा हामीले बहस गर्नुको कुनै अर्थ छैन् । बहस गर्यो भने फेरि नेकपाले सभामुखपनि आफैं राख्न खोज्यो, उपसभामुख त आफ्नो छँदैछ भन्ने आरोप आउन सक्छ । यो कुरा तपाईहरुले पनि बुझेको हुनुपर्छ ।’
उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा नदिए तपाईहरु के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘उहाँले राजीनामा दिनुहुन्छ । उहाँ पार्टीको नेता पनि हो । एउटा कार्यकर्ता पनि हो । उपसभामुखजस्तो गरिमामय पदमा उहाँ आसन गरिसक्नुभएको छ । संसदलाई बन्धक त उहाँले बनाईराख्नुहुन्न । कि त उहाँले भन्नुपर्यो सभामुख त अर्कै पार्टीलाई दिउँ, म उपसभामुख छोड्दिन भन्नुपर्यो । होईन भने उहाँले मार्गप्रशस्त गर्नुपर्यो । उहाँ नै भोलि हुने हो भनेपनि मार्गप्रशस्त गर्नुपर्यो ।’
उपसभामुख तुम्बाहाम्फेले लिएको अडान आफूहरुलाई सहज नलागेको पनि उनले टिप्पणी गरे । उनले भने,‘उहाँले राजीनामा नदिएसम्म नेकपाले सभामुखमा उम्मेद्धवारी दिन नै पाउँदैन् । उपसभामुखजस्तो पदमा बसेर उहाँले देश र जनतालाई निकास नदिने हो भने उहाँमाथि भोलि आरोप पनि त आउने भयो नि ।’ उनले आफूहरुले उपसभामुखलाई असक्षम भनेर नभनेको पनि जिकिर गरे ।
उपसभामुखले राजीनामा नदिए के गर्नुहुन्छ ? तपाईहरु महाअभियोग लगाएर हटाउनुहुन्छ त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने,‘उहाँले राजीनामा नदिने हो भने पार्टीले गम्भिर छलफल गर्छ । अहिले हामीले त्यस्तो सोचाई नराखौं । उपसभामुखले राजीनामा नदिने भनेर लिएको अडानका पछाडि केही कारण होलान । तर उहाँले मार्गप्रशस्त गर्नैपर्छ । पार्टीका दुवै अध्यक्षले बसेर उहाँलाई राजीनामा दिन आग्रह गर्नुभएको छ । अध्यक्षद्धयले तपाईको लागि हामी अर्कै कुनै विकल्प पनि दिन्छौं भनिसकेपछि अब कसलाई आरोप लगाउने ?’
यद्धपी उनले अहिलेको गत्यावरोधको अवस्था नौलो कुरा नभएको स्पष्ट पारे । तत्कालिन नेकपा र नेकपा माओवादी केन्द्रबीचको एकतापनि असहज स्थितिमा भएको उनको भनाई थियो । उनले भने,‘संविधान कार्यान्वयन र स्थिर सरकारको आवश्यकत्ता महशुस गरेर हामीले एकता गरेका हौं । पार्टीमा दुई जना अध्यक्ष हुनु पनि सहज कुरा होईन् ।’ उनले पार्टीको आगामी महाधिवेशनसम्म नेकपाभित्र ‘पावर–सेयरिङ’ जारी रहने पनि विश्वास दिलाए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
लकडाउनमा प्रहरीको आँखा छलेर भारतबाट नेपाल छिरेका १० जनामा कोरोना संक्रमण
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०काठमाडौं। कोरोना भाइरसका कारण भारतले लकडाउन गरेसँगै...
बंगलादेशमा प्रशिक्षणमा रहेको बायुसेनाको विमान दुर्घटना, १९ को मृत्यु, १६५ जना घाइते
२०८२ श्रावण ५ गते सोमबार
ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकामा स्थानीय बायु सेनाको...
२ हप्तामै पर्यटनमन्त्रीको समीक्षा : भ्रमणवर्ष २०२० सफलतातर्फ उन्मुख
२०७६ माघ ४ गते शनिबार
१८ जनवरी, २०२० काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक...
सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन् ?
२०७६ जेठ २० गते सोमबार
०३ जुन २०१९ काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला...
Top